
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
धनगढी । बैतडीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी जीवन बुडाल मृत भेटिएको घटनामा प्रहरीले सँगै पिकनिक गएका १२ जनामाथि अनुसन्धान गरिरहेको छ । १३ फागुनमा पिकनिक गएका बेला दशरथचन्द नगरपालिका-१० का बुडाल चौलानी नदीको छेउमा मृत अवस्थामा भेटिएका थिए । उक्त घटनामा उनीसँगै गएका १२ जनाविरुद्ध बुडालका परिवारका सदस्यले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बुडालसँगै पिकनिक गएका दशरथचन्द नगरपालिका-४ का ४५ वर्षीय टेकसिंह खत्री, वडा नम्बर ६ का ४८ वर्षीय अर्जुनसिंह रावल, ४० वर्षीय श्यामुसिंह ऐरी, ५० वर्षीय मोहनसिंह ठगुन्ना, ३४ वर्षीय नवीनसिंह ठगुन्ना, ४५ वर्षीय केशवसिंह रावल, ३६ वर्षीय दिपेन्द्र ऐरी, ५२ वर्षीय भीमसिंह ठगुन्ना, ३० वर्षीय भुवन लुहार हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
दशरथचन्द नगरपालिका–६ कै ४४ वर्षीय नारायण सिंह ऐरी, ४९ वर्षीय गजेन्द्रसिंह रावल र वडा नम्बर १० का ४० वर्षीय पुष्पराज भट्टलाई पनि प्रहरीले हिरासतमा राखेर अनुसनधान गरिरहेको छ । १२ जनाविरुद्ध अनुसन्धानका लागि प्रहरीले दोस्रो पटक १२ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको छ । अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट समेत छुट्टै प्रहरी टोली खटिएको छ । प्रवक्ता जोशीकाअनुसार प्रहरीले बुडाल मृत भेटिएको नदीको आसपासको क्षेत्रबाट एक किलो बिस्फोटक पदार्थ बरामद गरेको छ ।
घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाहरुले दिएको बयानका आधारमा बिस्फोटक पदार्थ, केही मात्रामा डिटोनेटर र सेफ्टी फ्युज पनि बरामद गरिएको प्रहरीले जनाएको छ । राष्ट्रिय अनुन्धान समूहका सूचक बुडाल बझाङमा कार्यरत थिए । उनी घर बिदामा आएका बेला हाल पक्राउ परेकाहरुसँगै पिकनिक गएका थिए। सोही राति बुडाल चौलानी नदीको बगरमा मृत भेटिएका थिए । घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै आएका परिवारका सदस्यले बुडालको शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरेका १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि ११ दिनपछि आफन्तले मंगलबार शव बुझेका हुन् । प्रहरीले भने बुडाल मृत भेटिएको घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया