
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी छन् । मंगलबार राष्ट्रिय महिला आयोगको २१औँ स्थापना दिवस तथा ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा महिलाहरु चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हाम्रो लडाईं सकिएको छैन । यो ३३ प्रतिशत मात्र होइन, नेपालको जनसंख्या पुरुषभन्दा महिलाको धेरै छ । धेरै भइकन पनि किन हामी ३३ मा मात्रै सीमित हुने । हामी ५० प्रतिशतमै जानुपर्छ । समानुपातिक होइन अब प्रत्यक्ष चुनावमा महिलाहरुको ५० प्रतिशत, पुरुषहरु ५० प्रतिशत लड्ने व्यवस्था ल्याउनुपर्छ हामीले । हरेक तहमा ।’
उनले स्थानीय तह, प्रदेश सभा र संघीय संसद सबै ठाउँमा ५० प्रतिशत उम्मेदवार पुरुष र ५० प्रतिशत उम्मेदवार महिला हुनुपर्ने बताइन्। नेपालमा पुरुषको भन्दा महिलाहरुको जनसंख्या बढी रहेको उल्लेख गर्दै उनले महिलाहरु ३३ प्रतिशत प्रतिनिधित्वमा मात्रै सीमित हुनु नहुने बताइन् । उनले भनिन्, ‘ गाउँपालिकाको अध्यक्षमा पनि ५० प्रतिशत महिलाहरु लडाउनुपर्यो । ५० प्रतिशत पुरुष । नगरपालिका, उपमहानगरपालिका जति छन् ती सबैमा ५०÷५० प्रतिशत पुरुष र महिला लडाउनुपर्ने । अब प्रत्यक्षबाट जाने । फेरि संसदमा र प्रदेश सभामा पनि हामीले ५०÷५० प्रतिशत लड्ने लिएर जानुपर्छ।’
उपाध्यक्ष अर्यालले राज्यका निकायहरुको प्रमुख पदहरुमा महिलाको प्रतिनिधित्व पनि कम भएको भन्दै प्रमुख पदहरुमा महिला प्रतिनिधित्व गराउनतर्फ ध्यान दिनुपर्ने बताइन्। उनले महिलाहरुलाई समानुपातिकबाट प्रतिनिधित्व गराउँदा उसको योगदान र इतिहासलाई समेत अवमूल्यन गरेर आरोप लगाउने गरिएको बताइन् । उनले भनिन्, ‘फेरि संसदमा र प्रदेश सभामा पनि हामीले ५०÷५० प्रतिशत लड्ने लिएर जानुपर्छ । नत्र हामीले धेरै सुनिराखेका छौँ, समानुपातिकबाट आएको उसको नाता परेको थियो, के थियो, कोही राम्रो हिसावले योगदान गरेर इतिहास बोकेको महिलाहरुलाई पनि अवलम्वन गर्ने सुनिन्छ ।’
उनले प्रत्यक्षतर्फ महिलाहरुलाई ४० प्रतिशत उम्मेदवार बनाउँदा आर्थिक चलखेलका घटना घट्ने र निर्वाचन प्रणालीमा शुद्धीकरणसमेत हुने बताइन् । ‘त्यसकारणले हाम्रो प्रत्यक्ष लड्ने क्षमता, जब पुरुष र महिला सबै लड्न थालेपछि अहिले जुन किसिमको आर्थिक चलखेलहरु छ, दुनियाँ छ । त्यो अलि घटेर पनि जान्छ । र महिलाहरु प्रत्यक्ष नै ५० प्रतिशत जितेर आउने वातावरण बन्छ । ५०÷५० प्रतिशत लड्ने भइसकेपछि निर्वाचनमा पनि अलिकति शुद्धीकरण भएर जान्छ ।’ उनले भनिन्। उपाध्यक्ष अर्यालले राजनीतिक पार्टीको शीर्ष तहमा पनि महिलाहरुलाई पुर्याउनुपर्ने बताइन् । हालसम्म राजनीतिक दलको निर्णायक तहमा महिलाहरुको भूमिका हुन नसकेको भन्दै उहाँले अब त्यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘राजनीतिक पार्टीहरुमा शीर्ष स्थानहरुमा महिलाहरुको नेतृत्व हुने कुराहरुको अझैपनि अभाव छ । जसले राजनीतिको मूल नीतिलाई डोहोर्याइराखेको हुन्छ, त्यो भनेको राजनीतिक दलहरु हो । ति दलहरुमा अझैपनि महिलाहरुको निर्णायक ठाउँको अधिकार अथवा निर्णय गर्ने ठाउँमा सर्वोच्च पदाधिकारीहरुमा कति छ भन्ने कुरो अझै हामीले विचार गरेर जानुपर्ने देखिन्छ।’ उनले राष्ट्रिय महिला आयोगले भुईं तहका महिलाहरुको लागि काम गर्नुपर्ने बताइन् । उाले भुईंतहका महिलाहरुलाई परेका पीर, मर्का र समस्या समाधानका लागि काम गर्न महिला आयोगलाई आग्रह गरिन् ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया