
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी छन् । मंगलबार राष्ट्रिय महिला आयोगको २१औँ स्थापना दिवस तथा ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा महिलाहरु चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हाम्रो लडाईं सकिएको छैन । यो ३३ प्रतिशत मात्र होइन, नेपालको जनसंख्या पुरुषभन्दा महिलाको धेरै छ । धेरै भइकन पनि किन हामी ३३ मा मात्रै सीमित हुने । हामी ५० प्रतिशतमै जानुपर्छ । समानुपातिक होइन अब प्रत्यक्ष चुनावमा महिलाहरुको ५० प्रतिशत, पुरुषहरु ५० प्रतिशत लड्ने व्यवस्था ल्याउनुपर्छ हामीले । हरेक तहमा ।’
उनले स्थानीय तह, प्रदेश सभा र संघीय संसद सबै ठाउँमा ५० प्रतिशत उम्मेदवार पुरुष र ५० प्रतिशत उम्मेदवार महिला हुनुपर्ने बताइन्। नेपालमा पुरुषको भन्दा महिलाहरुको जनसंख्या बढी रहेको उल्लेख गर्दै उनले महिलाहरु ३३ प्रतिशत प्रतिनिधित्वमा मात्रै सीमित हुनु नहुने बताइन् । उनले भनिन्, ‘ गाउँपालिकाको अध्यक्षमा पनि ५० प्रतिशत महिलाहरु लडाउनुपर्यो । ५० प्रतिशत पुरुष । नगरपालिका, उपमहानगरपालिका जति छन् ती सबैमा ५०÷५० प्रतिशत पुरुष र महिला लडाउनुपर्ने । अब प्रत्यक्षबाट जाने । फेरि संसदमा र प्रदेश सभामा पनि हामीले ५०÷५० प्रतिशत लड्ने लिएर जानुपर्छ।’
उपाध्यक्ष अर्यालले राज्यका निकायहरुको प्रमुख पदहरुमा महिलाको प्रतिनिधित्व पनि कम भएको भन्दै प्रमुख पदहरुमा महिला प्रतिनिधित्व गराउनतर्फ ध्यान दिनुपर्ने बताइन्। उनले महिलाहरुलाई समानुपातिकबाट प्रतिनिधित्व गराउँदा उसको योगदान र इतिहासलाई समेत अवमूल्यन गरेर आरोप लगाउने गरिएको बताइन् । उनले भनिन्, ‘फेरि संसदमा र प्रदेश सभामा पनि हामीले ५०÷५० प्रतिशत लड्ने लिएर जानुपर्छ । नत्र हामीले धेरै सुनिराखेका छौँ, समानुपातिकबाट आएको उसको नाता परेको थियो, के थियो, कोही राम्रो हिसावले योगदान गरेर इतिहास बोकेको महिलाहरुलाई पनि अवलम्वन गर्ने सुनिन्छ ।’
उनले प्रत्यक्षतर्फ महिलाहरुलाई ४० प्रतिशत उम्मेदवार बनाउँदा आर्थिक चलखेलका घटना घट्ने र निर्वाचन प्रणालीमा शुद्धीकरणसमेत हुने बताइन् । ‘त्यसकारणले हाम्रो प्रत्यक्ष लड्ने क्षमता, जब पुरुष र महिला सबै लड्न थालेपछि अहिले जुन किसिमको आर्थिक चलखेलहरु छ, दुनियाँ छ । त्यो अलि घटेर पनि जान्छ । र महिलाहरु प्रत्यक्ष नै ५० प्रतिशत जितेर आउने वातावरण बन्छ । ५०÷५० प्रतिशत लड्ने भइसकेपछि निर्वाचनमा पनि अलिकति शुद्धीकरण भएर जान्छ ।’ उनले भनिन्। उपाध्यक्ष अर्यालले राजनीतिक पार्टीको शीर्ष तहमा पनि महिलाहरुलाई पुर्याउनुपर्ने बताइन् । हालसम्म राजनीतिक दलको निर्णायक तहमा महिलाहरुको भूमिका हुन नसकेको भन्दै उहाँले अब त्यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘राजनीतिक पार्टीहरुमा शीर्ष स्थानहरुमा महिलाहरुको नेतृत्व हुने कुराहरुको अझैपनि अभाव छ । जसले राजनीतिको मूल नीतिलाई डोहोर्याइराखेको हुन्छ, त्यो भनेको राजनीतिक दलहरु हो । ति दलहरुमा अझैपनि महिलाहरुको निर्णायक ठाउँको अधिकार अथवा निर्णय गर्ने ठाउँमा सर्वोच्च पदाधिकारीहरुमा कति छ भन्ने कुरो अझै हामीले विचार गरेर जानुपर्ने देखिन्छ।’ उनले राष्ट्रिय महिला आयोगले भुईं तहका महिलाहरुको लागि काम गर्नुपर्ने बताइन् । उाले भुईंतहका महिलाहरुलाई परेका पीर, मर्का र समस्या समाधानका लागि काम गर्न महिला आयोगलाई आग्रह गरिन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया