काठमाडौं ।रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा मनाइँदैछ । विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइँदैछ । काठमाडौंको बसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ । बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै होली मेला लागेको छ ।युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् । बसन्तपुरको होलीमा सधैं जस्तो यसपटक पनि विदेशी पर्यटकको उल्लेख्य सहभागिता देखिएको छ । यही फागुन १५ गते बसन्तपुरमा चीर ठड्याइएको थियो ।बसन्तपुरमा चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको मानिन्छ ।
तस्वीर : विकास श्रेष्ठ