News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    फेवातालबाट ६ जनाको उद्धार, एकजना गम्भीर घाइते

    पोखरा । हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिँदा एकजना वृद्धा गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा पोखरा १ बगर बस्ने ७० वर्षीय याममाया गिरी छ्न् । शनिबार करिब साढे ४ बजेको समयमा तालमा डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिए । उनका अनुसार डुंगा ६ सवार ६ जनाको उद्धार गरिएको छ ।

    घाइतेको उद्धारपश्चात गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । ‘अवस्था अनकन्सियस छ । उपचार भइरहेको छ,’ उनले भने । प्रहरीका अनुसार डुंगामा गिरीसहित ६ जना सवार थिए । बाँकीको अवस्था भने सामान्य छ ।

     

    लाेक कल्याणकारी

    प्रतिक्रिया