
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
विराटनगर । राप्रपाले प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपा केन्द्रीय समितिले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर प्रदेश समितिले तत्काल प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको हो । प्रदेश १ मा विशिष्ट परिस्थीति भएका कारण तत्काल सरकार नछाड्ने निर्णय भएको राप्रपा प्रदेश १ अध्यक्ष राम थापाले बताए । ‘प्रदेश १ को परिस्थिति विशिष्ट किसिमको छ, अर्काे निर्णय नभएसम्म सरकार छाड्दैनौं,’ उनले भने, ‘अर्काे परिस्थिति बन्यो भने निर्णय हुन्छ ।’ वर्तमान अवस्थामा सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीले राजीनामा नदिने उनले बताए । प्रदेश सरकारमा राप्रपाबाट भक्ती सिटौला मन्त्री बनेका छन् । सिटौला प्रदेश र केन्द्रीय नेतृत्वले आफूलाई तत्काल सरकार नछाड्न भनेको बताउँछन् ।
‘पार्टीको प्रेस नोट पढेपछि म राजीनामा दिने तयारीमा थिए, तर केन्द्रीय अध्यक्षसँग प्रदेशको परिस्थितिको विषयमा छलफल भयो,’ उनले भने, ‘उहाँले पनि पर्खाै भन्नु भएको छ ।’ प्रदेश समितिको बैठकले पनि तत्काल सरकार नछाड्ने निर्णय गरेको उनले बताए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमाले र राप्रपा एक ठाउँमा छन् । ४० सिट जितेको एमाले र ६ सिट जितेको राप्रपाको सांसद संख्या ४६ पुग्छ । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जसपाको सांसद संख्या पनि (सभामुख बाहेक) ४६ नै पुग्छ ।
निर्वाचन प्रक्रियामा दुवै तर्फको मत बराबर भए सभामुखले निर्णयक मत दिन पाउँछन् । तर सरकार गठनको प्रकृयामा भने सहभागिता जनाउन पाउँदैनन् । सभामुख बाहेक दुवै पक्षको ४६–४६ संख्या भएका कारण प्रदेशमा सरकार परिवर्तन सहज छैन । प्रदेशमा विशिष्ट परिस्थिति भएका कारण पनि तत्काल सरकारबाट नबाहिरिएको राप्रपा केन्द्रीय प्रवक्ता समेत रहेका मन्त्री सिटौलाले बताए । माओवादी केन्द्रले पनि प्रदेश १ वर्तमान सरकार छाडेको छैन । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो प्रदेशमा तत्काल सरकारबाट बाहिरिने विषयमा नसोचिएको बताउँछन् । प्रदेश १ प्रदेशसभामा एमालेका ४०, प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया