
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
विराटनगर । सुनवर्सी नगरपालिका–३ का मदनकुमार राजवंशी निजी विद्यालय पढाउँछन् । गत वैशाखमा जापानमा रहेका साथी अजय राजवंशीले फोन गरेर भने, ‘जापान आउ, राम्रो कमाइ हुन्छ ।’ फोनमा अजयले म्यानेजरको काम मिलाइदिने र मासिक अढाइ लाख आम्दानी हुने लोभ देखाए । लागत १६ लाख रुपैयाँ लाग्ने बताए । एउटै गाउँको साथीले राम्रो प्रस्ताव गरेपछि उनी जापान जान राजी भए । जापान लैजाने ज्ञारेन्टी गरेपछि अजयका भाइ रन्जितकुमार राजवंशीलाई उनले पैसा पठाएका थिए । जग्गा बिक्री, श्रीमतीका गहना र स्कुटर बेचेर १६ लाख जुटाएर बुझाएका थिए । तर अहिले विदेश लैजान्छु भन्ने अजय सम्पर्क विहीन छन् । उनको पैसा बुझ्ने रञ्जित पनि फरार छन् । आफ्नै साथीबाट ठगिएपछि मदन पैसा फिर्ताका लागि भौतारिरहेका छन् ।
मासिक अढाइ लाख तलब हुन्छ भन्दै लोभ देखाए,’ उनले भने, ‘साथी नै हुन ठग्दैन होला भन्ने सोचेको थिएँ ।’ उनका अनुसार स्नातक तह पास गरेकालाई चाँडै लैजाने भन्दै हतार गरेर १६ लाख रुपैयाँ उठाएका थिए । उनीसँगै १६ लाख बुझाएका विवेक राजवंशी पनि ठगिएका छन् । उनीहरु जस्तै रंगेली नगरपालिका-९ का हरि राजवंशीले अजयलाई पाँच लाख रुपैयाँ बुझाएका छन् । वैदेशिक रोजगारीका लागि कतारमा रहेका उनी अजयले जापान बोलाएपछि कतारबाट नेपाल फर्किएका थिए । नेपाल फर्किएर उनले अजयलाई पाँच लाख रुपैयाँ बुझाए ।इलेक्ट्रिक कम्पनीमा मासिक एक लाख ५० हजार रुपैयाँ बराबरको तलब पाउने लोभ देखाएपछि कतारको काम छाडेर आएका उनी जापान जाने आशमा ठगिए । ‘कतार गएको एक वर्ष १० महिनामा जापान जानका लागि आफ्नै खर्चमा घर फर्किए, यहाँ आएर पाँच लाख रुपैयाँ बुझाए, जापान जाने आशमा सात लाख सकियो,’ हरिले भने, ‘उताको काम छाडेँ, यता ठगिएँ ।’ हरि र मदन मात्रै होइन, झापा र मोरङका ४१ जना अजयबाट ठगिएका छन् । ठगिएका सबैजना राजवंशी समुदायका छन् । अजयले आफ्नो समुदायलाई सहयोग गर्ने भन्दै राजवंशी समुदायका युवालाई ठगी गरेका हुन् ।
हरिका अनुसार अजयले एक जनाबाट न्यूनतम पाँच लाखदेखि १६ लाख रुपैयाँसम्म असुल गरेका छन् । ४१ जनाबाट अजयले २ करोड ८० लाख २० हजार रुपैयाँ उठाएको पीडितको आरोप छ । ठगिएकाहरु आफ्नो रकम फर्काउन प्रहरी र स्थानीय पालिका धाइरहेका छन् । तर कसैबाट सहयोग नपाएको उनीहरुको गुनासो छ । पीडितको उजुरीका आधारमा केही दिनअघि प्रहरीले अजयका बुबा विशमलाललाई पक्राउ गरेको थियो । तर उनी सोधपुछ पछि छाडिएका छन् । पीडितहरुका अनुसार अजय जापानबाट फर्किएका छन् । गाउँ नआइ उनी काठमाडौंमा लुकेर बसेका छन् । ठगी गरेपछि अजयसँगै उनका भाइ रञ्जीत, भाइ बुहारी अनुराधा र बहिनी विद्याले पनि सुनवर्सीको घर छाडेर भागेका छन् । आफ्नो पैसा उठाइ दिन आग्रह गर्दा सुनवर्सी नगरपालिकाका मेयर श्याम राजवंशीले सहयोग नगरेको पीडितको गुनासो छ ।
ठगी गर्ने अरु पनि छन्
सुनवर्सी नगरपालिकाका मेयर श्याम राजवंशीका अनुसार अजय राजवंशी पनि अरुबाट ठगिएका छन् । अजयले खोजेका व्यक्तिलाई जापान पठाउछु भन्दै चितवनका राजेन्द्र अधिकारी लगायतले ठगी गरेको उनले आरोप लगाए । ‘दुई अढाइ महिना अगाडि पीडितसँगै अजयलाई मैले पनि भेटेको थिएँ,’ उनले भने, ‘अजयले जापानमा हुँदा पठाउँछु भनेका रहेछन्, पैसा उठाएर राजेन्द्र अधिकारीलगायतलाई साढे ३ करोड दिएको कागज देखाए ।’


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया