
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
विराटनगर । सुनवर्सी नगरपालिका–३ का मदनकुमार राजवंशी निजी विद्यालय पढाउँछन् । गत वैशाखमा जापानमा रहेका साथी अजय राजवंशीले फोन गरेर भने, ‘जापान आउ, राम्रो कमाइ हुन्छ ।’ फोनमा अजयले म्यानेजरको काम मिलाइदिने र मासिक अढाइ लाख आम्दानी हुने लोभ देखाए । लागत १६ लाख रुपैयाँ लाग्ने बताए । एउटै गाउँको साथीले राम्रो प्रस्ताव गरेपछि उनी जापान जान राजी भए । जापान लैजाने ज्ञारेन्टी गरेपछि अजयका भाइ रन्जितकुमार राजवंशीलाई उनले पैसा पठाएका थिए । जग्गा बिक्री, श्रीमतीका गहना र स्कुटर बेचेर १६ लाख जुटाएर बुझाएका थिए । तर अहिले विदेश लैजान्छु भन्ने अजय सम्पर्क विहीन छन् । उनको पैसा बुझ्ने रञ्जित पनि फरार छन् । आफ्नै साथीबाट ठगिएपछि मदन पैसा फिर्ताका लागि भौतारिरहेका छन् ।
मासिक अढाइ लाख तलब हुन्छ भन्दै लोभ देखाए,’ उनले भने, ‘साथी नै हुन ठग्दैन होला भन्ने सोचेको थिएँ ।’ उनका अनुसार स्नातक तह पास गरेकालाई चाँडै लैजाने भन्दै हतार गरेर १६ लाख रुपैयाँ उठाएका थिए । उनीसँगै १६ लाख बुझाएका विवेक राजवंशी पनि ठगिएका छन् । उनीहरु जस्तै रंगेली नगरपालिका-९ का हरि राजवंशीले अजयलाई पाँच लाख रुपैयाँ बुझाएका छन् । वैदेशिक रोजगारीका लागि कतारमा रहेका उनी अजयले जापान बोलाएपछि कतारबाट नेपाल फर्किएका थिए । नेपाल फर्किएर उनले अजयलाई पाँच लाख रुपैयाँ बुझाए ।इलेक्ट्रिक कम्पनीमा मासिक एक लाख ५० हजार रुपैयाँ बराबरको तलब पाउने लोभ देखाएपछि कतारको काम छाडेर आएका उनी जापान जाने आशमा ठगिए । ‘कतार गएको एक वर्ष १० महिनामा जापान जानका लागि आफ्नै खर्चमा घर फर्किए, यहाँ आएर पाँच लाख रुपैयाँ बुझाए, जापान जाने आशमा सात लाख सकियो,’ हरिले भने, ‘उताको काम छाडेँ, यता ठगिएँ ।’ हरि र मदन मात्रै होइन, झापा र मोरङका ४१ जना अजयबाट ठगिएका छन् । ठगिएका सबैजना राजवंशी समुदायका छन् । अजयले आफ्नो समुदायलाई सहयोग गर्ने भन्दै राजवंशी समुदायका युवालाई ठगी गरेका हुन् ।
हरिका अनुसार अजयले एक जनाबाट न्यूनतम पाँच लाखदेखि १६ लाख रुपैयाँसम्म असुल गरेका छन् । ४१ जनाबाट अजयले २ करोड ८० लाख २० हजार रुपैयाँ उठाएको पीडितको आरोप छ । ठगिएकाहरु आफ्नो रकम फर्काउन प्रहरी र स्थानीय पालिका धाइरहेका छन् । तर कसैबाट सहयोग नपाएको उनीहरुको गुनासो छ । पीडितको उजुरीका आधारमा केही दिनअघि प्रहरीले अजयका बुबा विशमलाललाई पक्राउ गरेको थियो । तर उनी सोधपुछ पछि छाडिएका छन् । पीडितहरुका अनुसार अजय जापानबाट फर्किएका छन् । गाउँ नआइ उनी काठमाडौंमा लुकेर बसेका छन् । ठगी गरेपछि अजयसँगै उनका भाइ रञ्जीत, भाइ बुहारी अनुराधा र बहिनी विद्याले पनि सुनवर्सीको घर छाडेर भागेका छन् । आफ्नो पैसा उठाइ दिन आग्रह गर्दा सुनवर्सी नगरपालिकाका मेयर श्याम राजवंशीले सहयोग नगरेको पीडितको गुनासो छ ।
ठगी गर्ने अरु पनि छन्
सुनवर्सी नगरपालिकाका मेयर श्याम राजवंशीका अनुसार अजय राजवंशी पनि अरुबाट ठगिएका छन् । अजयले खोजेका व्यक्तिलाई जापान पठाउछु भन्दै चितवनका राजेन्द्र अधिकारी लगायतले ठगी गरेको उनले आरोप लगाए । ‘दुई अढाइ महिना अगाडि पीडितसँगै अजयलाई मैले पनि भेटेको थिएँ,’ उनले भने, ‘अजयले जापानमा हुँदा पठाउँछु भनेका रहेछन्, पैसा उठाएर राजेन्द्र अधिकारीलगायतलाई साढे ३ करोड दिएको कागज देखाए ।’


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया