
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं । गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् । प्रतिष्ठानको आसन्नमहाअधिवेशन र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै नयाँ संस्था खोल्न लागेको चर्चाबीच पूर्वमहासचिव समेत रहेका खत्रीले संस्थामा नरहेको औपचारिक घोषणा गरेका हुन् । अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णबिराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु,’ खत्रीले लेखेका छन्, ‘कलाकारको हकहितको मुद्दा र संस्कृति जगेनार्थ कतै भेटिने अवसर मिल्यो भने सँगै सहयात्रीको रुपमा रहनेछु भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु ।’
आफूभन्दा जुनियर भाइबहिनीसँग चुनावमा प्रतिस्पर्धा गर्न शोभनीय नहुने र नैतिकताले पनि उचित नहुने उनको तर्क छ । संस्कृतिकर्मीलाई समेटेर आफूहरुले नयाँ संस्था खोल्न लागेको जानकारी दिंदै उनले यसमा समाहित हुन आग्रह समेत गरेका छन् । ‘कलाकारिता र संस्कृतिलाई शिरमा राख्ने संस्कृतिकर्मीलाई हामीले तय गर्न लागेको नयाँ यात्रामा हजुरमा अन्तरनिहित रहेको प्रतिभा, क्षमता, दक्षता, विज्ञता र अनुभवसहित हातेमालो गर्न आउनुहुन हार्दिक अपील गर्दै स्वागत गर्न चाहन्छौं,’ उनले भनेका छन् ।
धादिङमा फागुन १२ गतेदेखि हुन लागेको प्रतिष्ठानको महाधिवेशनअघि आएको खत्रीको बहिगर्मनले प्रतिष्ठानको आन्तरिक राजनीतिमा तरंग सिर्जना गरेको छ । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका पूर्वअध्यक्ष तथा गायक बद्री पंगेनीले खत्रीको योगदानको प्रशंसा गर्दै उनलाई संस्थामै राखिराख्न प्रयत्न गर्ने बताएका थिए । उनले त्यस्तो अभिव्यक्ति दिएको एक दिनमै खत्रीले संस्थाबाटै बाहिरिएको घोषणा गरेका हुन् । कतिपयले खत्रीलाई अध्यक्षको आकांक्षीको रुपमा पनि हेरेका थिए । तर अध्यक्ष रमेश बीजीले आफ्नो समर्थन रीता थापा मगरलाई हुने भन्दै पत्रकार सम्मेलनमै बोलेका थिए । खत्रीले केही साताभित्रै नयाँ संस्था घोषणाको तयारी गरिरहेका छन् । अहिले विधान लेखनको अन्तिम चरणमा काम भइरहेको बताउँदै उनले वर्तमान नेतृत्व स्याङ्जा र पाल्पाको मनोविज्ञानबाट माथि उठ्न नसकेको आरोप समेत लगाएका थिए ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया