SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/५ गते
    २९२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन् । नेपाल जेसिसको कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेता सिंहले नेपाली कांग्रेसको उम्मेदवार राष्ट्रपति हुने दाबी गरेका हुन् । ‘राजनीतिक शक्ति सन्तुलनका लागि राष्ट्रिय सहमतिका साथ राष्ट्रपति बनाउन प्रयास गर्छाैं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ,’ सिंहले भने । उनले नेपाली कांग्रेसबाट को राष्ट्रपति उम्मेदवार बन्ने भन्नेबारे केही बताएनन् । सत्ता गठबन्धनको एक प्रमुख घटक नेकपा एमालेले राष्ट्रपतिमा दाबी गरिरहेको छ भने नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान लिएको छ । यही विवादका बीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने रणनीतिमा छ । कांग्रेस नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको खेल स्वाभाविक हुने समेत बताए ।यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं