SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/३ गते
    ३०८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुले संसदबाटै दबाब दिएका छन् । काठमाडौंको नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर सांसदहरुले मुलुकमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै गृहमन्त्री नियुक्तिको माग राखेका हुन् ।

    ‘संसारका कुनै देशमा देखिने दृष्य जस्तो गोंगबुमा देखियो,’ राप्रपाका प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले भने, ‘यो देशमा गृहमन्त्रालयको संयन्त्र छ । तर, गृहमन्त्री किन खाली ? प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने भए अरु मन्त्रालय किन बनाएको ?’ उनले गृहमन्त्री तत्काल नियुक्त गर्न समेत माग राखे ।

    नेपाली कांग्रेसका सांसद प्रकाशशरण महत, रास्वपाका सांसद शिशिर खनाललगायतले पनि काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा उक्त घटना भएको भन्दै सांसदहरुले गृहमन्त्री नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं