
१पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
२निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
३सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
४दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
५नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
६आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
७विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
८ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
९उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
१०एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
११प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१२समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५सञ्चार क्षेत्रमा संकट र सम्भावनाबारे पर्वतमा गहन छलफल
६उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
७प्रदेशले किन्यो आमा…!
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
१०देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
११प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१२समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले पछिल्लो एक वर्षमा प्राप्त उपलब्धिहरूलाई सार्वजनिक गरेको छ । प्रहरी प्रमुख नवराज अधिकारीले एक वर्षको अवधिमा स्थानीय, प्रदेश र संघ गरेर तीनै तहको निर्वाचन शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गर्नेदेखि राजश्व असुली, अपराध रोकथाम, नियन्त्रण र शान्ति सुरक्षामा प्रहरीले सफलता हासिल गरेको बताए । जिल्ला प्रहरी कार्यालय चितवनबाट केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा भएर जानुअघि पत्रकार सम्मेलन गर्दै एसपी अधिकारीले कार्यालयले प्राप्त गरेका उपलब्धीसहितको तथ्यगत विवरण सार्वजनिक गरेका हुन् । अपराधीहरूले चितवनलाई विभिन्न नाममा ट्रान्जिट पोइन्टका रूपमा प्रयोग गरेर अपराध गर्ने विगतका घटनाहरूको विष्लेषण गरेर अपराध नियन्त्रणमा आशातित सफलता हात पारेको एसपी अधिकारीले बताए ।
उनले जिल्लामा भएका कतिपय जघन्य अपराधका घटनामा तत्काल अनुसन्धान गरेर अपराधी पक्राउ गर्न सफल भएको बताए । चितवन प्रहरीले चारवटा ट्रकमा भन्सार छलेर चोरी पैठारी गरेर ल्याएको तीन करोड उन्नपचास लाख बयासी हजार पाँच सय वाह्र रुपैयाबराबरको अवैध कपडा, मालसामान एवम् सवारी साधनसहित ४ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगञ्ज पठाएको विषयलाई उपलब्धिमा समेटेको छ । स्थानीय निर्वाचनकेा दुई दिन अगाडि भरतपुर महानगरपालिका-७ मा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएका २८ बर्षका अनिल परियारको हत्यामा संलग्न भरतपुर-१५ हेमन्त वास्तोला, सोही ठाउँका रोहित सिलवाल, तिलक गैरे, भरतपुर-१२ का राहुल परियारलाई लामो अनुसन्धानपछि पक्राउ गर्न प्रहरीले सफलता प्राप्त गरेको एसपी अधिकारीले बताए ।
यस्तैं गत वैशाख २४ गते खैरहनी-६ का कुमार थापालाई धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएर फरार भएका मुख्य अभियुक्त राप्ती नगरपालिका-४ खहरेपुलका ३० बर्षका सोचेन्द्र राईलाई पक्राउ गरी पुर्पक्षमा भिमफेदी कारागार पठाइएको, माडीमा आफ्नै साथी जीवन नेपालीलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरी भागेका गैंडाकोट नगरपालिका-७ का ३४ बर्ष सुरेशबहादुर कुमाललाई घटना घटेको २४ घण्टा भित्रै पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको प्रहरीले जनाएको छ । गत मंसिर ४ गते भरतपुर-२ दुर्गा मन्दिरचोक प्रतीक्षालयमा नाम वतन नखुलेकी महिलालाई सामूहिक वलात्कार गरी हत्या गर्ने गोरखा सिरानचोक घर भई अहिले भरतपुर २ तीन खोले बस्ने २३ बर्षका सन्दिप गुरूङ र सोही ठाउँका विजय परियारलाई पक्राउ गरेर कानूनी दायरामा ल्याइएको एसपी अधिकारीले बताए ।
उनले जाली नोटको कारोवार गर्ने, सुन र मोटरसाइकल चोर्ने गिरोह नै प्रहरीको फन्दामा परेको जानकारी दिए । सडक सुरक्षा र दुर्घटनालाई न्यूनिकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै सवारी चेकिङ्गलाईसमेत तीव्रता दिइएको एसपी अधिकारीले जानकारी दिए । प्रहरीले सवारी सम्वन्धी जरीवानाबाट मात्रै विगत एक वर्षमा २ करोड ९३ लाख २९ हजार राजश्व संकलन गरेको छ । गत पुस १९ र २० गते राप्ती नगरपालिकाको विभिन्न क्षेत्रमा गरेर २० विगाहा क्षेत्रफल लगाएको गाँजा र ७ कठ्ठामा लगाएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । राप्ती नगरपालिका ११ को विभिन्न ठाउँहरु थाकलटार, बराईनटार, डिहीटार र रेवतीखोला, वडा न. १२ को तिरुवा, बड्यालपोखरी, होङपुङ, म्यातराङ र च्यात्राङमा अबैध रुपमा लगाएको लागुऔषध गाँजा र अफिम खेतीलाई प्रहरीले नष्ट गरेको हो ।
२२४ फरार प्रतिवादी समातिए, ६ करोड भन्दा बढिको सामान जफत जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षको अवधिमा दुई सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । विसं २०७८ फागुन ४ गतेदेखि २०७९ माघ २५ गतेसम्म उनीहरुलाई पक्राउ गरिएको हो । लामो समयदेखि फरार रहेका रहेका र अदालतबाट फैसला भएर सम्पर्कमा नआएकाहरुलाई पक्राउ गरिएको हो । सो क्रममा उनीहरुबाट ५० वर्ष तीन महिना सात दिन कैद भुक्तान गराइएको उनले बताए । यस्तै १ करोड ३३ लाख ८९ हजार तीन सय ६७ जरिवाना असुल उनीहरुबाट गराइएको छ । पछिल्लो १ बर्षको अवधिमा ३५ शीर्षकमा एक हजार ४४८ वटा निवेदन दर्ता गरिएका छन् । भन्सार चोरी, निकासी, तस्करी र राजस्व छलीतर्फ १३ जना पक्राउ गरिएको छ । उनीहरुबाट ६ करोड ४५ लाख ९९ हजार तीन सय ८४ बराबरको सामान बरामद गरिएको छ ।
एक वर्षको अवधिमा लागूऔषधसम्बन्धी १०६ वटा निवेदन दर्ता गरिएको छ । नदीजन्य पदार्थको दोहन रोक्न प्रहरीले पालिकाहरुलाई सहयोग गरेको एसपी अधिकारीले बताए । यो अवधिमा नदी दोहनमा अवैध रुपमा प्रयोग भएका १६१ वटा सवारी साधानलाई नियन्त्रणमा लिएर उनीहरुबाट ४६ लाख ६७ हजार ९ सय मूल्य बरावरको सामान बरामद गरिएको छ । यस्तैं, अवैध रुपमा उत्खनन् गरेर डम्पिङ्ग गरिएका नदीजन्य पदार्थ नियन्त्रणमा लिएर १ करोड १३ लाख ६४ हजार बराबरको सामान पालिकाहरुलाई बुझाएको एसपी अधिकारीले जानकारी दिए । शान्तिपूर्ण र सुरक्षित समाजका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्री तयार चितवनका प्रहरी प्रमुख भएर आएपछि एसपी अधिकारीले गरेको अर्को महत्वपूर्ण कार्यमा गनिन्छ, जिल्लाका सबै विद्यालय र क्याम्पसहरुमा पढाउनका लागि चेतनामूलक पाठ्यसामाग्री तयार । प्रहरीले जिल्लाका सातै पालिकासँग पाठ्यक्रम विद्यालय तहमा पढाउने गरी अलग अलग समझादारी गरेको छ । पाठ्यसामग्री पािलका प्रमुखहरूलाई हस्तान्तरणसमेत गरिसकिएको छ । पाठ्यसामग्रीमा जिल्लामा भइरहेका अपराधिक गतिविधिको तथ्यांकसहित अपराधको प्रकृति र कानून सम्वन्धी जानकारी समेटिएका थिए । स्थानीय तहहरुको सहयोगमा प्रकाशन गरिएको पाठ्यसामग्री सबै सामुदायिक तथा निजी विद्यालय र क्याम्पसहरुले हप्तामा कम्तीमा एक पिरियड पढाउन मिल्ने गरी तयार गरिएको र सोही अनुसारको प्रतिवद्दतासमेत गराइएको एसपी अधिकारीले बताए ।
पाठ्यसामग्रीमा साइबर अपराध, सञ्जालको सुरक्षित प्रयोग, लागुऔषध दुव्र्यसनी, धुम्रपान, मद्यपान, सामाजिक महिला तथा बालबालिका विरुद्ध हुने अपराध,अपराधको प्रकृति, घरेलु हिंसा र उजुरी दिने सम्वन्धी व्यवस्था, आत्म सुरक्षा, बच्ने उपाय, ट्राफिक नियम र दुर्घटनाबाट हुने हानी नोक्सानी, सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी जस्ता विषय समेटिएकाछन् । यो अवधिमा ६०६ वटा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएका छन् । आत्महत्या न्यूनिकरण, मानव वेचबिखन, लैगिङ्क र घरेलु हिंसा, साइबर अपराध जस्ता विभिन्न २० बटा विषयमा जनचेतना जगाउने कार्यक्रम विभिन्न तहमा गरिएको एसपी अधिकारीले बताए ।


१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५सञ्चार क्षेत्रमा संकट र सम्भावनाबारे पर्वतमा गहन छलफल

प्रतिक्रिया