
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । चार्जिङ स्टेसन नभएपछि साझा यातायातले ल्याएका ३७ वटा बिजुली बस थन्किन पुगेका छन् । गत कात्तिकमा नै चीनको नानजिङबाट नेपाल भित्रिएका करिब ५६ करोड मूल्यका बिजुली बसहरु अहिले बनेपा, पोखरा र साझाको पुल्चोकस्थित पार्किङमा थन्किएका छन् ।अढाइ महिनाअघि नै आयातकर्ता कम्पनीले साझालाई बसहरु बुझेर जिम्मा लिन आग्रह गरेको थियो । तर, राख्ने ठाउँको अभाव देखाएर साझाले बस लिन मानेको छैन । सफल परीक्षणसहित ३ वटा बिजुली बस चलाइरहेको साझाले अन्य बिजुुली बसहरु राख्ने ठाउँको समेत टुंगो लगाउन सकेको छैन । सरकारकै लगानीमा खरिद गरिएका बसहरु कहाँ राखेर चार्ज गर्ने र पार्क गर्ने भन्ने टुंगो नलाग्दा साझाले बसहरु नै चलाउन सकेको छैन । बसहरुको प्राविधिक परीक्षण भएको लामो समय बितिसक्दा पनि साझाले बस चलाउने वातावरण तयार गर्न सकेको छैन । बस किन्नुअघि नै यस्तो पूर्वाधारबारे पर्याप्त गृहकार्य र तयारी नगर्दा बस आएर पनि थन्किने अवस्था आएको हो । साझाले बिजुली बसको चार्जिङ स्टेसनसहित पार्किङ स्थल खोजिरहे पनि अहिलेसम्म नभेटाएको बताएको छ ।
साझा यातायातका कार्यवहाक प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेय सरकारलाई विकल्पसहित चार्जिङ स्टेसन राख्ने जग्गाको व्यवस्थापनको लागि अनुरोध गरिएको बताउँछन् । ‘हामीले मीनभवनको ट्रली बसको जग्गा उपलब्ध गराइदिन आग्रह गरेका छौं,’ पाण्डेयले भने, ‘सरकारबाट निर्णय भएर आएको छैन, केही समयभित्रै पाउँछौं भन्ने विश्वास छ ।’ बसहरु परीक्षणकै क्रममा रहेको र परीक्षण भएर आएपछि रुट अनुमति लिन प्रक्रिया थालिने उनले बताए । उनका अनुसार नयाँ बिजुली बसहरु अहिले चलिरहेकै रुटमा सञ्चालन गर्ने योजना छ । साझा यातायातसँग हाल ७१ वटा डिजेल बस र ३ वटा बिजुली बस छन् । ती बसहरु पुल्चोकस्थित साझा यातायातको केन्द्रीय कार्यालयमा पार्किङमा राखिन्छन् । अहिले हस्तान्तरण हुन बाँकी करिब आधादर्जन बिजुली बस पनि पुल्चोकमा आइपुगेका छन् । तर, ती बस पनि चल्न सकेका छैनन् । पुल्चोकमा नयाँ किनिएका सबै बिजुली बस अट्दैनन् । साझाले बिजुली बससँगै आफ्ना लागि २० वटा चार्जिङ स्टेसनका मेसिन त किनेको छ, तर ती चार्जिङ स्टेसनहरु कहाँ राख्ने भन्ने टुंगो छैन । साझा यातायात सरकारले पार्किङ पूर्वाधारका लागि जग्गा दिने आशमा बसेको छ । आफ्नोतर्फबाट जग्गा किनेर वा भाडामा लिएर यस्तो पूर्वाधार बनाउन साझाले चासो दिएको छैन ।
गत वर्ष नै साझाले बिजुली बसका लागि चार्जिङ स्टेसन राख्ने जग्गा उपलब्ध गराउन आग्रह गर्दै पत्राचार गरेको थियो । तर, अझै पनि सरकारले बिजुली बसका लागि डेडिकेटेड चार्जिङ स्टेसनसहित पार्किङ स्थलको व्यवस्था गराएको छैन । यसले गर्दा करोडौंमा खरिद गरिएका बसहरु थन्किने अवस्था बनेको छ । बिजुली बस आपूर्तिकर्ता ‘दि गो’ कम्पनीका एक कर्मचारी साझालाई सबै बसहरु जिम्मा लिन पटक–पटक आग्रह गरिएको बताउँछन् । ‘हामीले ठूलो खर्च गरेर महँगोमा भाडामा लिएको जग्गामा बसहरु राख्नु परेको छ,’ उनले भने, ‘साझालाई छिटो बस लैजान आग्रह गरेका छौं, उहाँहरुले राख्ने ठाउँ भएन भनेर लैजान मान्नु भएको छैन ।’
साझाले जग्गा नदिएका कारण ल्याएका चार्जरहरु पनि स्टेसनका रुपमा स्थापित गर्न नपाएको उनले बताए । साझालाई बस छिटो बुझ्न फेरि पत्राचार गर्ने तयारी भइरहेको ती कर्मचारीले बताए । उनका अनुसार डिजेल बसहरुलाई जस्तो बिजुली बसका लागि पार्किङ क्षेत्र मात्रै छुट्याएर हुँदैन, पार्किङ क्षेत्रमै पर्याप्त चार्जिङ स्टेसन पनि राख्नुपर्छ । अझ रातिको समयमा धेरै बसहरु एकसाथ चार्जमा राख्नुपर्छ, दिउँसो समेत चार्जिङ स्टेसन चलाइरहनुपर्छ ।यसले गर्दा डिजेल गाडीभन्दा बिजुली गाडीका लागि बढी क्षेत्रफलसहितको पार्किङ चाहिन्छ । पार्किङमा चार्जिङ पोर्ट नभएका ठाउँमा रातमा बिजुली बस पार्क गर्न मिल्दैन । शहरभित्र चल्ने यस्ता बसहरुमा लागि निश्चित ठाउँमा चार्जिङ स्टेसन अपरिहार्य हुन्छ । काठमाडौंको मुख्य सहरी क्षेत्रभित्र जग्गा पाउन सजिलो नभएको सरकारले यसमा चासो दिनुपर्ने अवस्था आएको छ । विज्ञहरु बिजुली बसको चार्जिङ गर्न मिल्ने गरी नयाँ बसपार्क नै आवश्यक देख्छन् । अहिले साझासहित विभिन्न निजी क्षेत्रका कम्पनीका बिजुली बस पनि थपिंदैछन् । उनीहरु पनि चार्जिङका लागि पूर्वाधारको अभाव खेपिरहेका छन् । साझा यातायातले पनि सहरभित्र पर्याप्त पार्किङ क्षेत्र नपाए समस्या हुने बताइरहेको छ । ३७ वटा बिजुली बस थपिएसँगै साझा यातायात काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो बस सेवा प्रदायक कम्पनी बन्नेछ । उपत्यकाको सार्वजनिक यातायात प्रणालीको सञ्जालीकरण र सृदृढीकरणका लागि नयाँ बिजुली बसहरु अर्को कोशेढुंगा सावित हुने साझाको विश्वास छ ।
साझा यातायात तुरुन्तै थप अहिलेको भन्दा ठूलो आकारका बिजुली बस ल्याउन कस्सिएको छ । साझाले एक वर्षभित्र अरु ५० देखि ८० वटासम्म लामा बिजुली बस थप्ने योजना बनाइसकेको छ । त्यसका लागि कम्पनीहरुसँग उपलब्ध बसहरुको स्पेसिफिकेसनबारे साझाले अध्ययन गरिरहेको छ । अब ११/१२ मिटर लामा बस किन्ने साझाको योजना छ । यस्तो अवस्थामा साझालाई फराकिलो पार्किङ स्पेससहितको चार्जङ स्टेसन आवश्यक रहेको साझा यातायातका पदाधिकारीहरु बताउँछन् । बिजुली बसका लागि चार्जिङ स्टेसनसहितको पार्किङ क्षेत्र दिने विषय समग्रमा सार्वजनिक यातायातलाई मर्यादित र व्यवस्थित गर्ने विषयसँग जोडिएको उनीहरुको भनाइ छ । साझा यातायातलाई ३ अर्ब रुपैयाँ अनुदान दिएर बिजुली बस किन्न प्रोत्साहित गरेको सरकारले चार्जिङ र पूर्वाधारलाई पनि प्राथमिकता दिएर बिजुली बसको प्रवद्र्धन गर्न वातावरण बनाउर्ने यातायात विज्ञहरु बताउँछन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया