
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
धनगढी । छ सय शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित कैलालीको गेटामा निर्माण भएको संरचना २ वर्षदेखि अलपत्र छ । तर सरकारले यहाँ मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कानून नबनाउँदा संरचना जीर्ण हुदै गएका छन् । ‘प्रयोगमा नआएपछि भौतिक संरचनाहरु जीर्ण बन्ने रहेछन् । भवनहरुको रंग खुइलिन थालिसक्यो, भित्तामा जालोहरु लागिसके’, पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले अनलाइनखबरसँग भने ।गेटा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २९ वटा संरचना बनाएको छ भने २३ वटा निर्माणाधीन छन् । तीमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ । यी संरचना निर्माण गर्दा सरकारको पाँच अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ ।
सुस्तायो संघर्ष समिति
गत जेठ १५ गते प्रस्तुत शेरबहादुर देउवा नेतृतवको सरकारको बजेट वक्तव्यमा डडेल्धुरामा पनि मेडिकल कलेज सञ्चालनमा ल्याउने घोषणा गरेपछि गेटालाई ओझेलमा पार्न खोजेको भन्दै धनगढीमा आन्दोलन भएको थियो । गेटामा भौतिक संरचना निर्माण भइसकेको अवस्थामा मेडिकल कलेज सञ्चालन नल्याउने सरकारले डडेल्धुरामा सञ्चालन गर्ने भनेर झुक्याउन खोजेको भन्दै संघर्ष समिति गठन गरेर आन्दोलन अघि बढेको थियो । अत्तरियाका लोकराज पाण्डे संयोजकत्वमा संघर्ष समिति अहिले सुस्ताएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन, सरकार गठन जस्ता कारणले यो बीचमा संघर्षका कार्यक्रम गर्न नपाएको पाण्डे बताउँछन् । ‘गेटा मेडिकल कलेज शीघ्र सञ्चालनमा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो । यो बीचमा निर्वाचन र सरकार गठन जस्ता कारणले आन्दोलनका कार्यक्रम गर्न पाएनौं,’ पाण्डेले अनलाइनखबरसँग भने, ‘अब छलफल गरेर चाडै संघर्षका कार्यक्रम अघि बढाउछौं ।’
सञ्चालन भएन शिक्षण अस्पताल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० असोज २०७९ मा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा कार्यरत डा. प्रमोद जोशीलाई गेटा मेडिकल कलेजको अस्पताल निर्देशकका रुपमा खटाएको थियो । शिक्षण अस्पताल स्थापना तथा सञ्चालन गर्ने भन्दै डा. जोशीलाई खटाइएको भएपनि हालसम्म अस्पताल सञ्चालनमा ठोस प्रगति हुन सकेको छैन । निर्देशक डा. जोशीले भौतिक पूर्वाधार राम्रो भए पनि जनशक्ति र उपकरण नभएको बताए । ‘पहिलो चरणमा दुई सय शय्याको अस्पताल सञ्चालन गर्ने योजना छ । सोहीअनुसार हामीलाई आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य उपकरणको व्यवस्थापनमा लागेका छौँ,’ जोशीले भने, ‘अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रक्रिया अघि बढेको छ ।’ सरकारले गेटा मेडिकल कलेजमा शिक्षण अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा ४५ करोड बजेट पठाएको छ । कार्य योजना बनाएर उक्त बजेट विभिन्न शीर्षकमा बाँडफाट गर्ने अस्पतालका निर्देशक जोशीले बताए ।
मोडालिटीको अन्यौल
गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउने वा स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्नेमा विवाद छ । यसलाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत राखेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने आवाज समेत उठेको छ । तर अहिलेसम्म मेडिकल कलेज कुन प्रारुपमा सञ्चालन हुने हो ? भन्ने कुराको टुंगो लागेको छैन । पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार अघिल्लो सरकारले दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान नाममा गेटामा मेडिकल कलेज सञ्चालन गर्न विधेयक मस्यौदा गरेको छ । तर शिक्षा मन्त्रालयले मस्यौदा गरेको विधेयक अघि बढेको छैन । शिक्षा मन्त्रालयले दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा मेडिकल कलेजलाई सञ्चालन गर्ने भनेर विद्येयक मस्यौदा गरेको कुरा हाम्रो जानकारीमा छ,’ पुजाराले भने, ‘तर त्यसपछि त्यो विद्येयक क्याबिनेटमा गएर पास हुनुपर्ने थियो । अहिलेसम्म त्यो काम अघि नबढ्दा मेडिकल कलेज कुन प्रारुपमा सञ्चालन हुन्छ भन्न सकिने अवस्था छैन ।’ कानुन बनेमा पदाधिकारी नियुक्त भएर मेडिकल कलेज सञ्चालनको प्रक्रियामा जाने बाटो खुल्ने थियो । त्यसो भए कम्तीमा पनि डेढ वर्षभित्र मेडिकल कलेज सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया