
१दर्शन सहकारीको १५औं स्थापना दिवसमा निःशुल्क दन्त शिविर हुने
२कास्की निर्वाचन क्षेत्र नं. ३ मा एमालेको चुनावी अभियान तीब्र
३टुँडिखेलमा अमेरिकी सैनिकको प्रस्तुतिबारे उत्पन्न विवाद के हो ?
४महाशिलाको स्थानीय भाषा संरक्षणमा जोड, गुरुङ्ग भाषा (खेमा लिपि) सम्बन्धि प्रशिक्षण
५पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
६बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
७प्रगति स्कुलमा साहित्य उत्सव सम्पन्न
८फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
९याम बहादुर चोचाङ्गीले सार्वजनिक गरे ७ बुँदे चुनावी प्रतिबद्धता
१०बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा
११प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई स्वच्छ र भयरहित बनाउन आईजीपी अर्यालको निर्देशन
१२कार्यसम्पादन मुल्यांकनमा पैंयूँ पर्वत जिल्लामै पहिलो
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
६पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
७स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
८म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
११जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
१२नमुना आवासीय माविमा स्काउटद्वारा हाटबजार तथा खाना महोत्सव सम्पन्न
पोखरा । विभिन्न १६ बुँदे एजेन्डामा नेपाल क्रिकेट संघको कार्य समिति बैठक मंगलबार पोखरामा बस्ने तय भएको थियो । त्यसका लागि कार्यसमितिका १६ जना सोमबार बेलुकी नै पोखरा आइसकेका थिए । संघले तय गरेको एजेन्डामा पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा र संघको कार्यसम्पादन समितिको बैठकबाट भएका निर्णयहरु अनुमोदन सम्बन्ध, नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग भएको सम्झौतालगायतका एजेन्डा समावेश थियो । तर, बैठकका लागि पोखरा आएको संघको केन्द्रीय नेतृत्वभित्र चुलिएको आन्तरिक विवाद भने पोखरामा छताछुल्लै भएको छ । मूल नेतृत्वसँग असन्तुष्ट ७ जना केन्द्रीय सदस्यले लिखित रुपमै अध्यक्षको माग गर्दै बैठक बहिष्कार गरे भने उनीहरुबिनै अध्यक्ष चतुरबहादुर चन्दले बैठक सुरु गरेका छन् ।
यसअघि ७ जना असन्तुष्ट केन्द्रीय सदस्यले काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष तथा कार्य सम्पादन समितिको राजीनामा माग गरे पनि मंगलबार पोखरामा लिखित नै माग गरेका हुन् । मंगलबार बिहान बस्ने भनिएको बैठक बेलुकी साढे ५ बजेपछिमात्रै सुरु भयो । जसमा अध्यक्षको राजीनामा माग गरेका ७ जनाबाहेक बाँकी ९ पदाधिकारी र २ जना आमन्त्रित सदस्य सहभागी छन् । बैठकमा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु र जिल्ला क्रिकेट संघ कास्की अध्यक्ष सञ्जयकान्त सिग्देल आमन्त्रित सदस्यका रुपमा सहभागी छन् ।
क्यानको बोर्ड औपचारिक रुपमा सुरु हुनुअगावै केन्द्रीय सदस्य ऋषिराम गौतमले अध्यक्षको राजीनामा माग गरिएको पत्र वाचन गरेर सुनाए । बोर्ड बैठकलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा केन्द्रीय सदस्यहरु दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमीरवीर पाण्डे र राष्ट्रिय खेलकुद परिषद्बाट मनोनित प्रतिनिधि छुम्बी लामा र धर्मराज गिरीले हस्ताक्षर गरेका थिए । अमीर स्वास्थ्यअवस्थाका कारण पोखरा नआए पनि हस्ताक्षर भने गरेका छन् । लगत्तै उनीहरु नेपाल क्रिकेटको भविष्यलाई दाउमा राख्ने काम मूल नेतृत्वबाटै भएको र सार्वजनिक रुपमै स्वीकार गरिसकेको अवस्थामा अध्यक्षले राजीनामा दिनुपर्ने माग गर्दै बैठक बहिष्कार गरेर हिँडे ।
‘अस्ति संघकै अध्यक्षज्यूले पत्रकार सम्मेलन गरेरै नेपाल टी-२० लिगमा गल्ती भएको भनेर स्वीकार गरिसकेपछि उहाँ जवाफदेही हुनुपर्छ कि पर्दैन ? एउटा व्यक्तिले गरेको गल्ती पूरै संघले किन व्यहोर्ने ?’ केन्द्रीय सदस्य छुम्बी लामाले भने, ‘आज औपचारिक रुपमै कार्य सम्पादन समिति र अध्यक्षले राजीनामा गरेर नेपाल क्रिकेटको बाटो खुला गरिदिनुहोस् भनेर लिखितमाग गरेका हौं ।’ केन्द्रीय सदस्यले छोडेर हिँडेपछि बैठक बस्नै सकेन । पोखरा लेकसाइडस्थित एल्लो प्यागोडा होटलमा बसेका अन्य पदाधिकारी बाहिरभित्र गर्दै बैठक बहिष्कार गरेर गएका टोलीको पर्खाइमा रह्यो । त्यतिबेलासम्म बैठकको एजेन्डामा परेका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा थुनामा राख्न माग गर्दै निवेदन दिइसकेको थियो भने विवादित सेभेन स्पोर्टसले क्यानसँगको सम्झौता पनि रद्ध गर्दै पत्र पठाइसकेको थियो ।
मूल नेतृत्वले पर्खिरहे पनि बहिष्कार टोलीले भने आकस्मिक पत्रकार सम्मेलन बोलायो । सम्मेलनमा उनीहरुले बहुमतको दम्भ देखाएर गैरकानुनी काम भएको र त्यसका लागि मार्ग प्रशस्त गर्नुपर्ने भन्दै आफूहरुले राजीनामा माग गरेको सुनाए । ‘यो अहिलेको श्रृंखला होइन । नेपाल टि–२० लिगको बेला सतहमा आएमात्रै हो । सुरुबाटै हामीलाई बहुमतको दम्भ देखाएर पेल्ने काम भइरह्यो,’ क्यान केन्द्रीय सदस्य ऋषिराम गौतमले भने, ‘पटकपटक यसरी नआउँभन्दा पनि नेतृत्वले हाम्रो कुरै सुनेन । जसका कारण आज नेपाली क्रिकेट नै विश्वभर बदनाम हुन पुग्यो ।’
असन्तुष्ट केन्द्रिय सदस्यहरुको पत्रकार सम्मेलन । तस्वीर : सुदर्शन रञ्जित/
गौतमले सुरुदेखि नै बैठकमा माइन्युट नगर्ने र लामो समयपछि आफूखुसी निर्णय लेखेर हस्ताक्षरमात्रै गराउने गरेको दाबी गरे । ‘त्यस्तोबेला हामीले नोट अफ डिसेन्ट पनि लेखेका छौं । तर, त्यसलाई पनि मानिएन बरु ब्ल्याकमेल गर्न थालियो,’ उनको दाबी छ, ‘उहाँहरु सुध्रिनुहुन्छ कि भनेको अब त झन् सम्भावना नै सकियो ।’ पत्रकार सम्मेलनमा मंगलबारको बोर्ड बैठकको एजेन्डा पनि सोमबार राति साढे १० बजेमात्रै उपलब्ध गराइएको केन्द्रीय सदस्य छुम्बी लामा बताउँछन् । ‘१६–१७ वटा गम्भीर विषय छन् । हिजो राति सुतेकोबेला मेल आउँछ । बिना अध्ययन कसरी छलफलमा सहभागी हुन सकिन्छ ?’ उनी भन्छन्, ‘हामीलाई अध्यक्षले १५ गते नै बैठकका एजेन्डा सबैले प्राप्त गर्नुहुन्छ भन्नुभएको थियो ।’ केन्द्रीय सदस्य दाउद अन्सारीले बोर्ड बैठक बस्ने निर्णय भने १ हप्ताअगाडि नै भएको सुनाए । ‘एक हप्ता अगाडि भएको निर्णयमा पनि अन्तिममा आएर बल्ल एजेन्डा थम्याइयो, यो भनेको जर्बजस्ती पास गराउने खेल नै हो,’ उनले भने ।
बैठकको एजेन्डा विवादित विषय पनि भएकाले झनै गम्भीर हुनुपर्ने केन्द्रीय सदस्य लामाको तर्क थियो । ‘अहिले सेभेन थ्री स्पोर्टसले क्यानसँग सम्झौता रद्ध गरेको मिडियाबाट थाहा भयो । यस्तो विवादित विषयमा त क्यानले सुरुमा आफैं सम्झौता गर्नुपर्ने होइन ?’ उनले भने, ‘सेभेन थ्री स्पोर्टस कसरी अगाडि भयो, सोच्नुपर्दैन ?’ असन्तुष्ट पक्षले बाहरि पत्रकार सम्मेलन नै गरेर बैठकमा नआउने निश्चित गरेपछि साढे ५ बजेबाट बल्ल औपचारिक बैठक सुरु भयो । ‘हामीले उहाँहरु (बहिष्कार गर्ने टोली)लाई ४ बजेसम्मको समय दिएका थियौं । तर, उहाँहरु आउनु भएन । पछि ५ बजेसम्म कुरेका पनि हौं,’ बैठकमा सहभागी एक सदस्यले भने, ‘उहाँहरु पत्रकार सम्मेलन गर्न लागेको थाहा पाए पछि यता बैठक सुरु गर्यौं ।’ ढिलो गरी बैठक सुरु गरेकाले निर्णय बुधबारमात्रै सार्वजनिक गर्ने अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनको राजीनामा माग र बैठक बहिष्कारबारे पत्रकारले सोधेको प्रश्नमा उनको छोटो उत्तर थियो, ‘मलाई अहिले दोहोरी खेल्ने मुड छैन ।’


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया