
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत। जहाज दुर्घटनामा दिवंगत पत्रकार पौडेलको १३औं दिनको पुण्य तिथिमा नेपाल पत्रकार महासंघ पर्वत शाखाले श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ। यही माघ १ गते पोखरामा भएको जहाज दुर्घटनामा परी असमाहिक रुपमा ज्यान गुमाएका पौडेलको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा गरिएको हो। माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यति एयरलाइन्सको नाइन एएनसी ए टि आर विमान पोखरा अन्तराष्टिय बिमानस्थलमा अवतरणका क्रममा सेती खोचमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक दलका ४ जना सहित ७२ जनाको निधन भएको थियो। सोही दुर्घटनामा पत्रकार पौडेल पनि परेका थिए।
पर्वतको आर्थरमा जन्मेका सरल,कर्मशिल र मृदुभाषी पौडेलले कास्कीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका थिए। प्रेस सेन्टर नेपाल कास्कीको उपाध्यक्ष,अध्यक्ष ,गण्डकी प्रदेश अध्यक्ष,केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेशको इन्चार्ज र नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य लगायत धेरै संघ संगठनमा आवद्ध रहेर काम गरेका पौडेलले प्रेस सेन्टर नेपालमा स्थापना कालदेखी सक्रिय,निडर ,निर्भीक र जनपक्षीय पत्रकारितामा सक्रिय रहेका थिए। श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका पूर्वअध्यक्ष दुर्गाप्रसाद शर्मा, ओमप्रसाद घायल,वर्तमान अध्यक्ष सन्तोष थापा,महासङ्घका सचिव राजबाबु पिसी,नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य रन्जना खत्री प्रेस सेन्टर नेपाल पर्वतका अध्यक्ष निर्मल पौडेल,प्रेस युनियन पर्वतका उपाध्यक्ष रोशन तिवारी,प्रेस चौतारी पर्वतका उपाध्यक्ष सुवास लामिछाने लगायतले मन्तब्य राखेका थिए।
श्रद्धाञ्जली व्यक्त गर्दै बोल्ने वक्ताहरूले स्वर्गिय पत्रकारले देखाएको बाटोमा सदैव लागिपर्ने बताउदै पौडेलको निधनले सिङ्गो पत्रकारितामा अपूरणीय क्षति पुगेको बताएका थिए। शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरून भन्दै स्व. पौडेलको तस्वीरमा माल्यार्पणसँगै मौन धारण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो। कार्यक्रममा पर्वत स्थित विभिन्न प्रेस संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो।नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभा कार्यक्रमको संचालन महासंघ पर्वत शाखाका सचिव राजबाबु पिसीले गरेका थिए।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया