
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सम्बन्धित निकायहरु एकतावद्ध भएर काम गर्नुको विकल्प नरहेको बताएका छन् । बिहीवार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री गिरीले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुग्न नसकेको भन्दै वास्थ्य सेवाको पहुँच विस्तार गर्न आवश्यक रहेको बताए । उनले भने, ‘देशमा अहिले स्वास्थ्य सेवा सीमान्तकृत जनतासँग, गरिब जनतासँग पुग्न सकेको छैन । स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न हामी एकतावद्ध भएर लाग्नुपर्छ । उपचार नपाएर निधन भइरहेको छ, यसमा हामीले नीतिगत समस्या सुधार गरेर अघि बढ्नेछौँ ।’ उनले उपचार नपाएर मर्नुपर्ने बाध्यतालाई हटाउन सक्नुपर्ने बताए । उनले स्वास्थ्य सेवाको पहुँच विस्तार गरी गुणस्तरीय सेवा प्रवाहका लागि मन्त्रालयले आवश्यक नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
उनले भने, ‘ संरचनागत सुधार र व्यवस्थापकीय सुधार गरेर अघि बढ्नेछौँ तर उपचार नपाएर अकालमा मर्नुपर्ने बाध्यता हुनु हुँदैन । हाम्रो ल्याबमा भएका उपकरणहरु छिटो बिग्रिने गरेको सुन्छु, सरकारी अस्पतालमा समयमा ल्याबहरुबाट सेवा नपाउने कुरा सुनेको छु, कहाँ ध्यान दिनुपर्छ त्यसमा ध्यान दिऔँ । ‘ उनले सरकारी अस्पतालमा ल्याबमा हुने उपकरणहरु चाँडै बिग्रिने र बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहेको भन्दै यस्ता कुराहरु हटाएर गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिए । मन्त्री गिरीले जनशक्तिको अभावलाई आवश्यक बजेट विनियोजित गरेर मन्त्रालय गुणस्तरीय स्वास्थ्य सेवा बिस्तारमा लाग्ने पनि बताए ।उनले भने, ‘जनशक्तिको अभाव भन्नेकुरा छ, त्यसका लागि कति बजेट आवश्यक हो ? त्यसमा प्रयास गर्न हामी लाग्नेछौँ । स्वास्थ्य क्षेत्रलाई छुट्याइएको बजेट न्युन छ, यसले स्वास्थ्य क्षेत्रमा निर्धारण गरेका लक्ष्य पूरा हुन सक्दैनन् ।’
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गर्ने बताइन् । उनले उपकरण, सिटि स्क्यान, एमआरआईको कमीलाई अब चाँडै पूर्ति गर्नेकुरामा मन्त्रालय लाग्ने बताइन् । उनले भनिन्, ‘जनशक्तिको कमी भएका कुरा, उपकरण, सिटि स्क्यान, एमआरआईको कमीका कुराहरु आएका छन् । साथै आजबाट शुरु हुन लागेको क्याथ ल्याबमा पनि केही मेसिनहरुको समस्या रहेको कुरा आएको छ, यसमा हाम्रो ध्यानाकर्षण भएको छ । यसमा अध्ययन गर्नेछौँ, के गर्नुपर्छ हामी गर्नेछौँ ।’ मन्त्री कार्कीले लोकसेवाको परीक्षा चाँडो गराएर आवश्यक स्थायी दरबन्दी बढाउने कुरामा सरकार लाग्ने बताइन् । उनले भने, ‘ दरबन्दीको लागि के गर्न सकिन्छ, लोकसेवा परीक्षा चाँडो गराएर स्थायी दरबन्दी बढाउने कुरामा अघि बढ्नेछौँ ।’ वीर अस्पतालमा सन् १९८५ मा क्याथ ल्याब सेवा सुरु भएको थियो तर २००० सालबाट बिस्तारै सेवा अवरुद्ध भएको थियो । त्यसपछि सन् २०२३ बाट पुनः सेवा शुरु हुन लागेको हो । सन् १९८५ मा राजा वीरेन्द्र वीरविक्रम शाहले नेपालमा पहिलोपटक वीर अस्पतालबाट नै क्याथ ल्याब सेवाको उद्घाटन गरेका थिए ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया