
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
पर्वत । गण्डकी प्रदेश स्तरीय सातौँ पर्वत महोत्सव सफल पार्नका लागि पर्वत उद्योग वाणिज्य संघले सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।महोत्सवको अपनत्व सबैले लिन सकुन र पर्वतकै व्यवसायीले महोत्सवबाट कसरी लाभ लिन सक्छन ? भन्ने विषयमा छलफल गर्नको लागि उद्योग वाणिज्य संघकै आयोजनामा अन्तरक्रिया कायर्मक्रम गरिएको हो । जिल्लामा रहेका बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, कुश्मा बजारका व्यवसायी, उद्योग वाणिब्ज्य संघका पदाधिकारी तथा सदस्य, पत्रकार, सर्वसाधारणको सहभागीतामा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा सहभागी भएका व्यवसायीहरुले महोत्सवले चहलपहल बढाए पनि बजारको क्षेत्रका व्यापारमा असर गर्न सक्ने भएकाले कुश्मा बजारका व्यवसायीलाई स्टल राख्नमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।

बाहिरबाट आउने व्यवसायीहरुले नै तिर्ने भाडा बराबरको रकबम तिरेर कुश्मा बजारका व्यवसायीहरुले स्टल राख्न नसक्ने बताउँदै उनीहरुले स्थानीय व्यापारीहरुलाई सहुलियत दरमा स्टल दिनुपर्ने सुझाव राखेका छन् ।यसबारेको निर्णय भने संघको बैठक बसेर गरिने उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारीले बताए । कुश्माका व्यवसायीहरुले राखेको माग जायज रहेको भन्दै उनले स्थानीय बजारको प्रबद्र्धनको लागि महोत्सवले सहयोग गर्ने बताए । महोत्सव सबैको साझा रहेको तथा पर्वतको व्यापार, पर्यटन र चहलपहललाई चलायमान बनाउनको लागि महत्वपूर्ण रहेको उनको भनाई छ । अन्तरक्रियामा सहभागी कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले महोत्सवका माध्यमबाट पर्वतका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरणमा सहयोग हुनुपर्ने बताईन । जिल्लाका धेरै कृषकहरुले सफल रुपमा व्यवसायिक कृषि अंगालीरहेकोले उनीहरुले उत्पादन गरेका बस्तुहरुको प्रदशनी गरी बजारमा प्रबद्र्धनमा सहयोग गर्नुपर्ने उनको भनाई छ । महोत्सव अवलोकनमा आउने धेरै व्यक्तिहरु कृषि क्षेत्रमा नै आबद्ध रहेका हुने गरेकाले पनि कृषि सम्बन्धी स्टल वा सामग्रीहरुमा सबैको चासो रहने थापाकाृ भनाई छ । महोत्सवलाई सफल पार्नको लागि कृषि ज्ञान केन्द्रले आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छिन् ।
यस्तै पर्यटन तथा उद्योग कार्यालय पर्वतकी प्रमुख मुना अधिकारीले महोत्सवले पर्यटन र उद्योगको प्रबद्र्धनको लागि सहयोग गर्ने भएकाले आफ्नो कार्यालयको तर्फबाट पूर्ण सहयोग गर्ने बताएकी छिन् । मेला महोत्सवका माध्यमबाट घरेलु तथा व्यवसायिक उत्पादनहरुको प्रचारप्रसार तथा बिक्री बितरण गर्न समिने भएकाले जिल्लामा उत्पादन हुने मौलिक उत्पादन र पर्यटनको क्षेत्रमा सहयोग पुग्ने गरी महोत्सव अगाडि बढाउनुपर्ने उनको भनाई छ । कार्यक्रममा लोकनाथ आचार्य, विश्वप्रकाश प्रसाईँ, होमनारायण श्रेष्ठ, केदारनाथ शर्मा, मानकुमारी गिरी लगायतले पनि बोलेका थिए । उद्योग वाणिज्य संघ मुल आयोजक रहेको सातौँ पर्वत महोत्सव माघ ११ गतेदेखि २१ गतेसम्म कुस्मामा सञ्चालन हुँदै छ। जिल्लाको पर्यटन प्रवर्द्धन, कृषि तथा घरेलु उद्यमको विकास, स्थानीय व्यवसाय र उत्पादनको प्रचारमा महोत्सव केन्द्रित हुने संघका अध्यक्ष गोपी अधिकारी बताउँछन् । मुल आयोजक उद्योग वाणिज्य संघ भए पनि पर्वतका सबै स्थानीय तह, नेपाल उद्योग वाणिज्य संघ लगायत आयोजक तथा सह–आयोजकको रुपमा रहने भएका छन्। आर्थिक समितिका संयोजक ठाकुर वि. पौडेलका अनुसार यो महोत्सवमा नेपाल उद्योग वाणिज्य महासङ्घ, टिकट विक्री, जिल्लाका स्थानीय तह, प्रायोजक, रमाइलो मेला, खेलकुद कार्यक्रम, संसद् विकास कोष र विभिन्न सङ्घसंस्था मार्फत एक करोड १६ लाख आम्दानी हुने र समग्रमा खर्च जोगाएर १७ लाख २५ हजार रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया