
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको विषयमा सत्यता नभएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा स्थायी कमिटी बैठकबारे जानकारी दिन पत्रकारहरुसँगको कुराकानीमा उनले नेकपा एमालेबाट यति ठूलो प्रस्ताव आउने विषय पत्याउन नसकिने बताए । यो कुराले अहिलेसम्म हाम्रो बैठकमा प्रवेश पाएको छैन । कहाँबाट, कसरी आयो हावामा आयो, हावामा नै गयो जस्तो लाग्छ’ उनले भने, ‘नेकपा एमालेका तर्फबाट फेरि माधवकुमार नेपाल, एकीकृत समाजवादीको अध्यक्षलाई यस्तो ठूलो प्रस्ताव यति छिटै, सजिलोसँग राख्लान् भन्ने मलाई लाग्दैन र गरेको हो भन्ने पनि मलाइ लाग्दैन ।’ उनले यदि यो विषयमा कतै चर्चा भएको भए एकीकृत समाजवादीको कार्यकर्तालाई भ्रममा राख्ने कोशिसमात्र भएको उपमहासचिव तुलाधरले बताए ।
नेकपा एमालेसँग पार्टी एकताको कुरा पनि हल्ला मात्रै भएको उनले टिप्पणी गरे । ‘पार्टी एकताको कुरा नेकपा एमालेका केही मान्छेले मात्रै हल्ला चलाएका हुन्, यसमा हामी भ्रममा पर्न हुँदैन’, तुलाधरले भने, ‘एकता हुन्छ भनेर हाम्रो कार्यकर्तालाई भुलभुलैयामा राख्ने कोशिस भएको छ ।’ माओवादी र जनता समाजवादीसँग पनि एकताको कुरा अगाडि नढेको उनले बताए । आफ्ना केही नेताले अनौपचारिक कुरा गरेको भए पनि औपचारिकरुपमा त्यस्तो कुनै निर्णय नभएको तुलाधरले जिकिर गरे ।
‘एकताका बारेमा कुनै पनि निर्णय भएका छैनन्, अहिले नै एकताका निम्ति लालयित भएर जाने कुरा पनि होइन,’ तुलाधरको भनाइ छ । बरु चुनावअघि नेकपा माओवादी केन्द्रबाट एकताको प्रस्ताव आएकाले आफूहरुले समिति बनाएको तर माओवादी नै त्यसमा धेरै अग्रसर नभएकाले यसबारे केही कुरा नभएको उनले बताए ।पार्टीको स्थायी समिति बैठकमा वर्तमान राजनीति, वर्तमान गठबन्धनलाई कसरी हेर्ने, सरकारमा जाने, या नजाने, पार्टी एकताका बारेमा चलेका चर्चाबारे स्थायी समिति सदस्यहरुलाई धारणा राख्न दिइएको थियो । बैठकमा अहिलेसम्म ३० जनाले धारणा राखेको जानकारी दिँदै तुलाधरले धेरैको मत सरकारलाई सर्मथन गर्ने तर सरकारमा जान नहुने भन्ने खालको रहेको बताए ।‘हिजो एउटै गठबन्धनमा भएकाले प्रचण्डको सरकारलाई सर्मथन दिन उचित हुन्छ कि भन्ने कुरा पनि छ,’ उनले भने, ‘ तर, धेरैको कुरा अहिले सरकारमा जान हुँदैन भन्ने खालको छ ।’ एकीकृत समाजवादीको स्थायी समितिमा ५२ जना सदस्य रहेका छन् । सबैले आफ्नो धारणा राखिसकेपछि बैठक सकिने छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया