
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पोखरा । गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गापनियताको सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पर्वतको प्रदेश सभा २ बाट निर्वाचित ६५ वर्षीय बस्याललाई बुधबार सपथ खुवाएका हुन् । एमालेबाट निर्वाचित सांसद बस्याल कानुनमन्त्री विन्दुकुमार थापाभन्दा २ दिन जेठो हुँदै ज्येष्ठ सदस्यका हैसियतले अब प्रदेश अधिवेशनको अध्यक्षता गर्ने भएका छन् । गण्डकीका बाँकी ५९ जना प्रदेश सभा सदस्यलाई बिहीबार बस्यालले सपथ खुवाउने कार्यक्रम छ ।
प्रदेश प्रमुख पृथ्वीमानले १८ गते प्रदेश अधिवेशनको आह्वान गरेका छन् । प्रथम अधिवेशनको ज्येष्ठ सदस्यका हैसियताले बस्यालले अध्यक्षता गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसअघि एमाले माओवादीको संयुक्त सरकार बन्दा संसदमा सभामुख माओवादीका तर्फबाट नेत्रनाथ अधिकारी र एमालेका तर्फबाट उपसभामुख सिर्जना शर्मा बनेकी थिइन् ।
गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ राप्रपाका २ र स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी छिरेका राजीव गुरुङ (दीपक मनाङे)सहित ६० सांसद छन् । प्रदेश अधिवेशनलगत्तै सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्ने तयारी छ । गण्डकीमा एमाले, माओवादी र राप्रपाको गठबन्धनबाट सरकार बन्ने देखिएको छ । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै गण्डकीमा पनि एमाले, माओवादी, राप्रपाको ३२ जना सांसद सत्ता पक्षमा रहने छन् । एमालेबाट खगराज अधिकारी संसदीय दलको नेता चुनिइसकेका छन् । नेपाली कांग्रेसको बुधबार निर्वाचन हुँदैछ । माओवादीले पनि तयारी गरिरहेको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया