
१शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
२चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
३मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
४संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
५जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
६अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
७महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
८पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
९मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
१०खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
११५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
१२शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
६पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
जनकपुरधाम । शुक्रबार दिउँसो महोत्तरीको पिपरा गाउँपालिका– २ गमहरियाका सञ्जीव साहको विहे थियो । दुलही लिन जन्तीसहित इटहरीको खनारचोक जानुपर्ने थियो । दुलाहा र जन्ती टोली कार, जिप र भ्यान गरी २० वटा गाडीमा गएको थियो । स्वयंवर सकिएपछि घर टाढा रहेको भन्दै ७ वटा गाडीमा अट्ने जन्तीहरु घरतर्फ फर्कियो । अरु गाडी विवाह सकिएपछि फर्किने भन्दै विवाहस्थलमै रह्यो ।
घर फर्किएकोमध्ये महिला र बालबालिका चढेको एउटा भ्यान शनिबार बिहानै साढे ४ बजे वीरेन्द्रबजारमा दुर्घटनामा पर्यो । जन्ती लिएर फर्किदै गरेको ना १ ज ८३९६ नम्बरको भ्यान र पश्चिमबाट पूर्व जाँदै गरेको ज १ च १४९६ नम्बरको भ्यान ठोक्किँदा घटनास्थलमै ५ जनाको मृत्यु भयो भने ९ जना घाइते भएका छन् । जसमा ४ जना बेहुलाका आफन्त र एक जना गाडी चालक रहेका छन् ।
यो दुर्घटनाले बेहुली फर्किन नपाउँदै विवाह उत्सव शोकमा परिणत भएको छ । परिवारजनहरु शोकमा डुबेका छन् । विवाह घरमा सन्नाटा छाएको छ । ‘दुलही पनि भित्र्याउन पाएको छैन । दुर्घटनाले हाम्रो परिवारमा अकल्पनीय क्षति भएको छ । परिवार गाउँ आफन्त सबै शोकमग्न भयो’ दुलाहाका काका देवु साहले भने ।
घाइतेहरुको उपचार भइरहेको प्रादेशिक अस्पताल जनकपुरमा आफन्तहरुके रुवाबासी छ । ‘कहाँ छ मेरो नाति ? कहाँ छिन् मेरी छोरी ? …’ महोत्तरीको पिपरा गाउँपालिका– २ गमहरियाकी ६४ वर्षीया शोभा साह विलाप गरिरहेकी छन् । शोभा छोरी र नातिनीलाई हेर्न चाहन्थिन् । साथमा रहेका आफन्त उनलाई रोक्थे, सान्त्वना दिन्थे । छोरा नाति सकुशल छन्, उपचार हुँदैछ भनेर ।
जन्ती बोकेको भ्यान दुर्घटनामा हुँदा शोभाकी ३५ वर्षीया छोरी धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सीयाहीकी रुवीकुमारी साह र नाति ११ वर्षीय यशकुमार साहको मृत्यु भएको थियो । यशकुमार शोभाका छोरा रुपेशका छोरा हुन् । दिदी रुवी र छोरा यशकुमारको मृत्युले रुपेश गम्भीर पीडामा छन् । उनकी श्रीमती प्रियंका सवारी दुर्घटनामा घाइते छिन् । रामगोपालपुर नगरपालिका–७ सहसौलाका जीवछ साहले पनि आफूलाई सम्हाल्न सकेका छैैनन् । उनका छोरीहरु १३ वर्षीया सिर्जना र १८ वर्षीया मञ्जुको सोही दुर्घटनामा मृत्यु भएको छ । चार सन्तानका बुबा जीवछको मञ्जु माहिली र सिर्जना कान्छी छोरी हुन् । दुर्घटनामा विंगर चालक धनुषाको धनौजी गाउँपालिका ४ अब्दुल मन्सुरको मृत्यु भएको छ ।
घाइते ९ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । मृतकहरुको शवलाई पोस्टमार्टम गरी आफन्तजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी दीपक रायका अनुसार घाइते हुनेहरुमा महोत्तरीको लोहारपट्टी नगरपालिका–४ कि १४ वर्षीया प्रतीक्षा साह र १४ वर्षीया कविता साह, धनुषाको मुखियापट्टी मुसहरनिया ४ का ३५ वर्षीय सञ्जय साह, ३ वर्षीया अरुसा साह, ६ वर्षीय अर्नव साह, १० वर्षीया आयुश साह, पिपरा गउँपालिका २ कि २६ वर्षीया प्रियंका साह, ४ वर्षीय अंयुस साह ४ र ५ वर्षीय प्रतिका साह रहेका छन् ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा

प्रतिक्रिया