SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/१३ गते
    ५२६ &#२३४६;&#२३३५;&#२३२५;

    जनकपुरधाम । धनुषाका चार प्रतिनिधि सभा क्षेत्रमध्ये दुई क्षेत्रमा एमालेबाट श्रीमान–श्रीमतीले नै प्रत्यक्षतर्फ चुनाव जितेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट जुलीकुमारी महतो र धनुषा ४ बाट रघुवीर महासेठ निर्वाचित भएका हुन् । महासेठ र महतो श्रीमान–श्रीमती हुन् ।

    यसअघि पनि दुवैजना सांसद थिए । २०७४ मा महासेठ प्रत्यक्षबाट र जुली समानुपातिक कोटाबाट सांसद बनेका थिए । उनीहरु दुवैजना पालैपालो केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पनि भएका थिए । यसपटक रघुवीर र जुली दुवैले सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रत्यक्ष निर्वाचित भएका हुन् । उसो त प्रतिनिधिसभामा थप दुई जोडी पनि आउने निश्चित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा तथा जसपा नेता अशोक राई र उनकी श्रीमती सुशीला श्रेष्ठ संसदमा देखिनेछन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रत्यक्षतर्फ निर्वाचित भएका छन् भने उनकी श्रीमती आरजु राणा कांग्रेसको समानुपातिक तर्फको सूचीमा पहिलो नम्बरमा छिन् । प्रत्यक्षतर्फ पुरुषहरु नै ज्यादा निर्वाचित भएका कारण समानुपातिकमा महिलाहरु बढ्ता आउने छन् । यसमा पहिलो नम्बरमा रहेकी आरजु आउने पक्का छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा)का अशोक राई सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । सुशीला श्रेष्ठको नाम समानुपातिकमा छ । जसपाका पनि पुरुषहरु ज्यादा निर्वाचित भएका कारण श्रेष्ठ समानुपातिकतर्फबाट निर्वाचित हुने देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं