
१शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
२चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
३मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
४संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
५जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
६अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
७महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
८पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
९मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
१०खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
११५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
१२शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
६पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
सुर्खेत । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले यसपटक शून्यमा झरेको छ । कर्णालीमा यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभाको नौ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । कालीकोट, हुम्ला र मुगुमा मतगणना जारी छ । मतगणना जारी रहेका स्थानमा पनि एमाले उम्मेदवार फराकिलो अन्तरले पछाडि छन् । कांग्रेसले सुर्खेतका दुईवटै र दैलेख क्षेत्र नम्बर २ मा जित निकालेको छ । मुगुमा पनि फराकिलो मत अन्तरले अग्रता लिएको छ । नेपाली कांग्रेसबाट सुर्खेत-१ मा पार्टी उपसभापति पूर्णबहादुर खड्का, सुर्खेत-२ मा हृदयराम थानी र दैलेख-२ मा दिक्पाल शाही निर्वाचित भएका छन् । मुगुमा जारी मत गणनामा भने कांग्रेसकै उम्मेदवार ऐनबहादुर शाहीले अग्रता लिएका छन् ।
माओवादी केन्द्रले जाजरकोट र रुकुम पश्चिममा जित निकालेको छ भने कालीकोट र हुम्लामा फराकिलो मतान्तरले अग्रता लिएको छ । रुकुम पश्चिममा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा र जाजरकोटमा शक्ति बस्नेत निर्वाचित भए । कालीकोट र हुम्लामा माओवादी केन्द्रका उम्मेदवार क्रमशः महेन्द्रबहादुर शाही र छिरिङ डम्डुल लामा फराकिलो मतान्तरसहित अग्रता बनाइरहेका छन् ।एकीकृत समाजवादीबाट दैलेख-१ मा अमरबहादुर थापा, सल्यानमा प्रकाश ज्वाला र डोल्पामा धनबहादुर बुढाले जितेका छन् । त्यस्तै जुम्लामा राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही निर्वाचित भएका छन् । २०७४ सालमा एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले यसपटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको सहयोगमा चुनाव लडेको छ ।
प्रदेशसभाको कुन क्षेत्रमा कसको जित ?
प्रदेशसभातर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशमा यो समाचार तयार पार्दासम्म २१ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । जसमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले ८/८ वटा निर्वाचन क्षेत्रमा जित निकालेका छन् भने नेकपा एमालेले चार क्षेत्रमा चुनाव जितेको छ । जुम्ला (१) मा भने कांग्रेसका बागीले चुनाव जितेका छन् । अन्तिम नतिजा आउन बाँकी रहेको मुगुका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा माओवादी र एमालेले अग्रता लिएका छन् । हुम्ला (२) मा कर्णालीका मुख्यमन्त्री समेत रहेका कांग्रेस नेता जीवनबहादुर शाहीले अग्रता लिएका छन् । जुम्ला (१) मा कांग्रेसका बागी देवेन्द्रबहादुर शाहीले कांग्रेसकै ललितजंग शाहीलाई पराजित गरे । जुम्ला (२) मा एकीकृत समाजवादीका उम्मेदवार पदमबहादुर रोकायालाई पराजित गर्दै एमालेका टेकराज पछाई निर्वाचित भएका छन् । जाजरकोटमा दुवै क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसले चुनाव जितेको छ । (१) मा कांग्रेसका जिल्ला सभापति वेदराज सिंह र (२) मा कांग्रेसकै राजीवविक्रम शाह निर्वाचित भएका छन् । सल्यानका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भए । प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२) मा कांग्रेसका सुरेश अधिकारी निर्वाचित भए ।
चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा तीन वटामा कांग्रेस र एउटामा एमाले विजयी भएको छ । दैलेख-१ (१) मा कांग्रेसका पूर्णबहादुर खत्री, (२) मा कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण बिसी निर्वाचित भएका छन् । दैलेख २ (२) मा कांग्रेसकै घनश्याम भण्डारी विजयी हुँदा २ (२) मा भने एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाह निर्वाचित भए । चारवटै प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा भने माओवादीले दुई सिट जित्दा कांग्रेस र एमालेले एक/एक सिट जितेका छन् । सुर्खेत-१ (१) मा कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरेल र (२) मा माओवादी केन्द्रका कृष्ण जिसी निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ (१) मा भने एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेल दोस्रो पटक निर्वाचित भए । २ (२) मा पूर्व अर्थमन्त्रीसमेत रहेका माओवादीका युवा नेता विन्दमान बिष्ट विजयी भएका छन् ।
कालीकोटमा (१) मा माओवादीका दुर्गाबहादुर रावत र (२) मा कांग्रेसका हिकमत बिष्ट विजयी भएका छन् । डोल्पा (१)मा एमालेका शेरबहादुर बुढा र (२) मा माओवादी केन्द्रका वीरबहादुर शाही निर्वाचित भएका छन् । हुम्ला (१) मा (माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित भएका छन् । रुकुम पश्चिममा दुवै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । (१) मा माओवादी केन्द्रका महेन्द्र केसी र (२) मा माओवादीकै राजकुमार शर्मा निर्वाचित भएका छन् । यसअघि प्रदेशसभामा एमाले नै पहिलो दल थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा यसअघि एमालेले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा

प्रतिक्रिया