
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको छ । मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले पुनः मतदानको माग गर्दै विरोध गरेपछि मतगणना रोकिएको हो । मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि एमाले इतरका दलका प्रतिनिधिहरुले मतदान अघि बढ्न नदिएका हुन् । मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा मतपत्रको संख्या बढी नभएको निर्वाचन अधिकृत उद्वीर नेपालीले बताए । ८१ हजार मतमध्ये ६ हजार मत गन्न बाँकी छँदा मतगणना अवरुद्ध भएको हो ।
सत्ता गठबन्धनमा आवद्ध दल र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएका छन् । यसबारे आफूले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा लेखेर पठाउने बताउंदा गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले आयोगको निर्णय पनि नमान्ने एकतर्फी हठ प्रदर्शन गरेर वैठक छाडेर हिंडेको निर्वाचन अधिकृत नेपालीले बताए । उनका अनुसार लुम्बिनी वाणिज्य क्याम्पस ‘ड’ बुथमा ३८८ जना महिला र पुरुष २४१ गरी ६२९ मत खसेको मुचुल्कामा उल्लेख भएको तर उक्त तथ्यांकलाई निर्वाचन कार्यालयको कम्युटरमा प्रविष्ट गर्ने समयमा महिलाको संख्या फरक पर्न गएको हो ।
‘मतदान गरेका महिलाको संख्या ३८८ हुनु पर्नेमा टाइपिङ फरक परी ५० मत कम देखिने गरी ३३८ लेखिएको रहेछ’, नेपालीले भने, ‘तर मतमेटिकामा र मुचुल्कामा उल्लेख गरिएको एकमुष्ट संख्या ६२९ नै मिल्न आएकाले अन्यथा सोच्नुपर्ने केही छैन ।’ कम्प्युटरमा प्रविष्ट गर्ने समयमा मानवीय त्रुटीका कारण फरक संख्या उल्लेख हुन गएको कुरा स्वीकार गर्दै निर्वाचन अधिकृत नेपालीले मतपेटिकामा भएको र मुचुल्कामा भएको संख्या नै सही भएको स्पष्ट पारे । मतगणना अवरुद्ध हुनुअघि रुपन्देही २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल एक हजार बढी मतले अग्रता लिएका थिए । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र तेस्रो स्थानमा सत्ता गठबन्धन समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा छन् ।
नेकपा एमालेका क्षेत्रीय इन्चार्ज बाबुराम पन्थीले पुनः मतदानको माग गर्ने अवस्था नै नभएको भन्दै निर्वाचन कानुन अनुसार मतगणना सुरु हुनुपर्ने बताए ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया