SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/७ गते
    ४२७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ कि नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताएकी छन् । बुधबार काठमाडौं–२ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले परिवर्तनको सुरुवात भइसकेकाले कोही पनि नेपाली नागरिक आत्तिनुनपर्ने धारणा राखिन् । अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने भन्दै उनले अबको ५ वर्षमा देशमा परिवर्तनको ढोका खुल्ने धारणा राखिन् ।

    उनले प्रदेशको अहिलेको संरचनालाई सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याइन् । ‘परिवर्तनको शुरुवात भइसक्यो । अब कोही पनि आत्तिनुपर्ने छैन । हामी जस्ता युवा पुस्ताहरु आज विभिन्न अवसरको खोजीमा विभिन्न देशमा जाँदै गर्दा अब यो देशमा हामी आफैंले केही गर्नुपर्छ । कति देशबाट भाग्ने, कति सहज खोजेर अरुको देशमा मात्रै जाने ?’ उनले भनिन् । जिम्मेवारी बहन गर्न आफू सक्षम रहेको भन्दै सांसद गौतमले देशले गर्व गर्न लायक काम गरेर देखाउने बताइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अखिल क्रान्तिकारीको अध्यक्षमा ‘हेभिवेट’उम्मेदवारको रूपमा पर्वतका सापकोटा

    काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा सात जनाले उम्मेदवारी दर्ता गरेका...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने...

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

    पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं