
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
दमौली । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँ-१ बाट उठ्न चाहेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि तनहुँ–१ बाट चुनाव लड्न चाहेपछि भण्डारीलाई क्षेत्र नं. २ को टिकट दिइयो । खासमा भण्डारीको घर भएको क्षेत्र नं १ हो । त्यतिबेला नचाहँदा नचाहँदै क्षेत्र नं. २ मा चुनाव लडेका भण्डारी तत्कालीन वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता केदार सिग्देलसँग ३ हजार २७९ मत अन्तरले पराजित भए ।
पूर्व वनमन्त्रीसमेत रहेका भण्डारीले यस पटक पनि तनहुँ क्षेत्र नं. १ नै रोजेका थिए । फेरि पनि सत्ता गठबन्धनबाट जित्ने आश राखेपछि वरिष्ठ नेता पौडेलले क्षेत्र नं १ छोडेनन् । क्षेत्र नं २ बाट टिकटका लागि सिफारिस भएका प्रदीप पौडेललाई काठमाडौं–५ मा पठाएर रामचन्द्रले भण्डारीलाई टिकट दिलाए । यसपटकको लडाइँमा भने भण्डारीले बाजी मारे ।
उनले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई ५ हजार ४७४ मत अन्तरले हराए । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भण्डारीले ३० हजार ६०४ र गुरुङले २५ हजार १३० मत पाएको तनहुँ क्षेत्र नं. २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । कांग्रेस केन्द्रीय सदस्य पौडेलले पनि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई काठमाडौं क्षेत्र नं. ५ मा हराउन सफल भएका छन् ।
विसं २०२५ जेठ १० गते साविक पुर्कोट गाविस हाल (भानु नगरपालिका–८) मा जन्मिएका भण्डारी दाजु छत्रराज भण्डारीको प्रेरणाबाट नेपाल विद्यार्थी संघमा आबद्ध भएका थिए । २०३६ र २०४६ को आन्दोलनमा सक्रियरूपमा सहभागी भएका भण्डारी २९ दिन प्रहरी नियन्त्रणमा रहेका थिए ।
भण्डारी वि.सं २०५३ मा महाधिवेशन प्रतिनिधि बन्न सफल भए । साथै भण्डारीले बालकृष्ण खाणको नेतृत्वमा गठन भएको तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले । तरुण दलको महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिए पनि उनी पराजित भए ।
पार्टीको १२औं महाधिवेशनदेखि केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीले दुईपटक तरुण विभागको जिम्मेवारी सम्हाले । विसं २०७० को संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भण्डारीले वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । पार्टीको १३ औं र १४औं महाधिवेशनबाट पनि भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
भण्डारीले आगामी पाँच वर्षमा यस क्षेत्रको विकासका लागि सबै प्रकारका पूर्वाधार तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, यस क्षेत्रलाई तराईसँग जोड्ने द्रूतमार्ग निर्माण गर्ने, भिमादबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन, औद्योगिक क्षेत्र स्थापना गर्न मेरो पहल रहनेछ’, उनले भने ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया