
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
दमौली । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँ-१ बाट उठ्न चाहेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि तनहुँ–१ बाट चुनाव लड्न चाहेपछि भण्डारीलाई क्षेत्र नं. २ को टिकट दिइयो । खासमा भण्डारीको घर भएको क्षेत्र नं १ हो । त्यतिबेला नचाहँदा नचाहँदै क्षेत्र नं. २ मा चुनाव लडेका भण्डारी तत्कालीन वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता केदार सिग्देलसँग ३ हजार २७९ मत अन्तरले पराजित भए ।
पूर्व वनमन्त्रीसमेत रहेका भण्डारीले यस पटक पनि तनहुँ क्षेत्र नं. १ नै रोजेका थिए । फेरि पनि सत्ता गठबन्धनबाट जित्ने आश राखेपछि वरिष्ठ नेता पौडेलले क्षेत्र नं १ छोडेनन् । क्षेत्र नं २ बाट टिकटका लागि सिफारिस भएका प्रदीप पौडेललाई काठमाडौं–५ मा पठाएर रामचन्द्रले भण्डारीलाई टिकट दिलाए । यसपटकको लडाइँमा भने भण्डारीले बाजी मारे ।
उनले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई ५ हजार ४७४ मत अन्तरले हराए । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भण्डारीले ३० हजार ६०४ र गुरुङले २५ हजार १३० मत पाएको तनहुँ क्षेत्र नं. २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । कांग्रेस केन्द्रीय सदस्य पौडेलले पनि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई काठमाडौं क्षेत्र नं. ५ मा हराउन सफल भएका छन् ।
विसं २०२५ जेठ १० गते साविक पुर्कोट गाविस हाल (भानु नगरपालिका–८) मा जन्मिएका भण्डारी दाजु छत्रराज भण्डारीको प्रेरणाबाट नेपाल विद्यार्थी संघमा आबद्ध भएका थिए । २०३६ र २०४६ को आन्दोलनमा सक्रियरूपमा सहभागी भएका भण्डारी २९ दिन प्रहरी नियन्त्रणमा रहेका थिए ।
भण्डारी वि.सं २०५३ मा महाधिवेशन प्रतिनिधि बन्न सफल भए । साथै भण्डारीले बालकृष्ण खाणको नेतृत्वमा गठन भएको तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले । तरुण दलको महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिए पनि उनी पराजित भए ।
पार्टीको १२औं महाधिवेशनदेखि केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीले दुईपटक तरुण विभागको जिम्मेवारी सम्हाले । विसं २०७० को संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भण्डारीले वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । पार्टीको १३ औं र १४औं महाधिवेशनबाट पनि भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
भण्डारीले आगामी पाँच वर्षमा यस क्षेत्रको विकासका लागि सबै प्रकारका पूर्वाधार तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, यस क्षेत्रलाई तराईसँग जोड्ने द्रूतमार्ग निर्माण गर्ने, भिमादबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन, औद्योगिक क्षेत्र स्थापना गर्न मेरो पहल रहनेछ’, उनले भने ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया