
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
दाङ । दाङ क्षेत्र नम्बर २ को मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन् । यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ । हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ गर्ने जिम्मा पाएका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी दिए । साथै मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन अधिकृतलाई कानुन बमोजिम कारबाही हुने पनि उनले बताए ।
मत गनिरहेको बेला माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र नेकपा एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका चुनाव चिह्नमा छाप लगाइएका केही मतपत्रमा पनि हस्ताक्षर नभएको पाइएको थियो । त्यसपछि यस्तो हुनु संयोग हो कि नियत हो भन्नेबारे उम्मेदवारका प्रतिनिधिहरुले आवाज उठाएपछि करिब आधा घण्टा मतगणना रोकिएको थियो ।
माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माका प्रतिनिधि विश्वराज आचार्यले ती मतपत्र मतपेटिकामा खसेका कूल मतपत्रको संख्याभन्दा बाहिरको भए स्वतः बदर हुनुपर्ने तर त्यही संख्याभित्रकै भए सदर गर्नुपर्ने आफूहरुको माग रहेको बताए । ‘यसमा कुनै नियत छैन भने जनताले पवित्र चाहनाले दिएको मतलाई सदर गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ आचार्यले भने, ‘यदि यो नियत हो भने कानुन बमोजिम हुनुपर्छ ।’ पद्मोदय उच्चमावि, जबरकोट, बोझपोखरा, गढी समुदायिक बंगलाचुली लगायतका स्थानका मतपत्रमा हस्ताक्षर नभएको पाइएको थियो । ती सबै मतपत्र स्वतः बदर हुने मुख्य निर्वाचन अधिकृत कार्कीले बताए । ‘निर्वाचन अधिकृतका हस्ताक्षर नभएका ८८ मतपत्र भेटिएपछि अनौपचारिक रुपमा मतगणना स्थगित भएको जस्तो भयो, त्यसपछि मैले निर्वाचन आयोगसँग समन्वय गरें,’ उनले भने, ‘त्यो मतदान अधिकृतलाई छानबिन गरेर कारबाही गर्ने कुरा भयो र ती मतपत्र कानुनमा व्यवस्था बमोजिम बदर हुने भयो ।’ आज बिहानसम्मको मत परिणाम अनुसार दाङ २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलभन्दा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छन् ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया