News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    क्यालिब्रेसन उडानका कारण पोखराको नियमित उडान प्रभावित हुने

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने क्यालिब्रेसन उडानका कारण पोखराको पुरानो विमानस्थलबाट भइरहेको आन्तरिक उडान प्रभावित हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षणका लागि सोमबारदेखि क्यालिब्रेसन गर्दैछ । यसका लागि एरोथाई कम्पनीको विशेष जहाज नेपाल आइसकेको छ ।

    निर्वाचनको भोलिपल्ट अर्थात ५ मंसिरदेखि १२ मंसिरसम्म विमानस्थलमा यान्त्रिक परीक्षणका लागि विशेष जहाजले कैयौं पटक उडान तथा अवतरण गर्नेछ । सो क्रममा नियमित उडानहरु भने प्रभावित हुनेछन् ।

    वायुसेवा कम्पनीहरुले यस अवधिमा उडानमा असर पर्ने भन्दै यात्रुलाई सूचित गराएका छन् । यति एयरलाइन्सले एक सूचना प्रकाशित गर्दै क्यालिब्रेसन उडानका कारण आफ्नो नियमित उडान एक सातासम्म प्रभावित हुने बताएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया