
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यक्ष डिना चौथो पटक मकवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्दैछिन् । यसपटक गठबन्धनको बलमा चुनाव जित्नेमा उनी ढुक्क देखिन्छिन् । यसअघि उनी २०४८, २०५१ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-२ बाट पराजित भएकी थिइन् । पार्टीले समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट अनुमोदित हुन निर्वाचनमा उठेको उनी बताउँछिन् । ‘समानुपातिकबाट सहजै सांसद हुने निश्चित थियो’ उनी भन्छिन्, ‘तर म जनताबाटै अनुमोदित भएर काम गर्न चाहन्छु ।’ २०२१ सालमा चितवनमा जन्मिएकी डिनाको परिवार नै राजनीतिक थियो । उनी जन्मिंदा हजुरबुवा उदयनाथ अधिकारी देशद्रोहको मुद्दामा चितवनको जेलमा थिए । प्रजातन्त्र पुनर्स्थापनाको संघर्षमा लाग्दा पटक-पटक गरेर १२ वर्ष जेल बसेका अधिकारी नेपाली कांग्रेसको चितवन जिल्ला सभापति पनि थिए ।
डिनाका बुवा, दाइ, दिदी सबै कांग्रेसको राजनीतिमा संलग्न थिए । उनी पनि जन्मजात कांग्रेस बनिन् । २०३९ मा काठमाडौं, बागबजारको पद्मकन्या क्याम्पसमा भर्ना भएपछि उनी खुलेरै नेविसंघको राजनीतिमा लागिन् । २०४२ को सत्याग्रह आन्दोलनका क्रममा शैलजा आचार्यसँगै ७ महिना जेल परिन् । २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएकी डिना त्यसपछि २०४७ देखि २०५७ सालसम्म नेपाल महिला संघ, मकवानपुर सभापति रहिन् ।
२०५९ सालमा पार्टी विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य भइन् । एकीकृत कांग्रेस पार्टीको चौधौं महाधिवेशनबाट उनी सह-महामन्त्रीमा विजयी भइन् । २०६४ र २०७० सालको संविधानसभामा उनी समानुपातिकतर्फबाट सभासद रहिन् । २०६४ मा उनी जलस्रोत राज्यमन्त्री पनि भइन् । प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो आमनिर्वाचन (२०४८) मा नै डिनाले मकवानपुर-२ मा टिकट पाएर नेकपा (एमाले)का विरोध खतिवडासँग पराजित भइन् । २०५१ र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनै खतिवडासँग हारिन् ।
गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा मकवानपुर-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेकपा (एमाले) अगाडि छ । एमालेले ३८ हजार ५६, कांग्रेसले ३४ हजार ७२, नेकपा (माओवादी केन्द्र)ले १६ हजार ५६२ र नेकपा (एकीकृत समाजवादी)ले ३ हजार २८३ मत पाएका छन् । कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलहरूको मत एमालेको भन्दा निकै बढी हुन्छ । सहमतिअनुसारै गठबन्धनको भोट साझा उम्मेदवारमा गए डिनाले चौथो प्रयासमा मकवानपुरबाट पहिलो जित निकाल्न सक्ने देखिन्छ । त्यसकारण, गठबन्धनको मत जोगाउनु उनका लागि चुनौती र मौका दुवै भएको छ ।
डिनाको लागि अर्को अनुकूलता के छ भने एमालेको असन्तुष्ट समूहलाई रिझाएर आफ्नो मत बढाउने । उनका मुख्य प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापा छन् । उनी एमालेको समर्थनमा सूर्य चुनाव चिहृन लिएर उठेका छन् । यसमा मकवानपुर एमाले खुशी छैन ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया