
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यक्ष डिना चौथो पटक मकवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्दैछिन् । यसपटक गठबन्धनको बलमा चुनाव जित्नेमा उनी ढुक्क देखिन्छिन् । यसअघि उनी २०४८, २०५१ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-२ बाट पराजित भएकी थिइन् । पार्टीले समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट अनुमोदित हुन निर्वाचनमा उठेको उनी बताउँछिन् । ‘समानुपातिकबाट सहजै सांसद हुने निश्चित थियो’ उनी भन्छिन्, ‘तर म जनताबाटै अनुमोदित भएर काम गर्न चाहन्छु ।’ २०२१ सालमा चितवनमा जन्मिएकी डिनाको परिवार नै राजनीतिक थियो । उनी जन्मिंदा हजुरबुवा उदयनाथ अधिकारी देशद्रोहको मुद्दामा चितवनको जेलमा थिए । प्रजातन्त्र पुनर्स्थापनाको संघर्षमा लाग्दा पटक-पटक गरेर १२ वर्ष जेल बसेका अधिकारी नेपाली कांग्रेसको चितवन जिल्ला सभापति पनि थिए ।
डिनाका बुवा, दाइ, दिदी सबै कांग्रेसको राजनीतिमा संलग्न थिए । उनी पनि जन्मजात कांग्रेस बनिन् । २०३९ मा काठमाडौं, बागबजारको पद्मकन्या क्याम्पसमा भर्ना भएपछि उनी खुलेरै नेविसंघको राजनीतिमा लागिन् । २०४२ को सत्याग्रह आन्दोलनका क्रममा शैलजा आचार्यसँगै ७ महिना जेल परिन् । २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएकी डिना त्यसपछि २०४७ देखि २०५७ सालसम्म नेपाल महिला संघ, मकवानपुर सभापति रहिन् ।
२०५९ सालमा पार्टी विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य भइन् । एकीकृत कांग्रेस पार्टीको चौधौं महाधिवेशनबाट उनी सह-महामन्त्रीमा विजयी भइन् । २०६४ र २०७० सालको संविधानसभामा उनी समानुपातिकतर्फबाट सभासद रहिन् । २०६४ मा उनी जलस्रोत राज्यमन्त्री पनि भइन् । प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो आमनिर्वाचन (२०४८) मा नै डिनाले मकवानपुर-२ मा टिकट पाएर नेकपा (एमाले)का विरोध खतिवडासँग पराजित भइन् । २०५१ र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनै खतिवडासँग हारिन् ।
गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा मकवानपुर-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेकपा (एमाले) अगाडि छ । एमालेले ३८ हजार ५६, कांग्रेसले ३४ हजार ७२, नेकपा (माओवादी केन्द्र)ले १६ हजार ५६२ र नेकपा (एकीकृत समाजवादी)ले ३ हजार २८३ मत पाएका छन् । कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलहरूको मत एमालेको भन्दा निकै बढी हुन्छ । सहमतिअनुसारै गठबन्धनको भोट साझा उम्मेदवारमा गए डिनाले चौथो प्रयासमा मकवानपुरबाट पहिलो जित निकाल्न सक्ने देखिन्छ । त्यसकारण, गठबन्धनको मत जोगाउनु उनका लागि चुनौती र मौका दुवै भएको छ ।
डिनाको लागि अर्को अनुकूलता के छ भने एमालेको असन्तुष्ट समूहलाई रिझाएर आफ्नो मत बढाउने । उनका मुख्य प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापा छन् । उनी एमालेको समर्थनमा सूर्य चुनाव चिहृन लिएर उठेका छन् । यसमा मकवानपुर एमाले खुशी छैन ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया