
१कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
२पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
३समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
४जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
६म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
७प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
८कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
९कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै
१०मगर संघको आयोजनामा गिज्यानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
११गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस
१२तीन अमेरिकी र एक एसियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
९पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१२जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
काठमाडौं । फौजदारी अभियोग लागेपछि सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट एक वर्ष नपुग्दै बाहिरिनुपर्यो । नेपाल क्रिकेट संघ (क्यान)ले मध्यक्रमका ब्याटर रोहितकुमार पौडेललाई टिम नेतृत्वको नयाँ जिम्मेवारी सुम्पिएको छ । नेपाली क्रिकेट इतिहासमा सबैभन्दा कान्छो कप्तान बनेका रोहितले सोमबारदेखि युएईसँग हुने एकदिवसीय अन्तर्राष्ट्रियदेखि आफ्नो जिम्मेवारी सुरु गर्नेछन् । त्यसो त गत भदौमा केन्यासँगको एकदिवसीय शृंखलाका क्रममा कार्यवाहक कप्तानका रुपमा उनले नेपाललाई शृंखला दिलाइसकेका छन् । कप्तानका दावेदारहरु दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ललाई छाड्दै क्यानले रोहितलाई जिम्मेवारी दिएको छ । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले रोहितलाई खेलाडीका रुपमा उनको क्षमतामाथि सधैं विश्वास रहेको र अब नेतृत्वकर्ताका रुपमा पनि सफल हुन शुभकामना दिएका छन् ।
एक वर्षअघि तत्कालीन कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्र सिंह ऐरी चार खेलाडी अनुशासनको कारबाहीमा परेपछि नेपाली क्रिकेट टिममा ठूलो भूकम्प गयो । कप्तान र उपकप्तान पद खोसेर क्यानले सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेको थियो । त्यसयता नेपाली टिम प्रष्ट दुई समूहमा विभाजित थियो । यसपल्ट कप्तान नियुक्त गर्दा क्यानका पदाधिकारीबीच मत विभाजनको अवस्था थियो । अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त मल्ल र कोषाध्यक्ष रोशनबहादुर सिंहले फरक फरक खेलाडीलाई कप्तान बनाउन चाहन्थे । तर, सचिव प्रशान्तको रोजाईमा परेका रोहितलाई नै उपकप्तानबाट बढुवा गर्ने निर्णय भयो ।
ब्याटिङ अलराउण्डरबाट करिअरको सुरुवात गरेका रोहित नयाँ जिम्मेबारीका लागि उत्साहित छन् । उनी अहिले ब्याटिङमा मात्र केन्द्रित छन् । उनले यसलाई आफ्नो सपना पूरा भएको क्षणका रुपमा परिभाषित गरे । शनिबार त्रिवि मैदानमा पत्रकारहरुसँगको कुराकानीमा रोहितले भनेका छन्, ‘राष्ट्रिय टिममा स्थान पाउनु नै ठूलो कुरा हो । झन्, कप्तानकै जिम्मेवारी पाउनु मेरो लागि सपना पूरा भएजस्तै हो ।’ उनले यस अघि सन् २०१९ मा उमेर समूहको राष्ट्रिय टिमको कप्तानी गरिसकेको अनुभव छ । गत जेठमा आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक शृंखलादेखि उनले राष्ट्रिय टिमको उपकप्तानको जिम्मेबारी संहालिरहेका छन् ।
रोहितले हालसम्म घरेलु प्रतियोगितामा भने कुनै टिमको कप्तानी गरेका छैनन् । रोहित लामो समयदेखि विभागीय टोली त्रिभुवन आर्मीबाट घरेलु क्रिकेट खेल्छन् । उनको टिम शनिबार सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा उपविजेता बनेको छ । रोहित २०१६ मा श्रीलंकामा भएको यू–१९ एसिया कपदेखि नेपाली टोलीमा यात्रा सुरुवात गरेका थिए । नवलपरासीका उनी क्यानको ट्यालेण्ट हण्टमार्फत पहिचान भएका खेलाडी हुन् । उनले भारतविरुद्धको डेब्यू खेलमै ६८ रनको अविजित अर्धशतकीय पारी खेलेका थिए । त्यसयता उनी उमेरसमूहमा नेपालको टिमका नियमित सदस्य बने । २०१७ को एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सबाट सानदार प्रदर्शन गर्दा २०१८ नामिबियामा भएको आइसिसी डिभिजन–२ मा नेपालको सिनियर टिममा अवसर पाए । रोहितले सो प्रतियोगितामा नामिवियाविरुद्ध डेब्यू गरेका हुन् । उनले १७ रन बनाएको डेब्यू खेल नेपालले जितेको थियो ।
पाँच वर्षको सिनियर करिअरमा रोहितले २५ एकदिवशीय अन्तर्राष्ट्रियमा १ शतक र ५ अर्धशतकसहित ३८.७ को औषतमा ८०८ रन बनाएका छन् र २१ टी-२० अन्तर्राष्ट्रियमा १ अर्धशतकसहित २०.८८ को औषतमा ३७६ रन बनाएका छन् । सन् २०१९ मा युएईसँगको १६ वर्ष १४२ दिनको उमेरमै अर्धशतक बनाएर एकदिवशीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने कान्छा खेलाडीको कीर्तिमान राखेका थिए । २०२० को फेब्रुअरीमा अमेरिकाविरुद्ध त्रिवि मैदानमा कुशल मल्लले रोहितको कीर्तिमान तोडेका हुन् । मल्लले १५ वर्ष ३४० दिनको उमेरमै एकदिवशीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाए ।
युएईविरुद्धको शृंखला पहिलो कोशेढुंगा
केन्यासँगको पछिल्लो एकदिवशीय शृंखलामा पाएको नेतृत्व अवसरले रोहितलाई आत्मविश्वासी बनाएको छ । टिमका सिनियर खेलाडीको साथले आफू जिम्मेबारी वहन गर्न तयार रहेको रोहित बताउँछन् । केन्या भ्रमणमा टिमका सबैको साथले मलाई आत्मविश्वास बढेको छ । अहिले पनि सबैले साथ दिनुभएको छ,’ रोहितले भनेका छन् । नेपालले युएईसँग कात्तिक २८, ३० र २ गते एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । हालै विश्वकप खेलेर आएको युएई टिमसँग घरेलु मैदानमा शशक्त प्रदर्शन गर्नु र नेपालका लागि नेतृत्व लिनु रोहितको कप्तानी करिअरको पहिलो कोशेढुंगा हुनेछ । मेरो लागि अवसर र जिम्मेवारी दुवै छ । त्यसैले आफ्नो राम्रो दिने कोशिस हुनेछ । अहिले टिमले पनि राम्रो प्रदर्शन गरिरहेको छ । सबै राम्रो हुनेछ भन्ने आश छ,’ उनले भने । ब्याटिङमा राम्रो प्रदर्शन गरिरहेका रोहितले जिम्मेवारी थपिएसँगै अझ आफ्नो प्रदर्शन निखारिने बताए । भन्छन्, ‘कप्तानीले आफ्नो प्रदर्शनमा असर पर्छजस्तो लाग्दैन । जिम्मेवारी थपिएको छ । टिमलाई पनि सँगै लिएर जानुपर्ने हुन्छ ।
एकदिवसीय मान्यता जोगाउने चुनौती
अर्कोवर्ष भारतमा हुने एकदिवशीय विश्वकपको छनोट आधार मानिएको आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपाल सहज अवस्थामा छैन । विश्वकपमा छनोट हुन नसके पनि कम्तिमा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु अहिले नेपाल टिमको लक्ष्य हो । त्यसका लागि कप्तानका लागि रोहितलाई अर्को चुनौति हुनेछ । नेपालले पहिलोपल्ट सन् २०१८ को फेब्रुअरीमा कम्तिमा चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । लिग टूमा नेपालले १६ खेल खेल्न बाँकी छ । एकदिवशीय मान्यता जोगाउन तीमध्ये अधिकांश खेल जित्नुपर्ने अवस्था छ ।
संकटको क्षणमा कप्तान बनेर आएका रोहितका लागि आउँदो खेलहरुमा राम्रो प्रदर्शनका साथै नेपालका लागि अनुकुल नतिजा निकाल्नुपर्ने हुन्छ । ‘हाम्रो लागि अबका सबै खेलहरु महत्वपूर्ण हुनेछन् । अहिलेको लागि पहिला युएईसँगको घरेलु सिरिज जित्नुपर्छ । त्यसपछि नामिबिया भ्रमणमा केन्द्रित हुनुपर्छ,’ रोहित भन्छन् । सन्दीप नहुँदा टिममा एक महत्वपूर्ण स्ट्राइक बलको कमी नवनियुक्त कप्तान रोहितले स्वीकार गरे । ‘उनी नहुँदा हुने गाह्रो त हुन्छ, तर अन्य खेलाडीले आफ्नो आत्मविश्वास कम गर्नु भएन । सबै बलर, ब्याटरले आफ्नो बेष्ट दिएर खेल जिताउनु पर्यो,’ उनले भने ।
रोहित नेपालका ११ औं कप्तान
नेपालले सन् १९९६ मा पहिलोपल्ट आधिकारिक राष्ट्रिय टिम निर्माण गरेयता रोहित सिनियर टिमका ११औं कप्तान हुन् । सोमबार युएईसँगको खेलमा कप्तानी गर्दा उनको आधिकारिक उमेर २० वर्ष ७३ दिनको हुनेछ । उनले नेपालको कान्छा कप्तानका रुपमा कीर्तिमान बनाइसकेका छन् ।
नेपालका १० पूर्वकप्तान
उत्तम कर्माचार्य (सन् १९९६)
लेखबहादुर (एलबी) क्षेत्री (सन् १९९८)
पवनकुमार अग्रवाल (सन् २०००)
स्वर्गीय गणेश शाही (सन् २००१)
राजु खड्का (सन् २००२–२००४)
परेश लोहनी (सन् २००४)
विनोद दास (सन् २००५–२००९)
पारस खड्का (सन् २००९–२०१९)
ज्ञानेन्द्र मल्ल (सन् २०१९–२०२१)
सन्दीप लामिछाने (सन् २०२२)


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न

प्रतिक्रिया