
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका ८९ वर्षीय मनवीर रोका बागलुङ नगरपालिका–१ रामरेखा बस्छन् । शनिबार बेलुकी बागलुङ नगरपालिका–१ रामरेखामा मतदाता शिक्षा लिँदै गर्दा भेटिएका रोका जीवनमै पहिलो पटक सरकारी निकायले मतदान गर्न सिकाएको भन्दै उनी खुसी भए । मतदाता शिक्षाको लागि खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले मतपत्रमा छाप लगाउने, मतपत्र पट्याउने तरिका सिकाएका थिए ।
‘एमाले, कांग्रेस र मसालका मान्छेले आएर यहाँ छाप लाउनु है भनेर धेरै पटक भने,’ रोकाले भने ‘तपाईंलाई इच्छा लागेको चिन्हमा छाप लगाउनु, अन्य चिन्हमा छाप नछोइ पट्याएर बाकसमा खसाल्नु भनेर पहिलो पटक सिकाए ।’ यतिबेला बागलुङका २ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका ८५ वटा वडामा ८५ जना महिला स्वास्थ्य स्वयंसेविका मतदाता शिक्षाको लागि खटिएका छन् । कात्तिक १८ गतेबाट घर दैलो गरेका उनिहरुले मंसिर २ गतेसम्म मतदातालाई भेटेर बदर नगरि मतदान गर्न सिकाउने छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङको सहयोगमा जिल्लाका १० वटै स्थानीय तहले आ–आफ्ना वडामा प्रति वडा १ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा प्रदान गर्नको लागि खटाएका हुन् ।
स्थानीय तह निर्वाचनमा बागलुङमा १० दशमलव ६३ प्रतिशत मत बदर भएको थियो । १ लाख ९३ हजार २ सय २६ मतदाता मध्ये १ लाख २१ हजार ८ सय ६९ प्रतिशत मत खसेको थियो । जसमा १३ हजार ७ सय ४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए । स्थानीय तह निर्वाचनको तुलनामा सदर मत बढाउनको लागि निर्वाचन आयोगबाट गरिएको निर्देशन अनुसार जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको सहयोग लिएर महिला स्वास्थ्य स्वयंसेविकालाई घर दैलोमा खटाएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालले बताए ।
मतदाता शिक्षा दिन घर घर महिला स्वास्थ्य स्वयंसेविका भने मतदाताका प्रश्नबाट घेरिएका छन् । कुन राजनीतिक दलबाट आएको ?, हामीलाई फुर्सद छैन, मेलापातको समयमा नअल्मल्याउनुस, जसलाई मत दिए पनि काम गर्ने होइनन् भन्ने प्रश्नले हैरान भएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ । ‘हामीले लगाएको पोशाक देखेपछि कतिपयले राम्रोसँग सुन्नुहुन्छ,’ स्वास्थ्य स्वयंसेविकाकै पोशाकमा रहेकी दुर्गादेवी शर्माले भनिन्, ‘सिक्ने सिकाउने भन्दा पनि राजनीतिक दल र उम्मेदवारप्रति मतदाताको गुनासो सुन्दा हैरानी भएको छ ।’ निर्वाचन कार्यालयबाट आएको भनेपछि भने मतदाता उत्साहित हुने गरेको उनको भनाइ छ । घर घर पुगेर मतदाताको नाम टिप्ने, मतपत्रमा छाप लगाउन, पटाउन, बाकसमा खसाल्न सिकाउने गरेको शर्माको भनाइ छ ।
यसअघि छोराछोरी, बुहारी नातिनातीना र अन्य व्यत्तिबाट मत राख्नुपर्ने बाध्यता भएकाहरुले पनि यसपटक आफै मताधिकार प्रयोग गर्न सक्ने गरि मतदाता शिक्षा प्रदान गरिएको महिला स्वास्थ्य स्वयंसेविकाहरुले बताए । ‘आफैं मत राख्न सक्दैनौँ, जान्दैनौँ भन्नेहरुलाई प्राथमिकतामा राखेर सिकाए छौं,’ शर्माले भनिने, ‘ए सजिलै रहेछ अब आफै छाप लगाउँछौ, आफै बाकसमा खसाल्छौं भन्ने बनाएका छौं ।’ १५ दिनको लागि मतदाता शिक्षाको दिन खटिएका महिला स्वास्थ्य स्वयंसेविकलाई सम्बन्धीत स्थानीय तहले १५ हजार रुपैयाँ भत्ता दिने गरेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । ‘बिहान र बेलुकाको समयमा १५ दिनको लागि उहाँहरुलाई घर दैलोमा खटाइएको छ,’ खनालले भने, ‘पक्कै पनि यसपटक बदर मतको संख्या न्यून हुनेछ ।’


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया