
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका ८९ वर्षीय मनवीर रोका बागलुङ नगरपालिका–१ रामरेखा बस्छन् । शनिबार बेलुकी बागलुङ नगरपालिका–१ रामरेखामा मतदाता शिक्षा लिँदै गर्दा भेटिएका रोका जीवनमै पहिलो पटक सरकारी निकायले मतदान गर्न सिकाएको भन्दै उनी खुसी भए । मतदाता शिक्षाको लागि खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले मतपत्रमा छाप लगाउने, मतपत्र पट्याउने तरिका सिकाएका थिए ।
‘एमाले, कांग्रेस र मसालका मान्छेले आएर यहाँ छाप लाउनु है भनेर धेरै पटक भने,’ रोकाले भने ‘तपाईंलाई इच्छा लागेको चिन्हमा छाप लगाउनु, अन्य चिन्हमा छाप नछोइ पट्याएर बाकसमा खसाल्नु भनेर पहिलो पटक सिकाए ।’ यतिबेला बागलुङका २ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका ८५ वटा वडामा ८५ जना महिला स्वास्थ्य स्वयंसेविका मतदाता शिक्षाको लागि खटिएका छन् । कात्तिक १८ गतेबाट घर दैलो गरेका उनिहरुले मंसिर २ गतेसम्म मतदातालाई भेटेर बदर नगरि मतदान गर्न सिकाउने छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङको सहयोगमा जिल्लाका १० वटै स्थानीय तहले आ–आफ्ना वडामा प्रति वडा १ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा प्रदान गर्नको लागि खटाएका हुन् ।
स्थानीय तह निर्वाचनमा बागलुङमा १० दशमलव ६३ प्रतिशत मत बदर भएको थियो । १ लाख ९३ हजार २ सय २६ मतदाता मध्ये १ लाख २१ हजार ८ सय ६९ प्रतिशत मत खसेको थियो । जसमा १३ हजार ७ सय ४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए । स्थानीय तह निर्वाचनको तुलनामा सदर मत बढाउनको लागि निर्वाचन आयोगबाट गरिएको निर्देशन अनुसार जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको सहयोग लिएर महिला स्वास्थ्य स्वयंसेविकालाई घर दैलोमा खटाएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालले बताए ।
मतदाता शिक्षा दिन घर घर महिला स्वास्थ्य स्वयंसेविका भने मतदाताका प्रश्नबाट घेरिएका छन् । कुन राजनीतिक दलबाट आएको ?, हामीलाई फुर्सद छैन, मेलापातको समयमा नअल्मल्याउनुस, जसलाई मत दिए पनि काम गर्ने होइनन् भन्ने प्रश्नले हैरान भएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ । ‘हामीले लगाएको पोशाक देखेपछि कतिपयले राम्रोसँग सुन्नुहुन्छ,’ स्वास्थ्य स्वयंसेविकाकै पोशाकमा रहेकी दुर्गादेवी शर्माले भनिन्, ‘सिक्ने सिकाउने भन्दा पनि राजनीतिक दल र उम्मेदवारप्रति मतदाताको गुनासो सुन्दा हैरानी भएको छ ।’ निर्वाचन कार्यालयबाट आएको भनेपछि भने मतदाता उत्साहित हुने गरेको उनको भनाइ छ । घर घर पुगेर मतदाताको नाम टिप्ने, मतपत्रमा छाप लगाउन, पटाउन, बाकसमा खसाल्न सिकाउने गरेको शर्माको भनाइ छ ।
यसअघि छोराछोरी, बुहारी नातिनातीना र अन्य व्यत्तिबाट मत राख्नुपर्ने बाध्यता भएकाहरुले पनि यसपटक आफै मताधिकार प्रयोग गर्न सक्ने गरि मतदाता शिक्षा प्रदान गरिएको महिला स्वास्थ्य स्वयंसेविकाहरुले बताए । ‘आफैं मत राख्न सक्दैनौँ, जान्दैनौँ भन्नेहरुलाई प्राथमिकतामा राखेर सिकाए छौं,’ शर्माले भनिने, ‘ए सजिलै रहेछ अब आफै छाप लगाउँछौ, आफै बाकसमा खसाल्छौं भन्ने बनाएका छौं ।’ १५ दिनको लागि मतदाता शिक्षाको दिन खटिएका महिला स्वास्थ्य स्वयंसेविकलाई सम्बन्धीत स्थानीय तहले १५ हजार रुपैयाँ भत्ता दिने गरेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । ‘बिहान र बेलुकाको समयमा १५ दिनको लागि उहाँहरुलाई घर दैलोमा खटाइएको छ,’ खनालले भने, ‘पक्कै पनि यसपटक बदर मतको संख्या न्यून हुनेछ ।’


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया