
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
२०१९वैशाखमा रुकुमको सेरीगाउँमा जन्मिएका जनार्दन शर्मा राजनीतिमा पूर्णकालीन हुनुअघि सरकारी जेटीए थिए । २०५२ सालमा नेकपा (माओवादी)ले सत्ता विरुद्ध सशस्त्र संघर्ष थालेपछि उनी पनि त्यसमा सामेल भए । शर्मा २०५२ पछि १० वर्ष माओवादीको डेपुटी कमाण्डर भएर लडे, पार्टी शान्ति प्रक्रियामा आएपछि ऊर्जामन्त्री बनेका उनले १८ घण्टे लोडसेडिङ हटाउने भूमिका खेले । अर्थमन्त्री भएपछि भने उनी गभर्नर हटाउनेदेखि बाहिरियालाई बोलाएर बजेटको बुँदा हेरफेर गर्नेसम्मका विवादमा परे ।
तिनै शर्मा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा फेरि रुकुमपश्चिमबाट लड्दैछन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका उनी चुनाव जित्नेमा ढुक्क पनि छन् । यो क्षेत्रबाट २०६४, २०७० र २०७४ मा लगातार चुनाव जितेका शर्माको फेरि विजयी हुने दाबीमा ठोस आधार पनि देखिन्छ । रुकुमपश्चिममा बलियो पकड बनाएको माओवादी केन्द्रलाई यसपटक सत्ता गठबन्धनको साथ पनि छ । नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री गोपाल जीजंग शाह नै निर्वाचन परिचालन समितिको संयोजक छन् । शर्मा विरुद्ध नेकपा (एमाले)का उम्मेदवार नन्दराम देवकोटा चुनावी मैदानमा छन् । युद्ध लडेर आएपछि २०६४ को संविधानसभा निर्वाचनमा रुकुमको क्षेत्र नं. २ बाट जितेपछि शर्मा पहिलो पटक मन्त्री बन्ने क्रममा शान्ति मन्त्रालय हाँके । त्यसपछि ऊर्जामन्त्री र छोटो समय गृहमन्त्री पनि बने । हाल अर्थमन्त्री छन् । ऊर्जामन्त्री बन्दा उनी नेपालबाट लोडसेडिङ अन्त्य गराउन सफल भए । आर्थिक वर्ष २०७९/८० को बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि उनी केही समय मन्त्रीबाट हटे । संसदीय छानबिन समितिले अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण फेला नपारेपछि उनी पुनः अर्थ मन्त्रालय फर्किए ।
शर्माको पृष्ठभूमि
पञ्चायतविरोधी जनआन्दोलन उत्कर्षमा पुगेका बेला २०४६ चैत २४ गते केही युवक दरबारमार्गमा रहेको राजा महेन्द्रको सालिकमाथि चढे । तीमध्ये एक थिए– जनार्दन शर्मा । त्यसबेला प्रहरीको गोलीबाट जोगिनेमध्ये पनि उनी परे । त्यस घटनापछि रुकुम फर्केका उनले जेटीएको जागिर सुरु गरेका थिए । तर, पहिल्यैबाट कम्युनिस्ट राजनीतिमा तानिएका उनी २०५२ मा माओवादीको सशस्त्र संघर्षमा लागेर भूमिगत भए । त्यसक्रममा उनले धेरै वटा साना–ठूला युद्धको नेतृत्व गरे । केहीमा सफल र केहीमा असफल भए ।
माओवादीको गण्डक क्षेत्रको सैन्य नेतृत्व गरेका शर्मा पार्टीको सेती–महाकाली इन्चार्जको जिम्मेवारीमा पनि रहे । उनले ‘सैन्य दर्शन’ नामक पुस्तक समेत लेखेका छन् । उनका पिता स्कन्द शर्मा रुकुममा कम्युनिस्ट फैलाउने नेतामध्ये एक थिए । स्कन्द शर्माका ६ सन्तानमध्ये सबै माओवादीको युद्धमा सामेल भए । तीमध्येका जेठा जनार्दन शर्माले सहज र नरमसँगै खरो नेताको परिचय बनाएका छन् ।
उनले गृहजिल्लामा गरेका काममध्ये ‘उज्यालो रुकुम’ अभियान उल्लेख्य छ । यो अभियान अन्तर्गत सौर्य ऊर्जा र साना जलविद्युत् आयोजनामार्फत घर–घरमा बिजुली पुगेको छ ।
चुनावी अंकगणित
गत वैशाखको स्थानीय चुनावमा शर्माको घर भएको मुसिकोट नगरपालिकामा माओवादीको हार भयो । र पनि, रुकुमपश्चिममा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा माओवादी केन्द्र अगाडि छ । माओवादीले ३७ हजार १०२, नेपाली कांग्रेसले २६ हजार ६२० र नेकपा (एमाले)ले ६ हजार १२४ मत पाएको छ । यस हिसाबले सत्ता गठबन्धनका साझा उम्मेदवार शर्मा मजबुत देखिन्छन् । २०७४ को संसदीय निर्वाचनमा पनि उनी ३४ हजार ४०२ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालजीजंग शाहले १५ हजार ६५९ मत पाएका थिए । यसपटक पनि शर्मा विजयी हुनेमा शंका नभएको माओवादी केन्द्रका रुकुमपश्चिम संयोजक गोविन्द रोका बताउँछन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया