
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२०१९वैशाखमा रुकुमको सेरीगाउँमा जन्मिएका जनार्दन शर्मा राजनीतिमा पूर्णकालीन हुनुअघि सरकारी जेटीए थिए । २०५२ सालमा नेकपा (माओवादी)ले सत्ता विरुद्ध सशस्त्र संघर्ष थालेपछि उनी पनि त्यसमा सामेल भए । शर्मा २०५२ पछि १० वर्ष माओवादीको डेपुटी कमाण्डर भएर लडे, पार्टी शान्ति प्रक्रियामा आएपछि ऊर्जामन्त्री बनेका उनले १८ घण्टे लोडसेडिङ हटाउने भूमिका खेले । अर्थमन्त्री भएपछि भने उनी गभर्नर हटाउनेदेखि बाहिरियालाई बोलाएर बजेटको बुँदा हेरफेर गर्नेसम्मका विवादमा परे ।
तिनै शर्मा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा फेरि रुकुमपश्चिमबाट लड्दैछन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका उनी चुनाव जित्नेमा ढुक्क पनि छन् । यो क्षेत्रबाट २०६४, २०७० र २०७४ मा लगातार चुनाव जितेका शर्माको फेरि विजयी हुने दाबीमा ठोस आधार पनि देखिन्छ । रुकुमपश्चिममा बलियो पकड बनाएको माओवादी केन्द्रलाई यसपटक सत्ता गठबन्धनको साथ पनि छ । नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री गोपाल जीजंग शाह नै निर्वाचन परिचालन समितिको संयोजक छन् । शर्मा विरुद्ध नेकपा (एमाले)का उम्मेदवार नन्दराम देवकोटा चुनावी मैदानमा छन् । युद्ध लडेर आएपछि २०६४ को संविधानसभा निर्वाचनमा रुकुमको क्षेत्र नं. २ बाट जितेपछि शर्मा पहिलो पटक मन्त्री बन्ने क्रममा शान्ति मन्त्रालय हाँके । त्यसपछि ऊर्जामन्त्री र छोटो समय गृहमन्त्री पनि बने । हाल अर्थमन्त्री छन् । ऊर्जामन्त्री बन्दा उनी नेपालबाट लोडसेडिङ अन्त्य गराउन सफल भए । आर्थिक वर्ष २०७९/८० को बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि उनी केही समय मन्त्रीबाट हटे । संसदीय छानबिन समितिले अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण फेला नपारेपछि उनी पुनः अर्थ मन्त्रालय फर्किए ।
शर्माको पृष्ठभूमि
पञ्चायतविरोधी जनआन्दोलन उत्कर्षमा पुगेका बेला २०४६ चैत २४ गते केही युवक दरबारमार्गमा रहेको राजा महेन्द्रको सालिकमाथि चढे । तीमध्ये एक थिए– जनार्दन शर्मा । त्यसबेला प्रहरीको गोलीबाट जोगिनेमध्ये पनि उनी परे । त्यस घटनापछि रुकुम फर्केका उनले जेटीएको जागिर सुरु गरेका थिए । तर, पहिल्यैबाट कम्युनिस्ट राजनीतिमा तानिएका उनी २०५२ मा माओवादीको सशस्त्र संघर्षमा लागेर भूमिगत भए । त्यसक्रममा उनले धेरै वटा साना–ठूला युद्धको नेतृत्व गरे । केहीमा सफल र केहीमा असफल भए ।
माओवादीको गण्डक क्षेत्रको सैन्य नेतृत्व गरेका शर्मा पार्टीको सेती–महाकाली इन्चार्जको जिम्मेवारीमा पनि रहे । उनले ‘सैन्य दर्शन’ नामक पुस्तक समेत लेखेका छन् । उनका पिता स्कन्द शर्मा रुकुममा कम्युनिस्ट फैलाउने नेतामध्ये एक थिए । स्कन्द शर्माका ६ सन्तानमध्ये सबै माओवादीको युद्धमा सामेल भए । तीमध्येका जेठा जनार्दन शर्माले सहज र नरमसँगै खरो नेताको परिचय बनाएका छन् ।
उनले गृहजिल्लामा गरेका काममध्ये ‘उज्यालो रुकुम’ अभियान उल्लेख्य छ । यो अभियान अन्तर्गत सौर्य ऊर्जा र साना जलविद्युत् आयोजनामार्फत घर–घरमा बिजुली पुगेको छ ।
चुनावी अंकगणित
गत वैशाखको स्थानीय चुनावमा शर्माको घर भएको मुसिकोट नगरपालिकामा माओवादीको हार भयो । र पनि, रुकुमपश्चिममा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा माओवादी केन्द्र अगाडि छ । माओवादीले ३७ हजार १०२, नेपाली कांग्रेसले २६ हजार ६२० र नेकपा (एमाले)ले ६ हजार १२४ मत पाएको छ । यस हिसाबले सत्ता गठबन्धनका साझा उम्मेदवार शर्मा मजबुत देखिन्छन् । २०७४ को संसदीय निर्वाचनमा पनि उनी ३४ हजार ४०२ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालजीजंग शाहले १५ हजार ६५९ मत पाएका थिए । यसपटक पनि शर्मा विजयी हुनेमा शंका नभएको माओवादी केन्द्रका रुकुमपश्चिम संयोजक गोविन्द रोका बताउँछन् ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया