
१चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
२मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
३संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
४जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
५अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
६महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
७पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
८मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
९खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
१०५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
११शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
१२पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
६पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
काठमाडौं । सोमबार साँझ साढे ६ बजे गोठाटारमा लाल मोहम्मद मारिनेवित्तिकै अनुसन्धान अधिकृतहरुले नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामराकाे फुटेज हेरेर अनुसन्धान सुरु गरे । आसपासका व्यक्तिहरुमाथि सोधपुछ पनि एकसाथ भइरहेको थियो । त्यहीबीच हत्यामा संलग्न व्यक्ति घटनास्थलबाट तीनसय मिटर पर रहेको कोशीपारि गेष्ट हाउसमा बसेको सूचना प्रहरीले पायो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार होटलमा गएर कर्मचारीसँग सोधपुछ गर्दा शंकास्पद व्यक्ति ‘जितेन खान’को नाममा बसेको देखियो । जिल्ला प्रहरी परिसर, टेकुको टोलीले होटलको सीसीटीभी फुटेज मगाएर हेर्यो, त्यहाँ ‘जितेन’ सँगै अरु दुुईजना पनि देखिए । ‘जो व्यक्तिको नाममा होटलमा कोठा लिइएको थियो, उनी पहिल्यै देखेका व्यक्ति जस्तै थिए’, ती अधिकृत भन्छन्, ‘एउटा पुरानो केशमा पनि खोजी भइरहेको जस्तो लागेपछि भेरिफाइ गरेका थियौं ।’ प्रहरीका अनुसार झण्डै एक वर्षअघि न्यूरोड क्षेत्रबाट हुण्डीको ७० लाख रुपैयाँ लुटपाट भएको थियो । त्यही घटनाको सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाले उनको खोजी गरिरहेको थियो ।
यो पनि पढ्नुहोस
लाल मोहम्मद हत्याले सम्झाएको १४ वर्ष पुरानो गोलीकाण्ड
स्रोतका अनुसार घटनाका पीडित पनि प्रहरी परिवारकै सदस्य थिए । त्यसैले पनि प्रहरीले लामो समयसम्म अनुसन्धान गरेको थियो । तर ती व्यक्ति भेटिएका थिएनन् । अनुसन्धानको सिलसिलामा ती व्यक्तिको दाइसम्म प्रहरी पहिल्यै पुगेको थियो । ‘उनै भएको शंका लागेपछि फेरि दाइलाई भेटेर सीसीटीभी फुटेज देखाउँदा उनले ती व्यक्ति आफ्ना भाइ नितिन मदन भएको बताइदिए’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराई नेतृत्वको अनुसन्धान समितिका एक सदस्य भन्छन्, ‘सीसीटीभी फुटेजमा भएको दृश्यका व्यक्ति नितिन भएको पुष्टि भएपछि प्रहरीले उनको कल डिटेल रेकर्ड (सीडीआर) निकालेको थियो ।’ सीडीआरमा नितिनको लाल मोहम्मदसँग पनि सम्पर्क भएको देखिएको स्रोतको भनाइ छ । प्रहरी स्रोतका अनुसार उनको रसुवा कारागारमा रहेका खुंखार अपहरणकारी उदय सेट्ठीसँग पनि सम्पर्क देखिएको छ । सेट्ठी मुम्बईको अन्डरवर्ल्ड डन छोटा राजन समूहका एक सदस्य हुन् । स्रोतका अनुसार सेट्ठी र मदनबीच नियमित सम्पर्क हुने गरेको देखिएको छ । मदनले एकजना साथीसहित रसुवा गएर जुत्ता, कपडा लगायतका सामग्री सेट्ठीलाई दिएको पनि पाइएको छ । यसले उनीहरुबीच सम्बन्धको घनिष्ठतालाई देखाउने अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् ।
यो पनि पढ्नुहोस
लाल मोहम्मद हत्यामा अन्डरवर्ल्ड डन छोटा राजन समूह जोडियो
टेलिफोनमा पनि नियमित कुराकानी भएको देखिएको छ । प्राविधिक पक्षको विश्लेषणबाट प्रहरीले घटना अगाडि दुई सुटर र मदनबीच होटलमा भेट भएको देखिएको बताएको छ । मदनले नै हतियार व्यवस्थापनदेखि रेकी गर्ने लगायतका काम गरेका थिए भन्ने कुरा यकिन भइसक्यो,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृत भन्छन्, ‘प्राविधिक पाटोको अनुसन्धानबाट उनले प्रयोग गरेका केही व्यक्तिहरुको पनि पहिचान खुलिसकेको छ ।’ यद्यपि, प्रहरीले घटनामा संलग्न अन्यको परिचय खुलाएको छैन । पहिचान खुले पनि घटनामा संलग्न व्यक्तिहरुलाई हालसम्म पक्राउ गर्न सकेको छैन । प्रहरी स्रोतका अनुसार लामो समयदेखि नेपाल बसे पनि उनको घर भारतको हरियाणा हो । उनले नेपाली महिलासँग विवाह गरेका छन् । स्रोतका अनुसार उनकी पत्नी अहिले दिल्लीमा छिन् । न्यूरोडमा रहेको कोठामा दाइ र आमा मात्रै छन् । प्रहरीका अनुसार उनी लुटपाट र जुवामा पनि जोडिएका व्यक्ति हुन् । स्रोतका अनुसार उनले क्यासिनोमा पनि उल्लेख्य पैसा डुबाएका थिए । उनको र उदय सेट्ठीबीच कसरी चिनजान भयो भन्ने खुलेको छैन । उदयसँग सोधपुछ गर्न अनुसन्धान अधिकृतको एक टोली जिल्ला कारागार रसुवातर्फ गएको छ ।
यो पनि पढ्नुहोस
फैजानदेखि लाल मोहम्मद काण्ड : नेपालमा रअ र आईएसआईबीच ‘प्रोक्सी वार’
मदनले घटना हुनुअघि प्रयोग गरेको एउटा मोटसाइकल प्रहरीले बरामद गरेको छ । विगतमा लाल मोहम्मदलाई पछ्याउन त्यो मोटरसाइकल प्रयोग भएको हुनसक्ने प्रहरीको आशंका छ । हालसम्म घटनामा प्रयोग भएको मोटरसाइकल चाहिँ बरामद भएको छैन । हरिवन नगरपालिका–२, सर्लाहीका लाल मोहम्मद सोमबार अपराह्न गार्मेन्टका लागि प्लास्टिक लिन जोरपाटी गएका थिए । फर्किएर बा ६ च ५१५२ नम्बरको कारमा आउँदा निस्किनेबित्तिकै आँगनमा एक व्यक्तिले उनीमाथि गोली बर्साएका थिए । रातो सर्ट र जिन्स पाइन्ट लगाएका युवकले उनलाई कार वरिपरि लखेटेर गोली हानेको सीसीटीभी फुटेजमा पनि देखिन्छ । गम्भीर अवस्थामा प्रहरीले मोहम्मदलाई शंखरापुर अस्पताल लगेको थियो । अस्पतालले आधा घन्टामा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज रिफर गरिदियो । शिक्षण अस्पतालमै उनको मृत्युको घोषणा भयो ।
यो पनि पढ्नुहोस
फिल्मी शैलीमा मारिएका लाल मोहम्मद : जसको पृष्ठभूमि नक्कली नोट कारोबारसँग जोडिन्छ
यो घटना हुनुअघि पनि मोहम्मदमाथि आक्रमणको प्रयास भएको थियो । त्यसैले उनले २५ भदौमा आफू असुरक्षित भएको भन्दै प्रहरी बिट जम्मुडाँडामा निवेदन दिएका थिए । घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय नक्सालले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी जनक भट्टराईको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ । जाली नोटसँग पृष्ठभूमि जोडिने र भारतको खुफिया एन्जेसीको वान्टेड सूचीमा रहेका निष्कर्षसहित अनुसन्धान समितिले पेशेवर अपराधीको प्रयोगबाट मोहम्मदको हत्या भएको हुनसक्ने आशंका गरेको छ ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा

प्रतिक्रिया