SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/६/६ गते
    ५५१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गर्दै प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त भएको दावी गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाा र उपसभामुख पुष्पा भुसालले कार्यकाल सकिँदा पनि राजीनामा नदिएको भन्दै रिटमा उनीहरुको पद खाली गराउन परमादेश माग गरिएको छ ।

    ‘सभामुख र उपसभामुखको पदावधि सकिँदा पनि राज्यस्रोत साधन तथा प्राप्त सेवा सुविधाहरुको प्रयोग गरिरहनुभएको छ । यो दुरुपयोग संविधानमाथिको निर्मम प्रहार र धोकाधडडी हो’ रिटमा भनिएको छ, ‘संविधानको अक्षरश पालना गर्ने हो भने सभामुख र उपसभामुखले सो पद धारा गरी राज्यको स्रोत साधनको दुरुपयोग गरिरहनुभएको छ ।’

    ४ मंसिरको स्थानीय तह निर्वाचनका लागि समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाइसकिएको भन्दै रिटमा सभामुख र उपसभामुखले राजीनामा नदिएर राज्य स्रोतको दुरुपयोग गरिरहेको रिट निवेदकको भनाइ छ । उनीहरुले मुद्दाको अन्तिम किनारा नलागेसम्म सभामुख र उपसभामुखलाई राज्यस्रोतबाट प्राप्त सेवा सुविधा नदिन अन्तरिम आदेश माग गरेका छन् ।

    यो रिटमा शुक्रबार पेशी तोकिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं