
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
दाङ । दाङ तुलसीपुर–६ का अर्नभ घिमिरे सुटिङका गोल्ड मेडलिष्ट हुन् । आठौं र सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका उनी नवौंमा पनि स्वर्ण जितेर ह्याट्रिक गर्ने लक्ष्यमा छन् । तर उनी लक्ष्य पूरा हुनेमा विश्वस्त छैनन् । एशियाली खेलकुद सागमा समेत सहभागिता जनाइसकेका राष्ट्रिय च्याम्पियन यसपालि स्वर्णको लक्ष्यमा विश्वस्त हुन नसक्नुको कारण हो– कमजोर तयारी । गण्डकी प्रदेशमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेका उनको हातमा अहिले बन्दुक छैन, उनी बन्दुकको सट्टा इँटाले अभ्यास गरिरहेका छन् ।
दाङमा सुटिङका लागि भएका दुई वटा राइफल पनि बिग्रिएका छन् । ‘निशाना लगाउन र सुट गर्न राइफल चाहिन्छ’, उनले भने, ‘तर हामीसँग चल्ने राइफल छैन । इँटा उठाएर होल्डिङको अभ्यास मात्र गरिरहेका छौं ।’ निशाना नै लगाउन नपाएका उनले आफ्नो स्तर बुझ्न सकेका छैनन् । ‘सुट गर्न पाएको भए कमजोरी कहाँ छ भन्ने थाहा पाउन सकिन्थ्यो’, घिमिरेले भने, ‘आफ्नो तयारी कस्तो भइरहेको छ भन्ने बुझ्न बन्दुक नचलाई हुँदैन ।’ राष्ट्रिय खेल प्रतियोगिताका लागि होल्डिङको अभ्यासले मात्र नपुग्ने उनी बताउँछन् ।
सुटिङको पेस्तोलतर्फ तयारी गरिरहेकी अर्की खेलाडी हुन्, दाङ तुलसीपुर उपमहानगरपालिका–६ कै जानकी रोका । उनी पनि पेस्तोलविनै नवौ राष्ट्रिय खेल प्रतियोगितको सुटिङको अभ्यास गरिरहेकी छन् । प्रतियोगिताको तयारीका लागि चल्ने पेस्तोल नै नभएपछि उनी पनि कहिले इँटा त कहिले बिग्रिएको पेस्तोल उचाल्ने गरेकी छन् । सातौं र आठौं राष्ट्रिय खेलमा पनि सहभागिता जनाएकी उनले त्यतिबेला पनि बिग्रिएकै पेस्तोलबाट अभ्यास गरेकी थिइन् । गतिलो अभ्यास नभएकै कारण पदक जित्न नसकेको बताउने उनी भन्छिन्, ‘पहिला पनि बन्दुक चलाउन नपाई प्रतियोगिता सहभागी भएँ, यो पटक पनि यस्तै भयो । यसरी त के जित आउला र खै ?’ निशाना लगाउनै नपाई अभ्यास गर्दा उनी पनि आफ्नो खेल राम्रो होला भन्नेमा विश्वस्त हुन सकिरहेकी छैनन् । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुटिङ खेलको प्रदेशस्तरीय छनोट असोज ९ र १० गते नेपालगञ्जमा हुँदैछ । त्यसका लागि दाङबाट ६ जना महिला र ६ जना पुरुष गरी १२ जना छनोट भएका छन् ।
सुटिङ खेलका लागि राम्रा खेलाडी भए पनि आवश्यक राइफल र पेस्तोल लगायतका सामग्री नहुँदा खेलाडीले अभ्यास गर्न नपाएको जिल्ला सुटिङ संघ दाङका अध्यक्ष केशव चौधरीले बताए । जिल्लामा दुईवटा मात्र राइफल छन्, ती पनि चल्दैनन्’, उनले भने, ‘बिग्रिएको बन्दुक उचालेर होल्डिङ गर्नै मात्र काम भएको छ ।’ उनले बन्दुक नहुँदा खेलाडीले निशाना लगाउने अभ्यास गर्न नपाएको बताए । उनले धेरै खेलाडीलाई अभ्यास गराउन सामग्री नभएपछि बन्दुकै नाप अनुसारको इँटाबाट समेत अभ्यास गराउनुपरेको सुनाए ।
निशाना लगाएर अभ्यास गर्न नपाउँदा खेलाडी पनि खिन्न छन् । ‘बन्दुक नै चलाउन नपाएपछि खेलाडीको खेलबारे समेत थाहा पाउन पाउन सकिँदैन’ उनले भने, ‘बन्दुक चले पो कसको के कमजोरी छ थाहा पाउन सकिन्थ्यो । तर अहिले केही पनि छैन ।’ राम्रो खेलाडीलाई पनि अभ्यास गराउन नसक्दा उनीहरुमा थप निखारता ल्याउन नसकेको अध्यक्ष चौधरी बताउँछन् । ‘सुट गर्न नपाई सिधै प्रतियोगितामा खेल्न पठाउँदा खेलाडी निराश छन्’ उनले थपे, ‘यस्तो तयारीले खेलाडीले कसरी राम्रो खेल खेल्न सक्लान् ?’ अभ्यासका लागि चाहिने खेल सामग्री (राइफल र पेस्तोल) पटक पटक माग गरे पनि कतै सुनुवाइ नभएको उनले बताए । ‘राइफल–पेस्तोल चाहियो भनेर सुटिङ संघलाई भनिरहेका छौं तर सुनेको छैन’, चौधरीले भने । बन्दुक नभएको ठाउँमा सुटिङका लागि अभ्यास गर्ने थलो हुने कुरै भएन । खेल अभ्यासका लागि ठाउँ नपाउँदा बाहिर आएर खुल्ला आकाशमुनि अभ्यास गरिरहेको उनले बताए । यसअघि ब्याडमिन्टन कभर्ड हलमा अभ्यास गर्दै आए पनि अहिले अभ्यासका लािग ठाउँ खाली नभएको उनले सुनाए । नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले खेलाडीहरुले इँटाबाट अभ्यास गरेको सुने पनि कुरा बझ्न नपाएको बताए । ‘अहिलेसम्म राम्रै रिपोर्टिङ आएकाले यसबारे बुझ्न सकेका थिएनौं’ उनले भने, ‘हल्ला त सुनेको छु तर पूरा के हो बुझ्न पाएको छैन ।’उनले संघसँग पनि सामग्री कम भएकाले यस्तो समस्या भएको बताए । यद्यपि भएका खेल सामग्री सहित संघका सदस्यलाई उनीहरुकै क्षेत्रमा खटाएको उनले बताए । ‘हामीसँग पर्याप्त सामग्री छैन’, उनले भने, ‘चाहेर पनि सबै ठाउँ पुर्याउन सकेका छैनौं ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया