
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
दाङ । दाङ तुलसीपुर–६ का अर्नभ घिमिरे सुटिङका गोल्ड मेडलिष्ट हुन् । आठौं र सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका उनी नवौंमा पनि स्वर्ण जितेर ह्याट्रिक गर्ने लक्ष्यमा छन् । तर उनी लक्ष्य पूरा हुनेमा विश्वस्त छैनन् । एशियाली खेलकुद सागमा समेत सहभागिता जनाइसकेका राष्ट्रिय च्याम्पियन यसपालि स्वर्णको लक्ष्यमा विश्वस्त हुन नसक्नुको कारण हो– कमजोर तयारी । गण्डकी प्रदेशमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेका उनको हातमा अहिले बन्दुक छैन, उनी बन्दुकको सट्टा इँटाले अभ्यास गरिरहेका छन् ।
दाङमा सुटिङका लागि भएका दुई वटा राइफल पनि बिग्रिएका छन् । ‘निशाना लगाउन र सुट गर्न राइफल चाहिन्छ’, उनले भने, ‘तर हामीसँग चल्ने राइफल छैन । इँटा उठाएर होल्डिङको अभ्यास मात्र गरिरहेका छौं ।’ निशाना नै लगाउन नपाएका उनले आफ्नो स्तर बुझ्न सकेका छैनन् । ‘सुट गर्न पाएको भए कमजोरी कहाँ छ भन्ने थाहा पाउन सकिन्थ्यो’, घिमिरेले भने, ‘आफ्नो तयारी कस्तो भइरहेको छ भन्ने बुझ्न बन्दुक नचलाई हुँदैन ।’ राष्ट्रिय खेल प्रतियोगिताका लागि होल्डिङको अभ्यासले मात्र नपुग्ने उनी बताउँछन् ।
सुटिङको पेस्तोलतर्फ तयारी गरिरहेकी अर्की खेलाडी हुन्, दाङ तुलसीपुर उपमहानगरपालिका–६ कै जानकी रोका । उनी पनि पेस्तोलविनै नवौ राष्ट्रिय खेल प्रतियोगितको सुटिङको अभ्यास गरिरहेकी छन् । प्रतियोगिताको तयारीका लागि चल्ने पेस्तोल नै नभएपछि उनी पनि कहिले इँटा त कहिले बिग्रिएको पेस्तोल उचाल्ने गरेकी छन् । सातौं र आठौं राष्ट्रिय खेलमा पनि सहभागिता जनाएकी उनले त्यतिबेला पनि बिग्रिएकै पेस्तोलबाट अभ्यास गरेकी थिइन् । गतिलो अभ्यास नभएकै कारण पदक जित्न नसकेको बताउने उनी भन्छिन्, ‘पहिला पनि बन्दुक चलाउन नपाई प्रतियोगिता सहभागी भएँ, यो पटक पनि यस्तै भयो । यसरी त के जित आउला र खै ?’ निशाना लगाउनै नपाई अभ्यास गर्दा उनी पनि आफ्नो खेल राम्रो होला भन्नेमा विश्वस्त हुन सकिरहेकी छैनन् । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुटिङ खेलको प्रदेशस्तरीय छनोट असोज ९ र १० गते नेपालगञ्जमा हुँदैछ । त्यसका लागि दाङबाट ६ जना महिला र ६ जना पुरुष गरी १२ जना छनोट भएका छन् ।
सुटिङ खेलका लागि राम्रा खेलाडी भए पनि आवश्यक राइफल र पेस्तोल लगायतका सामग्री नहुँदा खेलाडीले अभ्यास गर्न नपाएको जिल्ला सुटिङ संघ दाङका अध्यक्ष केशव चौधरीले बताए । जिल्लामा दुईवटा मात्र राइफल छन्, ती पनि चल्दैनन्’, उनले भने, ‘बिग्रिएको बन्दुक उचालेर होल्डिङ गर्नै मात्र काम भएको छ ।’ उनले बन्दुक नहुँदा खेलाडीले निशाना लगाउने अभ्यास गर्न नपाएको बताए । उनले धेरै खेलाडीलाई अभ्यास गराउन सामग्री नभएपछि बन्दुकै नाप अनुसारको इँटाबाट समेत अभ्यास गराउनुपरेको सुनाए ।
निशाना लगाएर अभ्यास गर्न नपाउँदा खेलाडी पनि खिन्न छन् । ‘बन्दुक नै चलाउन नपाएपछि खेलाडीको खेलबारे समेत थाहा पाउन पाउन सकिँदैन’ उनले भने, ‘बन्दुक चले पो कसको के कमजोरी छ थाहा पाउन सकिन्थ्यो । तर अहिले केही पनि छैन ।’ राम्रो खेलाडीलाई पनि अभ्यास गराउन नसक्दा उनीहरुमा थप निखारता ल्याउन नसकेको अध्यक्ष चौधरी बताउँछन् । ‘सुट गर्न नपाई सिधै प्रतियोगितामा खेल्न पठाउँदा खेलाडी निराश छन्’ उनले थपे, ‘यस्तो तयारीले खेलाडीले कसरी राम्रो खेल खेल्न सक्लान् ?’ अभ्यासका लागि चाहिने खेल सामग्री (राइफल र पेस्तोल) पटक पटक माग गरे पनि कतै सुनुवाइ नभएको उनले बताए । ‘राइफल–पेस्तोल चाहियो भनेर सुटिङ संघलाई भनिरहेका छौं तर सुनेको छैन’, चौधरीले भने । बन्दुक नभएको ठाउँमा सुटिङका लागि अभ्यास गर्ने थलो हुने कुरै भएन । खेल अभ्यासका लागि ठाउँ नपाउँदा बाहिर आएर खुल्ला आकाशमुनि अभ्यास गरिरहेको उनले बताए । यसअघि ब्याडमिन्टन कभर्ड हलमा अभ्यास गर्दै आए पनि अहिले अभ्यासका लािग ठाउँ खाली नभएको उनले सुनाए । नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले खेलाडीहरुले इँटाबाट अभ्यास गरेको सुने पनि कुरा बझ्न नपाएको बताए । ‘अहिलेसम्म राम्रै रिपोर्टिङ आएकाले यसबारे बुझ्न सकेका थिएनौं’ उनले भने, ‘हल्ला त सुनेको छु तर पूरा के हो बुझ्न पाएको छैन ।’उनले संघसँग पनि सामग्री कम भएकाले यस्तो समस्या भएको बताए । यद्यपि भएका खेल सामग्री सहित संघका सदस्यलाई उनीहरुकै क्षेत्रमा खटाएको उनले बताए । ‘हामीसँग पर्याप्त सामग्री छैन’, उनले भने, ‘चाहेर पनि सबै ठाउँ पुर्याउन सकेका छैनौं ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया