
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । १०४ डिग्रीसम्म ज्वरो आउने, शरीर असाध्यै दुख्ने, आँखाको गेडी दुख्ने, ढाडको तल्लो भाग कट्कट् खाने, खुट्टाको जोर्नी एकदमै दुख्ने, खान अमन र वान्ता हुने लक्षण देखिएपछि कोटेश्वर बस्ने ३० वर्षीय रूपक श्रेष्ठ एमएस हेल्थ कियर एण्ड ग्यास्ट्रो सेन्टर पुगे । डेंगुको आशंका गर्दै उनलाई सेन्टरले परीक्षण शुल्क २५०० रुपैयाँ असुल्यो । श्रेष्ठ एक प्रतिनिधि पात्र हुन् । डेंगुको प्रकोप व्यापक बन्दै जाँदा परीक्षणका नाममा प्रयोगशालाहरूले पाँच गुणासम्म बढी शुल्क असुलिरहेका छन् । अस्पतालहरूले पनि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा प्रतिव्यक्ति ५०० देखि २६०० रुपैयाँसम्म उठाइरहेको विवरण अनलाइनखबरलाई प्राप्त भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारी कीटको मूल्य र अन्य खर्च जोड्दा पनि ५०० रुपैयाँसम्ममा डेंगुको परीक्षण गर्न सकिने बताउँछन्, तर सरकारी प्रयोगशालाहरूले नै २६०० सम्म असुलिरहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ८००, वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५०० लिइरहेका छन् । यसरी सरकारी प्रयोगशालाबाटै बिरामी ठगिएको देखिन्छ । डेंगु परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र भक्तपुर अस्पतालको छुट्टाछुट्टै दर छ ।
त्रिवि शिक्षण अस्पतालले ओपीडीमार्फत आउने सेवाग्राहीको डेंगु परीक्षण गर्दा १००० शुल्क लिने गरेको सूचना अधिकारी रामविक्रम अधिकारीले बताए । भक्तपुर अस्पतालले ७५० र निजामती अस्पतालले ८०० लिने गरेको छ । निजीतर्फ सुमेरु अस्पतालले २४००, ग्राण्डी अस्पतालले २६००, स्टारले १८००, नर्भिक अस्पताल र भेनसले १२०० र हृयाम्सले १७०० लिने गरेका छन् । विज्ञहरू परीक्षण निःशुल्क गरेर व्यापक बनाए मात्र डेंगु प्रकोप नियन्त्रणमा आउने बताउँछन् । ‘धेरै मानिस लक्षण देखिए पनि महँगो शुल्कका कारण परीक्षणको दायरामा आएका छैनन्’ ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘परीक्षण निःशुल्क भए मात्र डेंगुको फैलावट रोक्न सकिने देखिन्छ ।’ निजी अस्पतालहरू गुणस्तरका आधारमा शुल्क दिंदै आएको दाबी गर्छन् । ‘हामीकहाँ अमेरिकन कीट प्रयोग हुने हुँदा डेंगु परीक्षण गुणस्तरीय र केही महँगो देखिएको हो’ निजी अस्पतालका एक कर्मचारी भन्छन्, ‘भारतीय कीट भए सस्तोमा पनि गर्न सकिन्छ ।’ स्वास्थ्य मन्त्रालय भन्छ : केही दिनभित्रमा शुल्क निर्धारण गर्छौं
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर निजी प्रयोगशालाले परीक्षण शुल्क २५०० सम्म लिनु गलत भएको बताउँछन् । परीक्षण शुल्कमा मनपरी भएको गुनासो आएपछि वैज्ञानिक ढंगले शुल्क तोक्न र अनुगमनका लागि गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको उनले बताए । स्वास्थ्यमन्त्री भवानी खापुङले भोलि सोमबारसम्ममा अनुगमन गरेर रिपोर्ट पेश गर्न निर्देशन दिएको र त्यसपछि परीक्षण शुल्क निर्धारण हुने प्रवक्ता डा. ठाकुरले बताए । कोरोना महामारीमा प्रयोगशालाहरूले अधिक शुल्क लिएका थिए । सरकारले शुल्क निर्धारण गरेपछि परीक्षण सहज बनेको थियो ।
तीन जना कोरोना र डेंगु दुवैबाट संक्रमित
दुई महिनामा डेंगुबाट २० जनाको मृत्यु भइसकेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ । मृत्यु हुनेमा १४ वर्ष मुनिका ७ जना छन् । त्यस्तै, २० देखि ४० वर्षसम्मका १० जना र बाँकी ४० वर्षमाथिका छन् । मृत्यु हुनेमध्ये सबभन्दा धेरै काठमाडौं उपत्यकाका छन् । ईडीसीडीका अनुसार, मृत्यु हुनेमध्ये तीन जना डेंगु र कोभिड-१९ दुवैबाट संक्रमित थिए । अहिले देशभर डेंगु संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ । आइतबारसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा डेंगु देखिएको छ । ललितपुरमा ४ हजार ६०४ र काठमाडौंमा ४ हजार ४५४ जनालाई डेंगु संक्रमण भएको छ । काठमाडौंपछि मकवानपुरमा १ हजार ५९७, दाङमा ९९४, भक्तपुरमा ७१३, रूपन्देहीमा ६५९, चितवनमा ४१०, गुल्मीमा २९२, दार्चुलामा १८८ र काभ्रेमा १५२ जनामा डेंगु संक्रमण भएको छ । ईडीसीडीका अनुसार मुस्ताङ र जुम्लाबाहेक देशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया