SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/६/१ गते
    ४५९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सकेको छ । शनिबार यसअघि लिएको बयानको लिखित रुपमा हस्ताक्षर गराउनुका साथै पूरक प्रश्नको जवाफ लिएपछि उनीसँगको बयान सकिएको हो ।

    अब शनिबार नै ३ बजे सिफारिस समितिले अर्को बैठक बस्ने प्रतिवेदन तयार गर्ने ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए । ‘महाअभियोग प्रस्तावमाथि अनुसन्धान सकियो प्रतिवेदन तयार गर्न बाँकी छ, सचिवायमार्फत मस्यौदा तयार भएको छ, त्यसलाई अन्तिम रुप दिन दिउँसो ३ बजे बैठक बोलाइएको छ’ उनले पत्रकारहरुलाई भने । शनिबार नै प्रतिनिधिसभाको कार्यकाल समाप्त हुँदैछ । त्यसैले शनिबार नै सभामुखलाई प्रतिवेदन बुझाउने ज्येष्ठ सदस्य विष्टले बताए । प्रतिनिधिसभाको कार्यकाल नै सकिन लागेकाले प्रतिवेदनमाथि छलफल गर्ने सम्भावना कम छ । ज्येष्ठ सदस्य विष्ट भन्छन् ‘ हामीले सभामुखलाई प्रतिवेदन बुझाउँछौं, सभामुखले जे निर्देशन दिनुहुन्छ, त्यही हुन्छ ।’

    समितिमा सत्तारुढ दलबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले जसरी भएपनि प्रतिवेदन तयार गर्नुपर्ने अडान राखेका छन् । एमालेका सदस्यहरुले भने प्राप्त प्रमाण र कागजात अध्ययनपछि मात्रै प्रतिवेदन बनाउन थाल्नुपर्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं