SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/५/३१ गते
    ४६२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न आम निर्वाचनको घोषणा पत्र निर्माणका लागि सुझाव संकलन गर्न विषय विज्ञहरुसँग अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार केन्द्रीय कार्यायलय पेरिसडाँडामा बसेको घोषणा पत्र निमार्ण समितिको बैठकले असोज ५, ६ र ७ गते काठमाडौंमा अन्तरक्रिया गर्ने निर्णय गरेको समिति सदस्य डिपी ढकालले जानकारी दिए ।

    माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समिति बैठकले नागरिक समाजका अगुवा, उद्योगी व्यवसायी, वाम बुद्धिजीवी, अर्थशास्त्री, विकास विज्ञ, मिडियाकर्मी लगायत अन्तरक्रिया गर्ने निर्णय गरेको हो । त्यस्तै आजको बैठकले विभिन्न बिषय बाँडेर घोषणा पत्र निर्माण समितिका सदस्यहरुको कार्यविभाजन समेत गरेको छ । ढकालका अनुसार समाजवाद उन्मुख अर्थव्यवस्था कस्तो हुन्छ भन्ने कुराको चित्र आफूहरुले घोषणा पत्रमा दिने बताए ।

    ‘समाजवाद उन्मुख अर्थव्यवस्था कस्तो हुन्छ भन्ने कुराको चित्र दिनुपर्छ हामीले घोषणा पत्रमा भन्ने कुरा भएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘तीव्र औद्योगीकरण, तिब्र विकास र ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने गरि हाम्रो घोषणा पत्र केन्द्रित हुन्छ ।’ पार्टीको विभिन्न विभागलाई सुझाव संकलनका लागि भनिएको थियो इमेल प्राप्त हुने क्रममा रहेको उनले बताए। समितिको पहिलो बैठकले सुझावका लागि जनसमुदायसँग अपिल गर्ने निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं