News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    चोलेन्द्रमाथि शम्भु थापाको आरोप : रञ्जनको मुद्दामा घुस खाएर फैसला गरे

    काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएर कैद मिनाहाको फैसला गरेको आरोप लगाएका छन् । बिहीबार महाभियोग सिफारिस समितिमा भएको छलफलमा उनले घुस नखाई त्यस्तो फैसला हुनै नसक्ने जिकिर गरे । ‘सुरक्षा अधिकारीले श्रीमतीलाई काटेर बोरामा हालेर जलाएको मुद्दामा कैद घट्छ ?’ वरिष्ठ अधिवक्ता थापाले भने, ‘त्यहाँ पैसादेखि बाहेक अरु होला त ? अनि बयानमा भन्नुहुन्छ, त्यो त मेरो गल्ती भयो ।’

    जबराको इजलासमा बहस गर्न जाँदा कुन पक्षमा मिलाएको छ भनेर शंका गर्नुपर्ने भन्दै उनले जबराका स्वार्थको मुद्धाको छिटो छिटो सुनुवाइ हुने गरेको पनि दावी गरे । क्यासिनोका कर विवाद जोडिएका मुद्धामा जबराले अनियमितता गरेको थापाको आरोप छ । कुनैपनि क्यासिनोले कर नतिरेकाले सरकारले नयाँ नियमावली मार्फत लाइसेन्स दिनुअघि नै शुल्क बुझाउनुपर्ने नियम ल्याएको थियो ।

    त्यसविरुद्धको मुद्धामा जबराले २०७१ सालमा अघिदेखि नै चलेर आएको क्यासिनो हुनाले चलाउन आदेश दिएको भन्दै थापाले त्यसमा चलखेल भएको बताए  घुस खाने बेलामा खानसम्म खाने, न्यायलाई मार्दिने’ वरिष्ठ अधिवक्ता थापाले भने, ‘अहिले हा हा हा हा गरेको भरमा उन्मुक्ति पाइन्छ ?’

    लाेक कल्याणकारी

    प्रतिक्रिया