SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/५/२७ गते
    ४६६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु संक्रमण भएको छ । साफ च्याम्पियनसीप खेल्ने राष्ट्रिय टोलीमा रहेकी उनी अस्वस्थ्य भएपछि गरिएको स्वास्थ्य परीक्षणमा डेंगु पुष्टि भएको हो । ‘उनलाई डेंगु संक्रमण प्रमाणित भएको छ । आजको खेलमा हाम्रा एक महत्वपूर्ण खेलाडी मैदान उत्रिने छैनन्,’ प्रशिक्षक कुमार थापाले बताए ।

    थापाका अनुसार आजको खेल (श्रीलंकाविरुद्ध) गुमाउने उनले निको नभए बाँकी खेल पनि गुमाउने छिन् । ‘उनलाई ज्वरो छ । अब यो खेल त खेल्न सक्दिनन्, अरु बाँकी खेलमा उनको रिकोभरी कस्तो हुन्छ त्यहि अनुसार हुनेछ,’ उनले भने ।

    पहिलो खेलमा भुटानलाई हराएको नेपालले समुह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्ने छ । बेलुकी ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन यो खेल ३ गोलभन्दा कमको अन्तरले हारे पनि नेपाल सेमिफाइनलमा पुग्ने छ । समूह एबाट भारत र बंगलादेश यसअघि नै सेमिफाइनलमा पुगेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    ‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार...

    शहिद हरिदत्त तिवारीको स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईदै

    पर्वत । पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम...

    भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव

    लेखनाथ । पुष १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो...

    पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल

    पोखरा । पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं