
१चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
२मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
३संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
४जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
५अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
६महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
७पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
८मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
९खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
१०५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
११शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
१२पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
६पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले अवैध संरचना भत्काउन थालेपछि पोखराका मेयर धनराज आचार्य पनि दबावमा छन् । सार्वजनिक तथा सरकारी जग्गा मिचेर र पोखरा महानगरपालिकासँग अनुमति समेत नलिई बनाइएका अवैध संरचना पोखराकै चुनौती बनेको छ । कतिसम्म भने महानगरको कार्यालय अगाडि अनुमतिबिना अस्थायी व्यापारिक भवन बनाइएको छ । र, त्यो भवनमा मेयरसँग जोडिएको हेलो स्टेसनरी समेत छ । हेलो स्टेसनरी मेयर आचार्यले आफ्नै भानिज भाइ कमलनयन तथा शिव गौतमलाई बिक्री गरेका हुन् ।
हेलो स्टेसनरी बेचेर मेयर आचार्यले रानीपौवामा न्यू हेलो स्टेसनरी चलाइरहेका छन् । बिक्री गरिसकेको भए पनि उनको व्यावसायिक जीवन उकालो लागेको व्यवसाय भएकाले हेलो स्टेसनरीलाई मेयर आचार्यकै भनेर उनलाई चिन्नेहरुले बताउने गरेका छन् । महानगरकै अगाडि न्युरोडमा गणेशबहादुर श्रेष्ठको जग्गामा भवन बनाएर सटर भाडामा लगाइएको हो । सटर बनाएर भाडामा लगाउनकै लागि श्रीकान्त चापागाईंले श्रेष्ठको जग्गा भाडामा लिएर अवैध भवन बनाएका हुन् । चापागाईंले न्युरोडमै हेलो स्टेसनरीको पारीपट्टी पनि अनुमति बेगर अर्को भवन बनाएका छन् । त्यो भवनको न नक्सापास छ, न अस्थायी अनुमति । २ तले अवैध भवनले नियामक निकाय महानगरकै थितिमाथि व्यंग्य गरेको छ । ‘उहाँकै आफन्तसमेत जोडिएर न्युरोडमा अवैध संरचना बनाएका छन् । अवैध संरचना हटाउने र अन्त बन्न नदिन मेयर आचार्यले पहिले यहीँबाट एक्सन थाल्नुपर्छ,’ महानगरका एक जनप्रतिनिधि भन्छन्, ‘महानगरबाट स्वीकृत नलिई संरचना बनाउने क्रम तीव्र छ । यसले पोखराको नेतृत्वलाई चुनौती थपिएको छ ।’
हेलो स्टेसनरी गत सालदेखि नै न्युरोडमा सञ्चालनमा आएको हो भने हेल्लो साइनो मिनि मार्केटको अहिले सटर बुकिङ खुला भइरहेको छ । पोखरा महानगरले महेन्द्रपुलस्थित सार्वजनिक जग्गामा बनेका संरचना हटाउन दिएको ३५ दिने अवधि बुधबार सकिएको छ र बिहीबारदेखि अवैध संरचना हटाउने प्रक्रिया सुरु हुन लागेको वडा नम्बर ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए । न्युरोडमा अवैध भवन बनेको जानकारी आएको र कार्यालयमा बुझेर पत्र काट्ने मर्सानीको भनाइ छ । महानगरको कार्यालयकै पारीपट्टी बनेको अवैध भवन रोक्न पटक –पटक नगर प्रहरीले आग्रह पनि गरेको थियो । पोखरा–९ मा पर्ने उक्त जग्गामा भवन बनाउने भए पार्किङसहितकै बनाउनुपर्ने महानगरले आग्रह गरेको तर बेवास्ता गर्दै बनाइएको इन्जिनियर सुरेन्द्र पाण्डेले बताए ।
महानगर र भवन बनाउनेका बीचमा कुरा नमिल्दा केही समय यतिकै रोकिएको थियो । तर पछि महानगरबाट स्वीकृत नै नलिई संरचना तयार पारिएको हो । काठमाडौंमा मेयर बालेन्द्रले अवैध संरचना भत्काउन थालेपछि भदौ १७ गते बल्ल स्वीकृतिका लागि महानगरमा फाइल पठाइएको छ ।
भवन निर्माण गर्ने श्रीकान्त चापागाईंले भने महानगरले अनुमति नदिएको र राजश्व बुझाउन जाँदा पनि नलिएको बताए । ‘स्वीकृतिका लागि महानगरमा गत साल नै फाइल पठाएको महानगरले नै दिएन । उसको कारणले हामी व्यवसाय नै नगरी बस्ने कुरा भएन,’ चापागाईंले भने, ‘जग्गा भाडामा लिइसकेकाले लामो समय कुर्न सकेनौं ।’
महानगरले स्वीकृति नदिए पनि बलमिच्याईं गरेर भबन बनाउन पाईंदैन । ‘मापदण्ड छोड्नुपर्छ, नक्सापास गर्नेदेखि सबै प्रक्रिया पूरा नगर्ने भवन अवैध नै हो,’ महानगरका वरिष्ठ कानुन अधिकृत नारायण शर्माले भने ।
पोखरा न्युरोडमै एकले अर्को अवैध संरचनालाई देखाउँदै योबाहेक अरु पनि घरटहरा बनिरहेका छन् । यसलाई नियमन गर्न यसअघिका मेयर मानबहादुर जिसी पनि असफल बनेका थिए । व्यावसायिक पृष्ठभूमिका अहिलेका मेयर धनराज आचार्यलाई झनै बढी जोखिम रहेको उनका नजिकका व्यक्तिहरु बताउँछन् ।
मेयर आचार्यले भने न्युरोडमा हेलो स्टेसनरी रहेको भवनबारे आफूलाई यसअघि जानकारी नभएको बताए । ‘अनुमति सबैले लिनुपर्ने हो । अवैध भए महानगरले नियमन गर्ने छ,’ मेयर आचार्यले भने, ‘सोधिखोजी गरेर विधिसम्मत र कानुनसम्वत बनाउँछौं ।’
अभिलेखीकरणको नाममा यसरी अवैध रुपमा बनेका भवन तथा संरचनालाई वैध बनाउन महानगरले तयारी थालिरहेको छ । अभिलेखीकरण गर्ने भन्दै तेब्बर राजश्व लिएर प्राविधिक समितिको बैठकमार्फत यस्ता अवैध संरचनालाई वैध बनाउने तयारी महानगरले थालेको एक कर्मचारीले बताए ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा

प्रतिक्रिया