
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले अवैध संरचना भत्काउन थालेपछि पोखराका मेयर धनराज आचार्य पनि दबावमा छन् । सार्वजनिक तथा सरकारी जग्गा मिचेर र पोखरा महानगरपालिकासँग अनुमति समेत नलिई बनाइएका अवैध संरचना पोखराकै चुनौती बनेको छ । कतिसम्म भने महानगरको कार्यालय अगाडि अनुमतिबिना अस्थायी व्यापारिक भवन बनाइएको छ । र, त्यो भवनमा मेयरसँग जोडिएको हेलो स्टेसनरी समेत छ । हेलो स्टेसनरी मेयर आचार्यले आफ्नै भानिज भाइ कमलनयन तथा शिव गौतमलाई बिक्री गरेका हुन् ।
हेलो स्टेसनरी बेचेर मेयर आचार्यले रानीपौवामा न्यू हेलो स्टेसनरी चलाइरहेका छन् । बिक्री गरिसकेको भए पनि उनको व्यावसायिक जीवन उकालो लागेको व्यवसाय भएकाले हेलो स्टेसनरीलाई मेयर आचार्यकै भनेर उनलाई चिन्नेहरुले बताउने गरेका छन् । महानगरकै अगाडि न्युरोडमा गणेशबहादुर श्रेष्ठको जग्गामा भवन बनाएर सटर भाडामा लगाइएको हो । सटर बनाएर भाडामा लगाउनकै लागि श्रीकान्त चापागाईंले श्रेष्ठको जग्गा भाडामा लिएर अवैध भवन बनाएका हुन् । चापागाईंले न्युरोडमै हेलो स्टेसनरीको पारीपट्टी पनि अनुमति बेगर अर्को भवन बनाएका छन् । त्यो भवनको न नक्सापास छ, न अस्थायी अनुमति । २ तले अवैध भवनले नियामक निकाय महानगरकै थितिमाथि व्यंग्य गरेको छ । ‘उहाँकै आफन्तसमेत जोडिएर न्युरोडमा अवैध संरचना बनाएका छन् । अवैध संरचना हटाउने र अन्त बन्न नदिन मेयर आचार्यले पहिले यहीँबाट एक्सन थाल्नुपर्छ,’ महानगरका एक जनप्रतिनिधि भन्छन्, ‘महानगरबाट स्वीकृत नलिई संरचना बनाउने क्रम तीव्र छ । यसले पोखराको नेतृत्वलाई चुनौती थपिएको छ ।’
हेलो स्टेसनरी गत सालदेखि नै न्युरोडमा सञ्चालनमा आएको हो भने हेल्लो साइनो मिनि मार्केटको अहिले सटर बुकिङ खुला भइरहेको छ । पोखरा महानगरले महेन्द्रपुलस्थित सार्वजनिक जग्गामा बनेका संरचना हटाउन दिएको ३५ दिने अवधि बुधबार सकिएको छ र बिहीबारदेखि अवैध संरचना हटाउने प्रक्रिया सुरु हुन लागेको वडा नम्बर ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए । न्युरोडमा अवैध भवन बनेको जानकारी आएको र कार्यालयमा बुझेर पत्र काट्ने मर्सानीको भनाइ छ । महानगरको कार्यालयकै पारीपट्टी बनेको अवैध भवन रोक्न पटक –पटक नगर प्रहरीले आग्रह पनि गरेको थियो । पोखरा–९ मा पर्ने उक्त जग्गामा भवन बनाउने भए पार्किङसहितकै बनाउनुपर्ने महानगरले आग्रह गरेको तर बेवास्ता गर्दै बनाइएको इन्जिनियर सुरेन्द्र पाण्डेले बताए ।
महानगर र भवन बनाउनेका बीचमा कुरा नमिल्दा केही समय यतिकै रोकिएको थियो । तर पछि महानगरबाट स्वीकृत नै नलिई संरचना तयार पारिएको हो । काठमाडौंमा मेयर बालेन्द्रले अवैध संरचना भत्काउन थालेपछि भदौ १७ गते बल्ल स्वीकृतिका लागि महानगरमा फाइल पठाइएको छ ।
भवन निर्माण गर्ने श्रीकान्त चापागाईंले भने महानगरले अनुमति नदिएको र राजश्व बुझाउन जाँदा पनि नलिएको बताए । ‘स्वीकृतिका लागि महानगरमा गत साल नै फाइल पठाएको महानगरले नै दिएन । उसको कारणले हामी व्यवसाय नै नगरी बस्ने कुरा भएन,’ चापागाईंले भने, ‘जग्गा भाडामा लिइसकेकाले लामो समय कुर्न सकेनौं ।’
महानगरले स्वीकृति नदिए पनि बलमिच्याईं गरेर भबन बनाउन पाईंदैन । ‘मापदण्ड छोड्नुपर्छ, नक्सापास गर्नेदेखि सबै प्रक्रिया पूरा नगर्ने भवन अवैध नै हो,’ महानगरका वरिष्ठ कानुन अधिकृत नारायण शर्माले भने ।
पोखरा न्युरोडमै एकले अर्को अवैध संरचनालाई देखाउँदै योबाहेक अरु पनि घरटहरा बनिरहेका छन् । यसलाई नियमन गर्न यसअघिका मेयर मानबहादुर जिसी पनि असफल बनेका थिए । व्यावसायिक पृष्ठभूमिका अहिलेका मेयर धनराज आचार्यलाई झनै बढी जोखिम रहेको उनका नजिकका व्यक्तिहरु बताउँछन् ।
मेयर आचार्यले भने न्युरोडमा हेलो स्टेसनरी रहेको भवनबारे आफूलाई यसअघि जानकारी नभएको बताए । ‘अनुमति सबैले लिनुपर्ने हो । अवैध भए महानगरले नियमन गर्ने छ,’ मेयर आचार्यले भने, ‘सोधिखोजी गरेर विधिसम्मत र कानुनसम्वत बनाउँछौं ।’
अभिलेखीकरणको नाममा यसरी अवैध रुपमा बनेका भवन तथा संरचनालाई वैध बनाउन महानगरले तयारी थालिरहेको छ । अभिलेखीकरण गर्ने भन्दै तेब्बर राजश्व लिएर प्राविधिक समितिको बैठकमार्फत यस्ता अवैध संरचनालाई वैध बनाउने तयारी महानगरले थालेको एक कर्मचारीले बताए ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया