SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/५/८ गते
    ४२४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको एमालेले गलत उद्देश्यले भ्रमपूर्ण प्रचार गरेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग बुधबार बिहान कुरा गर्दै अध्यक्ष प्रचण्डले एमालेले प्रचार गरेजस्तो नागरिकता विधेयक राष्ट्रघाती नभएको जिकिर गरे ।

    आमाबुवा दुवै नेपाली भएका नागरिकका सन्तानले नागरिकता पाउने कुरा मात्रै हो । उनीहरू सबै अवसरबाट बञ्चित भए । त्यो स्थितिको अन्त्य गर्ने कुरा हो’ उनले भने, ‘त्यसकारण यसलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही हुँदैन ।’

    नागरिकता विधेयक संसदमा ल्याउँदा एमालेले राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरु केही नभएको उनले बताए । ‘केपी ओली प्रधानमन्त्री हुँदा अध्यायदेशका रुपमा यही विधेयक लिइएको थियो । जसले यही विधेयक अध्यादेशका रुपमा लिएका थिए तिनिहरूले राष्ट्रघाती भन्दा बेइमानी र अनैतिकताबाहेक अरु केही हुनै सक्दैन,’ उनले भने ।

    एमालेले चुनाव नजिकिएका बेला राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्नका लागि जनतालाई भ्रम पार्न यस्तो गलत प्रचार गरेको प्रचण्डको टिप्पणी छ । उनले भने, ‘नेपालका जनता बुद्धि नभएका छन् । भ्रम दिन सकिन्छ, राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्न सकिन्छ भन्न ठान्ने दुस्साहस जुन भएको छ, मलाई लाग्छ नेपाली जनता सचेत भएका छन् । यस्तो पाखण्डी प्रचारबाट कोही भ्रममा पर्दैनन् । ‘

    प्रचण्डले यसअघि राज्य व्यवस्था समितिबाट सात वर्षे वैवाहिकत अंगीकृतको प्रावधान पारित भएको तर केपी ओलीले नै संसदमा लैजान नमाने दाबीसमेत गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    ‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार...

    शहिद हरिदत्त तिवारीको स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईदै

    पर्वत । पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम...

    भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव

    लेखनाथ । पुष १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो...

    पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल

    पोखरा । पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं