
१चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
२मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
३संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
४जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
५अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
६महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
७पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
८मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
९खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
१०५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
११शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
१२पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
६पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
काठमाडौं । झापासहितका पूर्वी तराईमा नाइरोबी फ्लाई किराबाट निस्कने कडा एसिडको संक्रमणबाट अस्पताल आउने बिरामीको संख्या बढ्दै गएको छ । दमक अस्पतालका छालारोग विशेषज्ञ डा. गुरु पौडेलले दैनिक रुपमा ५० जनाभन्दा बिरामी नाइरोबी फ्लाई किराको एसिडका कारण घाउ भएर उपचारका लागि आइरहेको बताए । दमकमा यस किराको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । वर्षापछि किराको फैलावट भइरहेको डा. पौडेल बताउँछन् । ‘एक सातामा नाइरोबी किराको एसिडका कारण घाउ भएर करिब तीन सयजना उपचारका गरिसकेको छु,’ पौडेलले अनलाइखबरसँग भने, ‘वर्षाको मौसममा अघिल्लो वर्षमा थोरै संख्यामा बिरामी आउँथे । तर, यस वर्ष भने संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।’
बिहीबार पानी फोका रातो धर्का भएको एलर्जी समस्या लिएर काठमाडौँको निजामति कर्मचारी अस्पतालमा एक मानिस आइपुगेका थिए । उक्त समस्या नाइरोबी फ्लाईको संक्रमणको कारण भएको अस्पतालका छाला रोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीले जानकारी दिए । डा. पुडासैनीको अनुसार नाइरोबी फ्लाई बिटल्स प्रजातिको किटाणु (किरा) हो । विश्वभर बिटल्सका ३ लाख ७० हजारभन्दा बढी प्रजाति छन् । तीमध्येको नाइरोबी फ्लाई एक किरा हो । यो हरेक वर्षाको मौसममा देखिन्छ । उक्त किराहरु सुन्तला र कालो रंगका हुन्छन् र उच्च वर्षा हुने क्षेत्रहरूमा बढि देखिन्छन् । बर्खामा नाइरोबीको प्रजनन धेरै हुने भएकाले यसको जोखिम बढी हुने डा. पौडेल बताउँछन् ।
यो पनि पढ्नुहोस
झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित भेटिए
उक्त किराहरु सडेगलेका तरकारी, जनावर, बोटविरुवामा बस्ने रुचाउँछन् । चिकित्सकका अनुसार उक्त किराले टोक्दैनन्, तर यदि कसैको छालामा बस्दा माडिएको अवस्थामा तिनीहरूले एक शक्तिशाली अम्लीय पदार्थ (एसिड) छोड्छ जसले छालालाई जलाउँछ । ‘यो किराले टोक्दैन । यदि केही गरि हाम्रो छालामा किरा माडियो भने कडा एसिड निस्किन्छ र त्यसबाट छालामा एलर्जी हुन्छ,’ डा. पुडासैनीले अनलाइखबरसँग भने, ‘जसले घाउ वा असामान्य दागहरू देखिन्छन् । एक वा दुई हप्तामा निको हुन थाल्छ, तर केही माध्यम संक्रमणहरू हुन सक्छ, कुनै बिरामीको छालामा दागसम्म बस्छ ।’ उनका अनुसार एलर्जी भएर माड्दा छालामा रातो हुने, पोल्ने, फोका आउने हुन्छ । धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ । कन्याउँदा दाग र खतसमेत बस्छ ।
उक्त किराको एसिडको संक्रमणबाट लक्षणहरु १२ घण्टादेखि २ दिनसम्म देखापर्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जाने चिकित्सक बताउँछन् । किराको टोकाइले नभएर किरा माड्दा त्यसले उत्पादन गर्ने ‘पेड्रिन’ भन्ने टक्सिनले मानव शरीरमा लक्षण देखिने हुन्छ । सामाजिक सञ्जालमा अहिले यस किराको बारेमा विभिन्न पोस्ट भाइरल भइरहेको छ । यस किराबाट जटिलता भने नहुने चिकित्सक बताउँछन् । ‘घाउ देख्दा आत्तिने खालको हुन्छ । ठूला–ठूला फोका आउँछन् । जनै खटिरा, घामको एलर्जी तथा मंकिपक्सको फोका आउने हुनाले छुट्टाउन गाह्रो हुन्छ,’ डा. पुडासैनीले भने, ‘यो एलर्जीको कारणले हुने हो । यसले जटिला ल्याउने नभएकाले आत्तिनुपर्दैन ।’
डा. पौडेलका नाइरोबी फ्लाईकै कारण हो भनेर एकिन गर्न बायप्सी गर्नुपर्छ । तर, सबै लक्षण मिलेको कारण क्लिनिकल डाइग्नोस्टिकल नाइरोबी फ्लाईकै कारण पुष्टि गर्न सकिन्छ । तराईका विभिन्न अस्पतालले नाइरोबी फ्लाई किराको कारण समस्या भएका बिरामीको संख्या बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराएका छन् । ‘यो हाम्रो लागि पनि नयाँ हो । यसविषयमा छालारोग विशेषज्ञसँग छलफल गरिरहेका छौं । तराईका विभिन्न अस्पतालबाट नाइरोबी फ्लाई किराको कारण बिरामी बढेको जानकारी प्राप्त भएको छ,’ इडिसिडीका निर्देशक डा. चुम्मनलाल दासले भने, ‘हामी रोकथाम गर्न जुटेका छौं । अन्य सबै अस्पतालबाट विवरण माग्ने काम भइरहेको छ ।’

चिकित्सकका अनुसार उक्त किराको एसिड शरीरमा बढी फैलिएको छ र ज्वरो, स्नायु दुखाइ, जोर्नी दुखाइ वा वान्ता हुन सक्छ भने थप गम्भीर सम्म बनाउनसक्छ । उक्त किरा एसिडको संक्रमणबाट जनै खटिराजस्तो फोका आउने, ठूलो खालको पानी फोका आउने, छाला रातो हुने, धेरै पोल्ने, रातो डाबर तथा बिमिरा आउने जस्ता लक्षण देखिन्छन् । त्यसैगरी, उक्त संक्रमित एसिड हात आँखामा रगड्दा सम्भावित रूपमा अस्थायी अन्धोपन हुन सक्छ ।
कसरी जोगिने ?
उक्त किराहरु प्रकाशमा आकर्षित हुन्छन् । तिनीहरू आवासीय क्षेत्र वरिपरि ठूलो संख्यामा जम्मा हुन्छन्, जहाँ रातभर घरको बत्ती र सडक बत्तीहरू किरणमा बस्न रुचाउने हुन्छन् । उक्त किरासँग सम्पर्कमा नआउनका लागि झ्यालमा जाली लगाउने, ओछ्यान झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्ने गर्नुपर्छ । बत्तीमा यस्ता किरा आउन बढी रुचाउने गर्छन् । बत्ती निभाएर सुत्ने गर्नुपर्छ । यदि शरीरमा किरा देखियो भने थिच्ने, मार्ने गर्नुहुँदैन’, डा. पुडासैनीले भने, ‘किरा बसेको ठाउँलाई साबुन र पानीले धुनुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोस् भनेर ध्यान दिनु पर्छ ।’
यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने डा. पुडासैनी बताउँछन् । सन् १९९८ मा असामान्य रुपमा भारी वर्षा भएका कारण केन्या र अफ्रिकामा प्रकोप भएको थियो । हालसम्म यसको संक्रमिण अफ्रिका बाहिर जापान, इजरायल, पाराग्वे र विगतमा भारतमा देखिन थालेको छ । हाल भारतबाट नेपालमा उक्त किरा ठूलो संख्यामा प्रवेश गरेको आंकलन गरिएको छ ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा

प्रतिक्रिया