
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीन दिने भ्रमणका क्रममा मधेश प्रदेश आएका छन् । शनिबार बिहान बुद्ध एयरको जहाजबाट मधेशको राजधानी जनकपुरधाम आइपुगेका उनलाई यहाँका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । मधेश प्रदेशको भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलले रेल पनि चढेका छन् । जयनगरबाट खुलेको नेपाली रेल जनकपुर आउँदा दुबै प्रदेशका मुख्यमन्त्री, मन्त्री र सरकारी पदाधिकारी रेल चढेर कुर्थासम्म पुगे । कुर्थाबाट पुनः उनीहरु फर्केर जनकपुरधाम आएका छन् ।
रेल चढ्न जनकपुरधाम रेल्वे स्टेशन पुगेका मुख्यमन्त्री पोखरेलले शासन व्यवस्था परिवर्तन भएपनि संघीयतालाई मजबुत बनाउने काम नभएको बताए । संचारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले संघीयताको ऐना नै प्रदेश रहेको र प्रदेशलाई मजबुत बनाउन नसकिए संघीयता मजबुत बन्न नसक्ने धारणा राखे ।
उनले पहिलाको एकल बहुमतको सरकार हटेर पाँच राजनीतिक दलको गठबन्धनको सरकार बनेपनि संघीयतालाई मजबुत बनाउने सवालमा तात्विक भिन्नता नदेखिएको बताए । ‘जुन–जुन कुराले संघीयता मजबुत भएन भनिरहेका छौं, अहिले पनि त्यही अवस्था छ’ मुख्यमन्त्री पोखरेलले भने ।
उनले संघीयतालाई मजबुत बनाउन सातैं प्रदेशका मुख्यमन्त्रीले राष्ट्रियस्तरमा सामूहिक रुपमा आवाज उठाउनुपर्ने बताए । ‘यसबाहेक अन्तरप्रदेशीय बैठकमा पनि यसबारे कुरा राख्नुपर्छ’ मुख्यमन्त्री पोखरेलले भने ।
प्रदेशहरु अस्तित्वमा आइसकेपछि अन्तरप्रदेश आदान प्रदान हुनुपर्ने मान्यता अनुसार आफू मधेशमा र मधेशका मुख्यमन्त्री गण्डकीमा पुगेको उनको भनाइ छ । दुबै प्रदेशको विकासमा साझेदारी गर्न पनि भ्रमण प्रभावकारी हुने उनले बताए । मुख्यमन्त्री पोखरेलले जनकपुरधाम रेल्वे स्टेशनमा अशोकका विरुवा पनि रोपेका छन् ।
यस्तो छ मधेशमा कार्यक्रम
शनिबार जनकपुरधाम आएका पोखरेल आईतबार पोखरा प्रस्थान गर्नेछन् । यसबीचमा उनले जनकपुरधाम–धनुषाधाम मन्दिरमा पूजापाठ गर्नेछन् भने शनिबारै साँझ मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुसँग अन्तर्क्रिया गर्नेछन् । यसपछि उनी गंगासागर आरतीमा सरिक हुनेछन् । आइतबार बिहान जानकी मन्दिर, राजदेवी र राम मन्दिरमा पूजापाठ गरेर बर्दिबासमा खाजा खाने कार्यक्रम राखिएको छ । त्यसपछि महोत्तरीको टुटेश्वर महादेव मन्दिरमा पूजा गर्दै सर्लाहीको भरत ताल र रौतहटको नुनथर तालको अवलोकन गर्नेछन् । मुख्यमन्त्री पोखरेलले पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाइ मन्दिरमा पूजा गरी जनकपुरधाम फर्किनेछन् । सोमबार भने महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरमा पूजा गरेपछि खाजा खुवाएर उनको बिदाइ गर्ने कार्यक्रम रहेको मधेश प्रदेश सरकारले जनाएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया