
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीन दिने भ्रमणका क्रममा मधेश प्रदेश आएका छन् । शनिबार बिहान बुद्ध एयरको जहाजबाट मधेशको राजधानी जनकपुरधाम आइपुगेका उनलाई यहाँका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । मधेश प्रदेशको भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलले रेल पनि चढेका छन् । जयनगरबाट खुलेको नेपाली रेल जनकपुर आउँदा दुबै प्रदेशका मुख्यमन्त्री, मन्त्री र सरकारी पदाधिकारी रेल चढेर कुर्थासम्म पुगे । कुर्थाबाट पुनः उनीहरु फर्केर जनकपुरधाम आएका छन् ।
रेल चढ्न जनकपुरधाम रेल्वे स्टेशन पुगेका मुख्यमन्त्री पोखरेलले शासन व्यवस्था परिवर्तन भएपनि संघीयतालाई मजबुत बनाउने काम नभएको बताए । संचारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले संघीयताको ऐना नै प्रदेश रहेको र प्रदेशलाई मजबुत बनाउन नसकिए संघीयता मजबुत बन्न नसक्ने धारणा राखे ।
उनले पहिलाको एकल बहुमतको सरकार हटेर पाँच राजनीतिक दलको गठबन्धनको सरकार बनेपनि संघीयतालाई मजबुत बनाउने सवालमा तात्विक भिन्नता नदेखिएको बताए । ‘जुन–जुन कुराले संघीयता मजबुत भएन भनिरहेका छौं, अहिले पनि त्यही अवस्था छ’ मुख्यमन्त्री पोखरेलले भने ।
उनले संघीयतालाई मजबुत बनाउन सातैं प्रदेशका मुख्यमन्त्रीले राष्ट्रियस्तरमा सामूहिक रुपमा आवाज उठाउनुपर्ने बताए । ‘यसबाहेक अन्तरप्रदेशीय बैठकमा पनि यसबारे कुरा राख्नुपर्छ’ मुख्यमन्त्री पोखरेलले भने ।
प्रदेशहरु अस्तित्वमा आइसकेपछि अन्तरप्रदेश आदान प्रदान हुनुपर्ने मान्यता अनुसार आफू मधेशमा र मधेशका मुख्यमन्त्री गण्डकीमा पुगेको उनको भनाइ छ । दुबै प्रदेशको विकासमा साझेदारी गर्न पनि भ्रमण प्रभावकारी हुने उनले बताए । मुख्यमन्त्री पोखरेलले जनकपुरधाम रेल्वे स्टेशनमा अशोकका विरुवा पनि रोपेका छन् ।
यस्तो छ मधेशमा कार्यक्रम
शनिबार जनकपुरधाम आएका पोखरेल आईतबार पोखरा प्रस्थान गर्नेछन् । यसबीचमा उनले जनकपुरधाम–धनुषाधाम मन्दिरमा पूजापाठ गर्नेछन् भने शनिबारै साँझ मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुसँग अन्तर्क्रिया गर्नेछन् । यसपछि उनी गंगासागर आरतीमा सरिक हुनेछन् । आइतबार बिहान जानकी मन्दिर, राजदेवी र राम मन्दिरमा पूजापाठ गरेर बर्दिबासमा खाजा खाने कार्यक्रम राखिएको छ । त्यसपछि महोत्तरीको टुटेश्वर महादेव मन्दिरमा पूजा गर्दै सर्लाहीको भरत ताल र रौतहटको नुनथर तालको अवलोकन गर्नेछन् । मुख्यमन्त्री पोखरेलले पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाइ मन्दिरमा पूजा गरी जनकपुरधाम फर्किनेछन् । सोमबार भने महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरमा पूजा गरेपछि खाजा खुवाएर उनको बिदाइ गर्ने कार्यक्रम रहेको मधेश प्रदेश सरकारले जनाएको छ ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया