
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । विश्वका अधिकांश धनी मुलुकले पछिल्लो एक वर्ष कोरोना खोप थुपार्न र आफ्ना नागरिकका लागि पर्याप्त डोज किन्नमै खर्चिए । तर विकासशील मुलुकलाई खोप प्रदान गर्ने आफ्नो बाचा पूरा गर्न भने चुके । विश्व स्वास्थ्य संगठनले यो प्रवृत्तिलाई ‘आफै हार्ने’ र ‘अनैतिक’ भन्दै निन्दा गरेको थियो ।
यो प्रवृत्तिले विकसित देशहरु पनि समस्यामा पर्न थालेका छन् । किनभने खोप लगाउनेको संख्या निकै कम रहेको क्षेत्रमा थप संक्रामक ठानिएको भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ ।
ओमिक्रोन नामाकरण गरिएको नयाँ भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो । तर यो भेरियन्ट त्यहीँ उत्पत्ति भएको वा उक्त क्षेत्रका अन्य स्थानबाट भित्रिएको हो भनेर प्रस्ट भइसकेको छैन ।सबै वैज्ञानिकलाई थाहा छ- खोप दर न्यून रहेका र संक्रमण उच्च रहेका स्थानमा भाइरस उत्परिवर्तन हुने संभावना बढी हुन्छ ।
‘यो अर्को कुनै मुलुकमा उत्पत्ति भएको र जिन सिक्वेन्सिङ गर्न सक्ने क्षमता राम्रो भएको दक्षिण अफ्रिकामा पहिचान गरिएको हुन सक्छ’, सीएनएनसँग फोनमा कुरा गर्दै साउथह्याम्टन विश्वविद्यालयका अनुसन्धानकर्ता माइकल हेडले भने, ‘पर्याप्त मात्रामा जिनोमिक सर्भिलेन्स हुन नसकेको र खोप दर न्यून रहेको उप-सहारा क्षेत्रको कुनै स्थानमा फैलिनुको परिणाम पनि हुन सक्छ ।’
विश्वभर खोप लगाउने कार्यमा सुस्तता आउँदा नयाँ भेरियन्टहरू जन्मिइरहेको पनि हेडले बताए । ‘उप-सहारा क्षेत्रमा झैं अन्यत्र पनि खोप लगाउन नपाएको जनसंख्या निकै ठूलो छ र खोप नलगाएको जनसंख्या संक्रमणको जोखिममा हुन्छ’, हेडले भने ।
विगतमा समस्या खडा गरेका नयाँ भेरियन्टहरू व्यापक र अनियन्त्रित रुपमा भाइरस फैलिएका स्थानमा पहिचान भएको पनि हेडले बताए । जस्तै, गत डिसेम्बरमा पहिलो पटक फेला परेको अल्फा वा फेब्रुअरीमा भारतमा फेला परेको डेल्टा भेरियन्टलाई उदाहरण मान्न सकिन्छ । ओमिक्रोन भेरियन्ट विभिन्न मुलुकमा फैलिइसकेको छ । आइतबारसम्म अष्ट्रेलिया, इटलीसहित झण्डै एक दर्जन मुलकुमा यसका संक्रमित फेला परिसकेका छन् ।
त्यस्तै, दक्षिण अफ्रिकाका वैज्ञानिकले नयाँ भेरियन्ट पत्ता लगाएलगत्तै कैयौं मुलुकले सो मुलुकसहित बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, एस्वाटिनी, मोजाम्बिक र मलावीबाट आउने यात्रुमाथि रोक लगाएका छन् । तर वैज्ञानिक, जनस्वास्थ्य विद् र स्वास्थ्य पैरवीकर्ताले चेतावनी दिँदै भन्छन्- विकसित र विकासशील मुलुकबीच विद्यमान खोप दरको फराकिलो अन्तरलाई दोष दिन सकिन्छ ।
स्वास्थ्यबारे अनुसन्धान गर्दै आएको परोपकारी संस्था वेलकम ट्रस्टका निर्देशक जेरेमी फर्रारले खोप तथा अन्य जनस्वास्थ्य उपकरणमा थप समतामूलक पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको कुरालाई नयाँ भेरियन्टले औल्याउने बताउँछन् । नयाँ भेरियन्टले महामारी अझै जारी छ भन्ने कुराको स्मरण गराएको छ’, फर्रारले ट्विटरमा लेखेका छन्, ‘असमानताले नै महामारी लम्बिन्छ ।’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार न्यून आय भएका मुलुकमा ७.५ प्रतिशत मानिसले मात्रै कोरोना खोपको एक डोज लगाएको अवस्था छन् । ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्धबाट प्रभावित ८ मुलुकमा एक पटक मात्रै कोरोना खोप लगाएका मानिसको संख्या ५.६ प्रतिशत (मलावी) देखि ३७ प्रतिशत (बोत्स्वाना) रहेको छ ।
जबकि, उच्च आय भएका मुलुकमा कोरोना खोपको एक डोज लगाउने मानिसको संख्या ६३.९ प्रतिशत छ । युरोपेली युनियन र अमेरिकामा कम्तिमा एक डोज लगाएका मानिसको संख्या झण्डै ७० प्रतिशत पुगेको तथ्याङ्कले देखाउँछ ।
हेडका अनुसार खोप लगाउने मानिसको संख्या कम हुनुमा कैयौं कारण छन् । जस्तै, दक्षिण अफ्रिका लगायतका केही मुलुकमा मानिसले खोप लगाउन नचाहनु ठूलो समस्या बनिरहेको छ । तर खोपमा पहुँच नहुनु मुख्य समस्या रहेको उनको भनाइ छ ।
‘यसको एउटा कारण भनेको धनी मुलुकले चाहिनेभन्दा बढी खोप थुपार्नु र कोभ्याक्स कार्यक्रमलाई खोप दिने वा मुलुकलाई सिधै खोप प्रदान गर्ने प्रतिवद्धता पालना नगर्नु हो’, हेडले भने ।
डब्लूएचओको विश्वव्यापी खोप कार्यक्रम कोभ्याक्समार्फत् गत महिनासम्म १४४ मुलुकमा ५३ करोड ७ लाख खोप प्रदान गरिएको छ । जुन संख्या हालसम्म विश्वभर लगाइएको ७ अर्ब ९० करोड डोजको तुलनामा निकै कम हो ।
सबै मुलुकमा यसै वर्षको अन्त्यसम्म ४० प्रतिशत र अर्को वर्षको मध्यसम्म ७० प्रतिशत जनसंख्यालाई खोप लगाउने डब्लूएचओको लक्ष्य हासिल नहुने देखिन्छ । अफ्रिकामा मोरक्को र ट्युनिसिया मात्रै उक्त लक्ष्य हासिल गर्ने दिशातर्फ अग्रसर छन् ।
बेलायतका पूर्व प्रधानमन्त्री एवं विश्वव्यापी स्वास्थ्य सहायताका लागि डब्लूएचओका दूत गोर्डन ब्राउनले शनिबार द गार्जियनमा एक लेख लेख्दै विकासशील मुलुकमा खोप पुर्याउन नसक्दा नयाँ भेरियन्टले पुन: तर्साएको बताएका छन् ।
‘वृहत खोप अभियानको अभावका कारण खोप नलगाएका मानिसबीच कोभिड फैलिइरहेको छ’, ब्राउनले आफ्नो लेखमा भनेका छन्, ‘यति मात्रै होइन, अति गरिब मुलुकमा नयाँ-नयाँ भेरियन्टसहित उत्परिवर्तन पनि भइरहेको छ र भाइरसका उत्परिवर्तिन स्वरुपले विश्वका धनी मुलुकमा पूर्ण खोप लगाएका मानिसलाई समेत खतरामा पार्न थालेका छन् ।’
ब्राउनको विश्लेषणसँग सहमत हुँदै हेडले भने, ‘यसले पुन: हामीलाई डस्न थालेको छ ।’
डर्बानस्थित क्वाजुलू नेटल विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा. रिचार्ड लेसेल्सले दक्षिण अफ्रिकी वैज्ञानिकले नयाँ भेरियन्ट पहिचान गरेको समाचारप्रति जनाएको प्रतिक्रियाले धनी मुलुकको स्वार्थीपना झल्काएको बताए ।
‘बेलायत र युरोपले लागू गरेका यात्रा प्रतिबन्धभन्दा पनि यही मात्रै एउटा प्रतिक्रिया वा सशक्त प्रतिक्रिया हो भन्ने कुरा बढी खराब र दु:खद छ’, लेसेल्सले भने । ‘उनीहरूले अफ्रिकी मुलुकलाई महामारी नियन्त्रणका लागि सहयोग गर्ने कुरा गरेका छैनन्’, उनले सीएनएनसँग कुरा गर्दै भने, ‘हामीले अघिल्लो वर्षभरि विद्यमान खोप असमानताका विषयमा सचेत गराएकोबारे केही बोलेनन् र अहिले यसैको परिणाम देख्न थालेका छौं ।’
(सीएनएनमा प्रकाशित इभाना कोटासोभाको आलेखको भावानुवाद)


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया