
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने पार्टीको १४ औं महाधिवेशनमा संस्थापन इतर समूह एकढिक्का हुनुपर्ने बताएका छन् । उनले महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई पराजित गर्न बाँकी सबै उम्मेदवार एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।
उनले संस्थापनइतर समूहबाट एक जना मात्रै उम्मेदवार बनाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि समेट्नुपर्ने बताए । ‘सिटौलाजीलाई पनि हामीले तान्नुपर्छ । उहाँसँग पनि धेरै मान्छेको आकर्षण छ,’ सर्लाहीमा आयोजित एक कार्यक्रममा महामन्त्री कोइरालाले भने, ‘एउटै मात्र उम्मेदवार बनायौं भने शेरबहादुर देउवा हार्नुहुन्छ ।’
‘प्रकाशमानजीलाई सुन्दा नराम्रो लाग्न सक्छ, तर सत्य के हो भने उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । काठमाडौं बाहिर निस्केपछि उहाँलाई मान्छेले चिन्दैनन् । उहाँ महामन्त्री हुनुभयो, तर कार्यकर्ताबीच उहाँमा आत्मीयता देखिँदैन’ शशांकले भने । महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिमा प्रतिस्पर्धा गरिसकेकाले दोहोर्याउन नहुने आशय व्यक्त गरेका छन् । पौडेल आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बन्ने कसरतमा छन् ।
उनले सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंह काठमाडौंमै केन्द्रित भएको आरोप लगाए । पार्टीको महामन्त्री भइसके पनि उनलाई देशभरका धेरै कार्यकर्ताले नचिन्ने पनि महामन्त्री कोइरालाको दावी छ । ‘प्रकाशमानजीलाई सुन्दा नराम्रो लाग्न सक्छ, तर सत्य के हो भने उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । काठमाडौं बाहिर निस्केपछि उहाँलाई मान्छेले चिन्दैनन् । उहाँ महामन्त्री हुनुभयो, तर कार्यकर्ताबीच उहाँमा आत्मीयता देखिँदैन’ उनले भने ।
त्यस्तै सभापति पदका अर्का आकांक्षी डा. शेखर कोइरालाको तयारीप्रति महामन्त्री कोइराला सकारात्मक देखिएका छन् । उनले सभापतिको उम्मेदवार बन्न शेखरले सबैलाई मिलाउन सक्नुपर्ने सुझाव दिए । ‘शेखर दाइ पनि लागिराख्नुभएको छ । उहाँको सक्रियता देखिरहेको छु । उहाँको मिलेर जानुपर्छ भन्ने उहाँको भावनालाई कदर गर्छु,’ उनले भने, ‘उहाँसँग भेट भएको छैन । म भेट्छु । मलाई त उहाँले कन्भिन्स गर्न सकिहाल्नुहुन्छ । अरुलाई पनि कन्भिन्स गर्नुपर्यो ।’
महामन्त्री कोइराला पनि सभापतिको दौडमा छन् । तर उनी सर्वसम्मत उम्मेदवार बन्नुपर्नेमा जोड दिँदै आएका छन् । शुक्रबार काठमाडौंमा भएको पौडेल समूहको बैठकमा पनि कोइरालाले सर्वसम्मत उम्मेदवार दिन नसके पार्टी देउवालाई बुझाइदिए हुने धारणा राखेका थिए । कांग्रेस महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया