
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने पार्टीको १४ औं महाधिवेशनमा संस्थापन इतर समूह एकढिक्का हुनुपर्ने बताएका छन् । उनले महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई पराजित गर्न बाँकी सबै उम्मेदवार एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।
उनले संस्थापनइतर समूहबाट एक जना मात्रै उम्मेदवार बनाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि समेट्नुपर्ने बताए । ‘सिटौलाजीलाई पनि हामीले तान्नुपर्छ । उहाँसँग पनि धेरै मान्छेको आकर्षण छ,’ सर्लाहीमा आयोजित एक कार्यक्रममा महामन्त्री कोइरालाले भने, ‘एउटै मात्र उम्मेदवार बनायौं भने शेरबहादुर देउवा हार्नुहुन्छ ।’
‘प्रकाशमानजीलाई सुन्दा नराम्रो लाग्न सक्छ, तर सत्य के हो भने उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । काठमाडौं बाहिर निस्केपछि उहाँलाई मान्छेले चिन्दैनन् । उहाँ महामन्त्री हुनुभयो, तर कार्यकर्ताबीच उहाँमा आत्मीयता देखिँदैन’ शशांकले भने । महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिमा प्रतिस्पर्धा गरिसकेकाले दोहोर्याउन नहुने आशय व्यक्त गरेका छन् । पौडेल आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बन्ने कसरतमा छन् ।
उनले सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंह काठमाडौंमै केन्द्रित भएको आरोप लगाए । पार्टीको महामन्त्री भइसके पनि उनलाई देशभरका धेरै कार्यकर्ताले नचिन्ने पनि महामन्त्री कोइरालाको दावी छ । ‘प्रकाशमानजीलाई सुन्दा नराम्रो लाग्न सक्छ, तर सत्य के हो भने उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । काठमाडौं बाहिर निस्केपछि उहाँलाई मान्छेले चिन्दैनन् । उहाँ महामन्त्री हुनुभयो, तर कार्यकर्ताबीच उहाँमा आत्मीयता देखिँदैन’ उनले भने ।
त्यस्तै सभापति पदका अर्का आकांक्षी डा. शेखर कोइरालाको तयारीप्रति महामन्त्री कोइराला सकारात्मक देखिएका छन् । उनले सभापतिको उम्मेदवार बन्न शेखरले सबैलाई मिलाउन सक्नुपर्ने सुझाव दिए । ‘शेखर दाइ पनि लागिराख्नुभएको छ । उहाँको सक्रियता देखिरहेको छु । उहाँको मिलेर जानुपर्छ भन्ने उहाँको भावनालाई कदर गर्छु,’ उनले भने, ‘उहाँसँग भेट भएको छैन । म भेट्छु । मलाई त उहाँले कन्भिन्स गर्न सकिहाल्नुहुन्छ । अरुलाई पनि कन्भिन्स गर्नुपर्यो ।’
महामन्त्री कोइराला पनि सभापतिको दौडमा छन् । तर उनी सर्वसम्मत उम्मेदवार बन्नुपर्नेमा जोड दिँदै आएका छन् । शुक्रबार काठमाडौंमा भएको पौडेल समूहको बैठकमा पनि कोइरालाले सर्वसम्मत उम्मेदवार दिन नसके पार्टी देउवालाई बुझाइदिए हुने धारणा राखेका थिए । कांग्रेस महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया