News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    छाउनीमा नेपाली र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास शुरू

    काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास ‘एक्स टेक नेल २२’ शुरु भएको छ । काठमाडौको छाउनीस्थित रेञ्जर गणमा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास ‘एक्स टेक नेल २२’ शुरु भएको हो ।

    तालिममा नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरु मध्येबाट करीब ५० जना तथा अमेरिकी सेनाका करीब २० जना सम्मिलित छन् ।

    काठमाडौं, पोखरा र अन्नपूर्ण वेस क्याम्प ईलाकामा मंसीर १४ गतेसम्‍म सञ्चालन हुने उक्त तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउने उद्देश्य रहेको सेनाले जनाएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया