
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आफ्नो फैसला आफैं लेखेर पद त्याग्न प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुझाव दिएका छन् । नेपाल बार एशोसिएसनको आजको धर्ना कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै कार्कीले प्रधानन्यायाधीश जबराको राजीनामामै न्यायपालिकाको भविष्य उज्ज्वल भएको बताए ।
कार्कीले भने, ‘सम्माननीयज्यूले धेरैको भाग्य निर्धारण हुने गरी फैसला गर्नुभा’छ, अब आफ्नै फैसला आफैं लेखेर अदालतको सम्मान हुने गरी ससम्मान बिदा हुनुहोस् । यसैमा नै नेपालको न्यायपालिकाको भविष्य उज्ज्वल छ ।’
वरिष्ठ अधिवक्ता कार्कीको प्रतिक्रियाको सम्पादित अंश–
प्रधानन्यायाधीशप्रति अनास्था र अविश्वास पैदा भयो, त्यसपछि हामीले यस किसिमको दुःखद् दिन व्यहोर्नुपर्यो । अध्यक्ष (नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ)ले भनेजस्तै यो न्यायपालिका शुद्धीकरणको पहिलो पाइला हो । सम्माननीय प्रधानन्यायाधीशले आफ्नो पदको गरिमा, आफ्नो सम्मान नै राख्न सक्नु भएन । यो हाम्रो ठहर छ । बडो दुःखद् ठहर छ । जसलाई संविधानले, देशले पत्याएर त्यत्रो आसनमा पुर्यायो । उहाँले त्यो विश्वासलाई कायम राख्न सक्नुभएन, जुन तपाईंहरुले केही दिनदेखि देखिरहनुभएको छ ।
बारलाई केही मिडियाका साथीहरुले नबुझेर, आफ्नो मिडियाको (मैले त्यसलाई दुरुपयोग भन्या छु) बारको कार्यक्रमलाई, बारको निष्कर्षलाई, बारको यो अप्रिय कदमलाई आरोपित गर्ने किसिमले केही लेख्नु भा’छ । म आग्रह गर्न चाहन्छु नेपालमा फ्रिडम अफ प्रेसका लागि सधैं संघर्ष गर्ने कुनै संस्था छ, तपाईंहरुको कुनै साथी हो भने बार र हामी वकिलहरु नै हो । हामीले कैयौंपटक तपाईंहरुको पक्षमा लडेका छौं । त्यसकारणले बडो विचार पुर्याएर तपाईंहरुको कलमको दुरुपयोग नगर्नुहोस् । यसको वास्तविकता बुझ्नुहोस् ।
जजहरुको पनि जज (न्यायाधीशहरुको पनि न्यायाधीश) बार हो । याचना गर्न आउनेहरुलाई अदालतबाट वास्तविक न्याय हुन्छ भन्ने पहिलो सम्पर्क व्यक्ति हामी हौं, वकिल हौं । हामीले उनीहरुलाई विश्वास दिलाउँछौं– न्यायाधीश इमान्दार छ, अदालत सक्षम छ, तपाईंले बाहिर आफैं झगडा गर्ने होइन । यहाँबाट इन्साफ दिलाउँछौं भनेर हामीले विश्वास दिलाएका हुन्छौं । त्यो विश्वास समाप्त भयो मित्रहरु । यो कुरा हामीले बडो दुःखका साथ भन्नुपरेको छ ।
मेरो जीवनको करिब पाँच दशक पुग्न लाग्या छ । म ४५÷४६ वर्षमा दिनहुँ सर्वोच्च आउने र २८ जना प्रधानन्यायाधीशमध्ये २५ वटाको इजलासमा बहस गरेको मेरो अनुभव छ । त्यसको आधारमा भन्छु यस किसिमको दुर्दिन मैले मेरो प्रोफसनल लाइफमा कल्पना पनि गरेको थिइनँ । यो सुखद होइन कि बडो दुःखद् । सम्माननीयज्यूले यो पर्खालमा लेखिएको सन्देश, अझै पनि उहाँले ग्रेसफुल भन्नु भएको छ, बाँकीलाई ‘फुल’ (मुर्ख) बनाएर ग्रेसफुल हुँदैन ।
केही मान्छेलाई मण्डलातिर लगाएर, केही मान्छेलाई बोल्न लगाएर प्रधानन्यायाधीश जस्तो मान्छेले टेलिभिजन अन्तर्वार्ता दिएर बचाउ गर्नुपर्ने भनेको बडो दुःखद् हो । म चाहन्थें गर्वका साथ मेरो प्रधानन्यायाधीशको म डिफेण्ड गरुँ तर त्यो अवसर उहाँले दिनुभएन । त्यसैले जतिसक्दो चाँडो यो दुरावस्थाबाट अदालतलाई मुक्त गर्नलाई म आफूले, मैले भन्या छु– सम्माननीय ज्यूले धेरैको भाग्य निर्धारण हुने गरी फैसला गर्नुभा’छ, अब आफ्नै फैसला लेखेर अदालतको सम्मान हुने गरी ससम्मान बिदा हुनुहोस् । यसैमा नै नेपालको न्यायपालिकाको भविष्य उज्ज्वल छ ।
मेरा केही युवा कानून व्यवसायी मित्रहरुलाई पनि म भन्छु तपाईंहरुले संस्थाको, तपाईंहरुको महत्व भनेको बार एशोसिएसन हो । प्रोफेसनल एशोसिएसनको माध्यमबाट मात्रै वकिलको स्वतन्त्रता संरक्षित हुन्छ । भोलि तपाईंहरुले चलाउने हो । हामी त जान लाग्या हो । तपाईंले भोलि चलाउने संस्थाप्रति यस्तो अनादर हुने गरी कसैको बहकावमा लागेर या नबुझेर आफ्नै बार एशोसिएसनको र आफूभन्दा वरिष्ठ कानून व्यवसायी मित्रहरुलाई कण्डेम गर्ने खालको जुन काम गरिराख्नुभा’छ कृपया यसको वास्तविकता बुझ्नुस् । यस्तो किसिमको कामबाट तपाईंहरु अलग हुनुहोस् । सहयोग गर्नुस् । हाम्रो कुनै व्यक्तिगत स्वार्थ हाम्रो छैन । थोरै स्वार्थ हो, नेपालमा न्यायपालिका सुदृढ होस्, स्वच्छ न्याय होस्, शीघ्र न्याय होस् ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया