
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आफ्नो फैसला आफैं लेखेर पद त्याग्न प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुझाव दिएका छन् । नेपाल बार एशोसिएसनको आजको धर्ना कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै कार्कीले प्रधानन्यायाधीश जबराको राजीनामामै न्यायपालिकाको भविष्य उज्ज्वल भएको बताए ।
कार्कीले भने, ‘सम्माननीयज्यूले धेरैको भाग्य निर्धारण हुने गरी फैसला गर्नुभा’छ, अब आफ्नै फैसला आफैं लेखेर अदालतको सम्मान हुने गरी ससम्मान बिदा हुनुहोस् । यसैमा नै नेपालको न्यायपालिकाको भविष्य उज्ज्वल छ ।’
वरिष्ठ अधिवक्ता कार्कीको प्रतिक्रियाको सम्पादित अंश–
प्रधानन्यायाधीशप्रति अनास्था र अविश्वास पैदा भयो, त्यसपछि हामीले यस किसिमको दुःखद् दिन व्यहोर्नुपर्यो । अध्यक्ष (नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ)ले भनेजस्तै यो न्यायपालिका शुद्धीकरणको पहिलो पाइला हो । सम्माननीय प्रधानन्यायाधीशले आफ्नो पदको गरिमा, आफ्नो सम्मान नै राख्न सक्नु भएन । यो हाम्रो ठहर छ । बडो दुःखद् ठहर छ । जसलाई संविधानले, देशले पत्याएर त्यत्रो आसनमा पुर्यायो । उहाँले त्यो विश्वासलाई कायम राख्न सक्नुभएन, जुन तपाईंहरुले केही दिनदेखि देखिरहनुभएको छ ।
बारलाई केही मिडियाका साथीहरुले नबुझेर, आफ्नो मिडियाको (मैले त्यसलाई दुरुपयोग भन्या छु) बारको कार्यक्रमलाई, बारको निष्कर्षलाई, बारको यो अप्रिय कदमलाई आरोपित गर्ने किसिमले केही लेख्नु भा’छ । म आग्रह गर्न चाहन्छु नेपालमा फ्रिडम अफ प्रेसका लागि सधैं संघर्ष गर्ने कुनै संस्था छ, तपाईंहरुको कुनै साथी हो भने बार र हामी वकिलहरु नै हो । हामीले कैयौंपटक तपाईंहरुको पक्षमा लडेका छौं । त्यसकारणले बडो विचार पुर्याएर तपाईंहरुको कलमको दुरुपयोग नगर्नुहोस् । यसको वास्तविकता बुझ्नुहोस् ।
जजहरुको पनि जज (न्यायाधीशहरुको पनि न्यायाधीश) बार हो । याचना गर्न आउनेहरुलाई अदालतबाट वास्तविक न्याय हुन्छ भन्ने पहिलो सम्पर्क व्यक्ति हामी हौं, वकिल हौं । हामीले उनीहरुलाई विश्वास दिलाउँछौं– न्यायाधीश इमान्दार छ, अदालत सक्षम छ, तपाईंले बाहिर आफैं झगडा गर्ने होइन । यहाँबाट इन्साफ दिलाउँछौं भनेर हामीले विश्वास दिलाएका हुन्छौं । त्यो विश्वास समाप्त भयो मित्रहरु । यो कुरा हामीले बडो दुःखका साथ भन्नुपरेको छ ।
मेरो जीवनको करिब पाँच दशक पुग्न लाग्या छ । म ४५÷४६ वर्षमा दिनहुँ सर्वोच्च आउने र २८ जना प्रधानन्यायाधीशमध्ये २५ वटाको इजलासमा बहस गरेको मेरो अनुभव छ । त्यसको आधारमा भन्छु यस किसिमको दुर्दिन मैले मेरो प्रोफसनल लाइफमा कल्पना पनि गरेको थिइनँ । यो सुखद होइन कि बडो दुःखद् । सम्माननीयज्यूले यो पर्खालमा लेखिएको सन्देश, अझै पनि उहाँले ग्रेसफुल भन्नु भएको छ, बाँकीलाई ‘फुल’ (मुर्ख) बनाएर ग्रेसफुल हुँदैन ।
केही मान्छेलाई मण्डलातिर लगाएर, केही मान्छेलाई बोल्न लगाएर प्रधानन्यायाधीश जस्तो मान्छेले टेलिभिजन अन्तर्वार्ता दिएर बचाउ गर्नुपर्ने भनेको बडो दुःखद् हो । म चाहन्थें गर्वका साथ मेरो प्रधानन्यायाधीशको म डिफेण्ड गरुँ तर त्यो अवसर उहाँले दिनुभएन । त्यसैले जतिसक्दो चाँडो यो दुरावस्थाबाट अदालतलाई मुक्त गर्नलाई म आफूले, मैले भन्या छु– सम्माननीय ज्यूले धेरैको भाग्य निर्धारण हुने गरी फैसला गर्नुभा’छ, अब आफ्नै फैसला लेखेर अदालतको सम्मान हुने गरी ससम्मान बिदा हुनुहोस् । यसैमा नै नेपालको न्यायपालिकाको भविष्य उज्ज्वल छ ।
मेरा केही युवा कानून व्यवसायी मित्रहरुलाई पनि म भन्छु तपाईंहरुले संस्थाको, तपाईंहरुको महत्व भनेको बार एशोसिएसन हो । प्रोफेसनल एशोसिएसनको माध्यमबाट मात्रै वकिलको स्वतन्त्रता संरक्षित हुन्छ । भोलि तपाईंहरुले चलाउने हो । हामी त जान लाग्या हो । तपाईंले भोलि चलाउने संस्थाप्रति यस्तो अनादर हुने गरी कसैको बहकावमा लागेर या नबुझेर आफ्नै बार एशोसिएसनको र आफूभन्दा वरिष्ठ कानून व्यवसायी मित्रहरुलाई कण्डेम गर्ने खालको जुन काम गरिराख्नुभा’छ कृपया यसको वास्तविकता बुझ्नुस् । यस्तो किसिमको कामबाट तपाईंहरु अलग हुनुहोस् । सहयोग गर्नुस् । हाम्रो कुनै व्यक्तिगत स्वार्थ हाम्रो छैन । थोरै स्वार्थ हो, नेपालमा न्यायपालिका सुदृढ होस्, स्वच्छ न्याय होस्, शीघ्र न्याय होस् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया