
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
विराटनगर । नेकपा एमाले विभाजन भएपछि प्रदेश १ का प्रदेशसभा सदस्यहरु कुन पक्षमा लाग्ने भन्ने विषयमा पर्ख र हेरको अवस्थामा छन् । माधवकुमार नेपाल पक्षका सांसदहरु पनि नयाँ पार्टीमा जाने कि नजाने भन्ने दोधारमा छन् ।कतिपय स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुले समेत माधव नेपालको साथ छाडेकाले प्रदेश सांसदहरु अलमलमा परेका हुन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेका ५१ सांसद छन् । २०७४ माघ २६ गते एमाले संसदीय दलको निर्वाचन हुँदा ओली पक्षका शेरधन राईले २६ मत ल्याएका थिए भने नेपाल पक्षका भीम आचार्यले २४ मत पाएका थिए भने एक मत बदर भएको थियो ।
तर पार्टी विभाजनको अवस्थामा पुग्दा सचिव भीम आचार्य, केन्द्रीय सदस्य जीवन घिमिरेलगायतले माधव नेपालको साथ छाडेका छन् । पहिले माधव नेपाल समूहमा रहेका उषाकला राई, कला घले, राजकुमार ओझाले त तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि ओली पक्षमा लागेका छन् ।माधव समूहका नेताहरुको दाबी अनुसार प्रदेश १ मा हाल १४ सांसद उनीहरुको साथमा छन् । राजेन्द्र राई, राजन राई, खिनु लङ्वा लिम्बू, कृष्णकुमारी राई, गणेश काङमाङ, सुनीता चौधरी, सावित्रा रेग्मी, उपेन्द्र घिमिरे, पदमकुमारी गुरुङ, लक्ष्मण तिवारी, बलबहादुर साम्सुहाङ, सरिता थापा र होमकुमारी साँवा र लिलाबल्लभ अधिकारी आफूहरुसँग रहेको नेपाल पक्षका नेताहरुको दावी छ । तर उनीहरु सबै माधव नेपालले दर्ता गरेको नयाँ पार्टीमा जाने सम्भावना कम छ ।
राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सुनिता चौधरी, सावित्रा रेग्मी, बलबहादुर साम्सुहाङलगायत नेताहरु नयाँ पार्टीमा जाने सम्भावना छ । अरु सांसदहरु पर्ख र हेरको अवस्थामा छन् । माधवकुमार नेपाल समूहमा रहेकी सांसद खिनु लङ्वा लिम्बु कुन पार्टीमा रहने भन्ने छलफलपछि टुंगो लगाउने बताउँछन् । सरकारले भदौ २ गते ल्याएको अध्यादेशमा दल विभाजनपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी रोज्न २१ दिन समय दिने उल्लेख छ । समय पर्याप्त रहेका कारण छलफल पछि निर्णयमा पुग्ने माधव नेपाल पक्षकी सांसद सरिता थापाले बताइन् ।
एमाले सांसद राजन राईले पार्टीमा केपी ओली प्रवृत्तिविरुद्ध लडेको भन्दै त्यही कारण माधव नेपालको पार्टीमा जाने बताए । एमाले सांसद उपेन्द्र घिमिरे माधवकुमार नेपालको पार्टीमा आफूसहित १५ जना प्रदेश सासद रहने बताउँछन् । माधव नेपाल पक्षका सांसद बलबहादुर साम्सुहाङ पनि दल रोज्नका लागि अझै केही समय बाँकी रहेको बताउँछन् । साम्सुहाङ आफू नेपाल पक्षमा रहेपनि छलफ पछि कुन पार्टीमा रहने निर्णय गर्ने बताउँछन् । एमाले सांसद सुनीता चौधरीले पनि नयाँ पार्टीमा जाने संकेत गर्दै आफ्नो लाइन पहिलेदेखि नै क्लियर रहेको बताइन् ।
संकटमा सरकार, सांसदलाई ओली पक्षको फोन
नेकपा विभाजनपछि मुख्यमन्त्री शेरधन राईले नेतृत्व गरेको सरकार संकटमा परेको छ । माधव समूहका नेता राजेन्द्र राई विभाजनको प्रक्रिया सकिएपछि प्रदेशमा गठबन्धनको सरकार बन्ने बताउँछन् ।
हाल प्रदेशमा एमालेको एकल बहुमतको सरकार छ । तर पार्टी विभाजनपछि सरकार अल्पमतमा पर्नेछ । अल्पमतमा परेको सरकार जोगाउन एमाले संस्थापन पक्षले नेपालसमूहमा रहेका सांसदलाई फोन गरेर एमाले नछाड्न आग्रह गरिरहेका छन् । ‘विभाजनको अवस्थामा पुगेपछि सत्ता जोगाउन फोन आउने नै भयो,’ माधव पक्षका एक सांसदले भने, ‘सफ्टलाइनरहरु विभिन्न प्रस्तावसहित फोन गइरहेको छ ।’माधव नेपालको पार्टीमा जाने पक्का भएका नेताहरुलाई भने ओली पक्षले फोन गरेको छैन । माधव पक्षका सांसद साम्सुहाङले आफूलाई फोन नआएको बताए । ‘मलाइ त फोन आएको छैन,’ उनले भने,‘हार्डलाइनर भएकाले होला ।’ माधव पक्षकी सांसद सुनीता चौधरीले आफूलाई फोन आएको बताइन् । ‘फोन त आइहाल्छ’ उनले भनिन्, ‘तर मेरो कित्ता पहिलेदेखि नै क्लियर छ ।’ नेकपा एमालेका सांसद लिलम बस्नेत संस्थापन पक्षमा ३६–३७ जना सांसद हुने बताउँछन् । ‘उता पनि माननीयज्यूहरु हुनुहुन्छ,’ उनले भने, ‘विभाजनको प्रक्रिया पूरा भएको छैन, भोलि संस्थापन पक्षमा ३६ जना सांसद रहनुहुन्छ होला ।’ सांसद बस्नेतले पार्टी विभाजन हुँदा सरकार परिवर्तन हुन सक्ने बताए । प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की प्रदेशमा बहुमत गुम्न नदिने प्रयास भइरहेको बताउछन् । ५१ सांसदमध्ये बहुमत सदस्य पार्टीमै रहने उनको विश्वास छ । प्रदेशमा बहुमतका लागि ४७ सांसद आवश्यक छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया