SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१९ गते
    ६०२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अहिलेको सरकारले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्ने जिम्मेवारी पनि लिनुपर्ने बताएकी छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्व मात्र बोकेर नपुग्ने भन्दै अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार गर्नुपर्ने बताएकी हुन् ।

    अघिल्लो सरकारले झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्न पाउने गरी गरेको निर्णय खारेज गर्नुपर्ने नेतृ झाँक्रीले बताइन् ।‘झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्ग बिक्री गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णय खारेज गर्नुपर्छ भनेर झापाको एउटा प्रतिनिधिमण्डल आएको थियो, यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन् ।

    नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ इंगित गर्दै अघिल्लो सरकारले तुइन एरा सिद्धियो भनेर गफ दिएको तर दार्चुलामा तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएको पनि बताइन् ।अनलाइन खबरबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    सूचनाको हक सर्वसुलभ बनाउँदै मोदी गाउँपालिका, डिजिटल सुझाव पेटिका स्थापना

    पर्वत। पर्वतको मोदी गाउँपालिकाले सूचनाको हक सर्वसुलभ बनाउँदै पालिकामा नागरिकहरुको प्रत्यक्ष पहुँच बढाउनका लागि डिजिटल...

    जनकपुरले जित्यो एनपीएलको पहिलो उपाधि, सुदूरपश्चिम उपविजेता

    काठमाडौं। जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको...

    गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री पाठकबाट पर्वत जिल्ला अस्पतालमा ‘फिजियोथेरापी’ सेवा को शुभारम्भ (फोटो फिचर)

    पर्वत । जिल्लामै पहिलोपटक ‘फिजियोथेरापी’ सेवा आज बाट पर्वत अस्पताल कुश्मामा सुरु गरिएको छ।पर्वत जिल्ला...

    पुस २५ बाट कुश्मामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु हुने,नारायण मा.वि.ले यस वर्ष पनि जिते ५ लाख पाउने

    पर्वत । स्थानीय तहका विद्यालयहरुबीच प्रतिस्पर्धा हुने गरी स्थानीय तहले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड...

    पोखरामा घन्किदै बर्तिका एम राई र युगल गुरुङ

    पोखरा । पोखरामा चर्चित गायक गायिकाको लाइभ कन्सर्ट हुदैछ । पोखराको लेकसाइडमा रहेको प्याराडिसोमा बर्तिका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं