
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
गोरखा । सडक मर्मतमा ठेकेदारले वेवास्ता गरेको भन्दै गोरखामा जनप्रतिनिधि र स्थानीयले बिरोध स्वरुप सडकमै कोदो रोपेका छन् । गोरखा नगरपालिका-४ लाकुरीस्वाँरा स्थित गोरखा–आरुघाट सडकखण्डमा बिहीवार उनीहरुले कोदो रोपेर विरोध जनाएका हुन् । सडक हिलाम्मे भएर सवारी आवागमन असहज हुदा पनि ठेकेदारले मर्मतमा चासो नदिएको उनीहरुको गुनासो छ । प्ले कार्डसहित उनीहरु विरोधमा थिए । उनीहरुले बोकेको प्ले कार्डमा ‘ठेकेदार बाटो हिड्न सहज बनाइदेऊ’, ‘ठेकेदार कहाँ सुतेका छौ, उत्तरी गोरखा जाने मूल सडकको बिचल्ली पारेर’, ‘ठेकेदार आज यहाँ आउ बाटो हेर्न, कहाँ गयौ सर्वसाधारणको बिचल्ली पारेर’ जस्ता नारा लेखिएको थियो। सांकेतिक रुपमा बिरोध स्वरुप आज कोदो रोप्यौ,’ वडा नम्वर ४ का अध्यक्ष खोप बहादुर अधिकारीले भने, ‘अझ पनि बाटो मर्मत भएन भने प्रशासन र पूर्वाधार कार्यालयमा गएर आन्दोलन गर्छौ ।’ प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयलाई समेत जानकारी गराइसकेको बताउदै उनले भने, ‘आज बेलुकीसम्म ठेकेदार उपस्थित भएर सडक मर्मतको काम शुरु गरेन भने हामी थप आन्दोलन गर्नेछौ ।’ सडक मर्मत गरेर सवारी आवागमन सहज बनाइदिनुपर्ने उनीहरुको माग छ ।
हिलाम्मे सडकका कारण धेरै सवारीहरु त्यहा फस्ने गरेका छन् । एम्वुलेन्स र चार पाङ्ग्रे साना सवारी आउजाउ गर्न सक्ने अवस्था छैन । यात्रुवाहक बसलाइ पनि एक्साभेटर वा ट्याक्टरले तान्नुपर्ने बाध्यता छ । बिहीवार पनि एक्साभेटरको सहयोगमा वसहरु पार गराइएको ग्रामिण सडकमा सेवा दिदै आएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिका महासचिव अन्जन खत्रीले बताए । त्यो सडकले गर्दा दिनमा गाडीको कम्तिमा दुईवटा टायर जान्छ, क्लज प्लेट र प्रेसर प्लेटको त कुरै नगरौ, गाडीलाइ लोड उस्तै,’ उनले भने । बिहान ६ बजे छुटेको गाडी दिनभर त्यही फस्ने गरेको उनी बताउछन् । ‘कहिले घाम लाग्ला अनि हिलो माटो सुक्ला भनेर कुरेर बस्नुपर्छ, गाडी फसेर तान्नुपर्यो भने ट्याक्टरले एउटा गाडी बराबर तीन हजार रुपैया लिन्छ, त्यो सडकले साह्रै समस्या बनाएको छ,’ उनले भने ।
सडकका कारण निकै सास्ती खेप्नुपरेको यात्रुहरुको पनि गुनासो छ । ‘नगरपालिकाकै बाटो यस्तो छ, यही बाटो भएर बजार आउजाउ गरीरहनुपर्छ,’ श्याम बजारकी स्थानीय गोमा थापाले भनिन्, ‘बाटो सम्झिदा डराइमर्नु छ, अलिअलि भएपनि मर्मत गरिदिए त सहज हुन्थ्यो नि!’ मसेलका ठाकुर प्रसाद बोहोराले ठेकेदारलाइ कारवाही हुनुपर्ने भन्दै आक्रोश व्यक्त गरे । ‘डोजर नै फस्ने बाटो छ, गाडी कसरी चल्छ, जहिले माटोमात्र हालेको छ, ढुङ्गा छापेर अस्थायी रुपमा भएपनि नाला काटे यस्तो सास्ती खोप्नुपर्दैन थियो,’ उनले भने । पूर्वाधार विकास कार्यालयले पनि यसमा चासो नदिएको स्थानीयको आरोप छ ।उक्त सडक अस्पतालचोक–बराह–फिनाम खण्डमा पर्छ । उक्त खण्डको ४.६ किलोमिटर सडक कालोपत्रेका लागी वानिया निर्माण सेवासँग ठेक्का सम्झौता भएर काम शुरु भइसकेको छ । दुई बर्षमा सक्ने गरी २०७७ साल भदौमा ठेक्का सम्झौता भएको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । दुई बर्षमा सक्नुपर्ने उक्त कामको कुल लागत भ्याट सहित ९ करोड ८६ लाख रहेको छ । कार्यालयका इन्जिनियर गणेश सुवेदीका अनुसार हालसम्म करीब २० प्रतिशतमात्र काम सम्पन्न भएको छ । उक्त सडकखण्डको अधिकांश ठाउँमा पानी जमेर सडक हिलाम्मे हुदाँ सवारी आउजाउ गर्न समस्या छ ।अस्थायी रुपमा भएपनि सडक मर्मत गरेर सवारी आवागमन सहज बनाइदिनु पर्ने माग स्थानीयको छ । उक्त सडकका कारण घ्याम्पेशाल आरुघाट हुँदै उत्तरी गोरखाका स्थानीयले आउजाउमा निकै सास्ती भोग्दै आएका छन् । कोलोपत्रेको जिम्मा पाएको बानियाँ निर्माण सेवाले सडक मर्मतको तयारी भइरहेको जनाएको छ । ‘बिग्रिएको बाटो सफा गरेर अस्थायी रुपमा नाला बनाउँछौ, खाल्डाखुल्डी पुरेर ग्राभेल हाल्छौ,’ प्रालिका गोरखा इन्चार्ज दिपेश खड्काले भने । शुक्रवारसम्म बाटो मर्मत सकेर सवारी आवागमन सहज हुने उनले आश्वासन दिएका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया