SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/७ गते
    ६६३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ – सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको प्रारम्भिक लिस्ट तयार पारेको छ । आज महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसका नेताहरुको छलफलले कांग्रेसबाट मन्त्री बन्नेहरुको लिस्ट तयार पारेको हो ।

    स्रोतका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समूहबाट देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर मन्त्री बन्ने सम्भावना बढेको छ । त्यस्तै कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको समूहबाट सञ्जयकुमार गौतम, कांग्रेसका अर्का महामन्त्री खड्काको समूहबाट कांग्रेस सचेतक पुष्पा भुसाल, वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट राजन केसी र कृष्णप्रसाद सिटौलाको समूहबाट भीमसेनदास प्रधान मन्त्री बन्ने सम्भावना बढेको हो ।

    गठबन्धनको सरकार भएकोले कांग्रेसले ६ मन्त्रालय पाउने लगभग पक्का जस्तै छ । यसअघि नै प्रधानमन्त्री देउवाले आफ्नै समूहका नेता बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाइसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं